एजेन्सी । देशको श्रम शक्ति वयोवृद्ध हुँदै गएपछि क्यानाडाले आफ्नो अर्थतन्त्रमा उत्पन्न हुनसक्ने खाडल पुर्नको लागि आप्रवासन वृद्धि गर्ने योजना अघि सारेको छ । यही महिनाको सुरुमा, संघीय सरकारले सन् २०२५ सम्म वर्षेनी पाँच लाख आप्रवासी भित्र्याउने आक्रामक योजना घोषणा ग¥यो । अर्थात यही वर्षबाट सुरु हुने योजनामा आगामी तीन वर्षमा लगभग १५ लाख नयाँ आप्रवासी क्यानडा पुग्नेछन् । यो योजना लागु भए पछि क्यानडाले बेलायतको तुलनामा प्रति जनसंख्या आठ गुणा बढी आप्रवासी स्वागत गर्नेछ भने यही दरमा क्यानडाले भित्र्याउने आप्रवासी संख्या दक्षिणी छिमेकी अमेरिकाको भन्दा पनि चार गुणा बढी हुनेछ । तर पछिल्लो मतसर्वेक्षणले यति धेरै संख्यामा आप्रवासी स्वागत गर्ने योजनामा मानिसहरूमा भय पनि उत्पन्न भएको छ ।
क्यानाडाले ठूलो दाउ
केही वर्षदेखि क्यानाडाले स्थायी बासिन्दाहरूलाई आकर्षित गर्ने प्रयास गर्दै आएको छ । यस योजना अन्तरगत क्यानडामा बसोबास गर्ने मानिसलाई तिनको बसार्ई असिमित बढाउने अधिकार छ, तर ती नागरिक भने हुँदैनन् । यसमार्फत उसले जनसंख्या र अर्थव्यवस्थाको वृद्धि स्थीर बनाउने लक्ष बोक्छ । गत वर्ष क्यानडाले ४,०५,०००लाई स्थायी बासिन्दा९पीआर० सुविधा दियो, जुन देशको सम्पूर्ण इतिहासमा सबैभन्दा धेरै हो । यस पछाडिको कारण सामान्य अंकगणितबाट बुझ्न सकिन्छ । धेरै पश्चिमी राष्ट्रमा जस्तै, क्यानाडामा न्युन जन्मदरका कारण वृद्ध जनसंख्या बढिरहेको छ । क्यानडा सरकारले काम गर्ने उमेर समूहलाई स्थीर राख्न आप्रवासीलाई स्वागत गर्न थालेको छ । सरकारी समाचार विज्ञप्ति अनुसार, हाल देशको श्रमशक्तिको वृद्धिको लागि आप्रवासी नै पूर्ण रुपमा जिम्मेवार रहेको र सन २०३२ देखि देशको सम्पूर्ण जनसंख्या वृद्धिमा पनि आप्रवासीको आमगन जिम्मेबार हुने प्रक्षेपण गरेको छ । यस महिनाको सुरुमा, सरकारले सन् २०२५ सम्ममा उनीहरूले वार्षिक पाँच लाख नयाँ आप्रवासीहरू भित्र्याउने बताए, जुन सन् २०२१ को वर्षको संख्यामा लगभग २५ प्रतिशत बढि हो ।
संसारमा एक अद्वितीय स्थान
आजको दिनमा क्यानडाका हरेक चार मध्ये एक जना आप्रवासीको रूपमा यस देशमा आएका थिए, जुन दर जी७ राष्ट्रहरूमा सबैभन्दा उच्च दर हो । विश्वको मेल्टिङ पोट भनिए पनि अमेरिकामा त्यो दर जम्मा १४ प्रतिशत मात्र छ । बेलायतमा पनि आप्रवासी जनसंख्या १४ प्रतिशत नै छ । क्यानाडालाई उसको जनघनत्वले पनि साथ दिएको छ । जस्तो उसको भन्दा दोब्बर जनसंख्या भएको सानो टापु बेलायतमा पहिले नै उच्च जनघनत्व छ । जबकि विश्वको दोस्रो ठूलो जमिन भएको मुलुक क्यानाडामा जम्मा ३।८ करोडभन्दा केही बढि जनसंख्या छ । अर्थात् यहाँ वृद्धिको लागि जति पनि ठाउँ छ ।
म्याकमास्टर युनिभर्सिटीका राजनीतिशास्त्री जेफ्री क्यामरनका अनुसार क्यानाडा जस्ता न्यून जन्मदर र बढ्दो वृद्ध जनसंख्याको सामना गरिरहेका मुलुकमा आप्रवासन प्रणालीको सफलता आम समर्थनमा निर्भर हुन्छ । ब्रेक्जिटको लागि भएको जनमत सग्रहअघि पूर्वी युरोपबाट बेलायत आउने आप्रवासीहरूको लहरले आप्रवासन विरोधी भावना सिर्जना गरेको थियो । क्यानाडामा भने पहिलेदेखि नै आप्रवासनप्रति उच्च समर्थन देखिन्छ ।
‘नागरिकलाई क्यानाडाको आप्रवासनलाई सरकारले राम्रोसँग व्यवस्थित गरेको र त्यो क्यानाडाको हितर्म रहेको विश्वासले पनि जनसमर्थन कामय छ ,’ क्यामरनले भने । तर यसको मतलब आप्रवासनप्रति कुनै चिन्ता छैन भन्ने होइन । पछिल्ला वर्ष अमेरिकी सीमामा आप्रवासीहरूको बढ्दो आगमनले केही विवाद निम्त्याएको छ । सन् २०१९ को निर्वाचनमा एक सानो दक्षिणपन्थी पार्टी पिपुल्स पार्टी अफ क्यानडाले यो विषय उठाएको थियो ।
क्यानाडाका भिन्न क्षेत्रमा पनि आप्रवासनप्रति फरक दृष्टिकोण छ । संघीय सरकारले वर्षेनी पाँच लाख नयाँ आप्रवासी भित्राउने आक्रामक लक्ष्य घोषणा गरेपछि क्युबेक प्रान्तले आफूले एक वर्षमा पचास हजारभन्दा बढी आप्रवासी नलिदे बतायो । यसको मतलब देशको २३ प्रतिशत जनसंख भएको भेगले जम्मा १० प्रतिशत आप्रवासी लिनेछ । क्युबेकका प्रमुख फ्रान्स्वा लेगोल्टले उनको प्रान्तमा धेरै आप्रवासी आउदाँ प्रान्तको प्रमुख भाषा फ्रेन्च भाषा कमजोर हुने चिन्ता व्यक्त गरे । क्यानडाभित्र क्यबेक प्रान्त फ्रेन्च भाषी बहुल क्षेत्र हो ।
क्यानाडामा जनसंख्या बढाउने प्रयाप्त ठाँउ हुँदाहँुद पनि आप्रवासीको दबाब भने केही क्षेत्रमा बढि महसुस भईरहेको छ । टोरन्टो र भ्यानकुभर जस्ता प्रमुख शहरमा पहिले नै १० प्रतिशत जनसंख्या बस्छन् । ती ठाँउमा आप्रवासीहरु बढी केन्द्रीत हँुदा त्यहाँ सस्तो आवासको संकट सिर्जना भएको छ । लेगर एण्ड द एसोसिएसन अफ क्यानेडियन स्टडीजद्वारा गरिएको १,५३७ क्यानेडियनको सर्वेक्षणमा, चारमध्ये तीन जनाले नयाँ आप्रवासी योजनाले आवास र सामाजिक सेवामा पार्ने प्रभावबारे चिन्ता व्यक्त गरे । झण्डै आधा ४९ प्रतिशतले लक्ष्य धेरै उच्च भएको बताए । जम्मा ३१ प्रतिशतले संख्या सही भएको बताए।
क्यानाडा अन्य पश्चिमी मुलुकबाट फरक देखाउने पक्ष आर्थिक अध्यागमनमा जोड दिनु पनि हो । क्यानाडाका आधा स्थायी बासिन्दा९पीआरधार०हरु पारिवारिक पुनर्मिलन अन्तर्गत नभई तिनको सीपका कारण भित्रिएका हुन् । सन् १९६० को दशकमा क्यानाडाले विभिन्न देशबाट आउनसक्ने आप्रवासीको कोटाको प्रणाली हटाएर देशको अर्थतन्त्रमा योगदान दिनसक्ने उच्च–दक्षतायुक्त आप्रवासीहरूलाई प्राथमिकता दिने प्रणाली कार्यन्वयनमा ल्यायो । विश्वका अन्य धनी देशमा कार्यन्वयन भएभन्दा फरक यो प्रणाली कार्यन्वयन गर्ने अन्य मुलुक अस्ट्रेलिया र न्यूजील्याण्ड हुन् ।
लक्ष्य पूरा होला ?
क्यानाडाले अन्य ठूला राष्ट्रभन्दा बढी आर्थिक–वर्गका आप्रवासी भित्र्याउने मात्र होइन, यसले उच्च संख्यामा शरणार्थी पुनर्वास गराउँछ । सन् २०२१ मा क्याडनाले २०,४२८ शरणार्थीलाई स्वीकार्यो । विगतमा क्यानडाको आप्रवासी भित्र्याउने लक्ष सधैं पुरा नभएको देखिएको छ । सन् २०२१ मा क्यानडाले ५९ हजार शरणार्थीहरूलाई पुनर्वास गर्ने लक्ष्य राखेको थियो । तर त्यसको एक तिहाई मात्र शरणार्थीहरु साँच्चै क्यानडा भित्रिए । एक टीभी अन्तर्वार्तामा, अध्यागमन मन्त्री सेन फ्रेजरले लक्ष र शरणार्थीको पुनरवासमा देखिएको अन्तर कोविडका कारण भएको सिमा बन्दले भएको थियो । अहिले क्यानडाले अर्को वर्षसम्म ७६ हजार शरणार्थीलाई पुनर्वास गर्न मद्दत गर्ने लक्ष्य राखेको छ ।