७ असार, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि आफ्नो बजेट सार्वजनिक गरेको छ। आज कञ्चन गाउँपालिकाको गाउँसभाको २० औं अधिबेशनको तेश्रो बैठकमा उपाध्याक्ष मौसमी थापा मगरले पालिकाको ६० करोड ४१ लाख २६ हजार ६ सय १८ रुपैया सार्वजनिक गर्नु भएको हो।
प्रस्तुत सार्वजनिक बजेट अनुसार चालु खर्च तर्फ ३९ करोड ३९ लाख ८ सय ५७ रुपैया र पूँजीगत खर्च तर्फ २१ करोड १० लाख ९० हजार ७ सय ६० रुपैया रहको छ। उक्त बजेटका लागि आन्तरिक आम्दानी तर्फ रु २ करोड ७५ लाख रुपैया र वित्तीय समानीकरण अनुदान ११करोड ७८ लाख रुपैया प्रक्षेपण गरिएको छ।
"समुन्नत कञ्चन, सुखी कञ्चनवासी" भन्ने यस बजेट, नीति तथा कार्यक्रमको दिर्घकालिन सोंच र विहंगम दृष्टि रहेको बजेटमा परिश्रम र उत्पादन नै आर्थिक समृद्धिको आधार उल्लेख गरिएको छ।
यसैगरी संघीय राजश्व वाँडफाँड अन्तर्गत १० करोड १८ लाख ५८ हजार र घरजग्गा रजिस्ट्रेशन दस्तुरबाट ६५ लाख रुपैया प्रक्षेपण गरिएको पालिकाको बजेटमा "जति योगदान उति प्रोत्साहन, जति बिक्री उति सम्मान" भन्ने भावनलाई आत्मसात गरिएको छ । "यस्तै माटो जोगाउँ भविष्य बचाउँ, अर्गानिक कृषि खेती अपनाउँ, स्वस्थ जीवन बनाउँ" भन्ने भावनाको बिकास गर्ने उद्धेश्यका साथ सार्वजनिक गरिएको बजेटका लागि संघीय समपूरक अनुदान अन्तर्गत ५० लाख रुपैया र संघीय सरकार बिशेष अनुदान अन्तर्गत १ करोड ५ लाख रुपैया प्रक्षेपाण गरिएको छ।
"गाई भैसी सुत्केरी स्याहार तथा पोषण सुधार प्रोत्साहन" कार्यक्रम नै कञ्चन गाउँपालिकाको लोकप्रिय कार्यक्रमका लागि २८ लाख रुपैया विनियोजन गरिएको बजेटका लागि संघीय सरकार शसर्त अनुदान अन्तर्गत २३ करोड ५ लाख रुपैया प्रक्षेपण गरिएको छ। यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड र प्रदेश सरकार शशर्त अनुदान १ करोड ७१ लाख ५ हजार ५ सय रुपैया प्रक्षेपण गरिएको छ।
"समृद्ध समाजको आधार, सामाजिक बिकासको विस्तार" भन्ने भावनालाई आत्मसात गर्दै सार्वजनिक गरिएको आ.व. २०८३/०८४ को बजेटमा सामाजिक बिकासतर्फ २७ करोड ६९ हजार ९८ हजार २ सय ५० रुपैया बजेट विनियोजन गरिएको छ। ७५ लाख प्रदेश सरकार समपुरक तर्फ अनुदान प्रक्षेपण गरिएको छ भने बिशेष अनुदान तर्फ २० लाख रुपैया र सडकबोर्ड नेपालबाट प्राप्त हुने १२ लाख रुपैया प्रक्षेपण गरिएकोछ ।
"दलित सुकुम्बासी र अव्यबस्थितको सम्मान, भूमि व्यबस्थापन हाम्रो मूल अभियान" भन्ने लक्ष्यलाई पुरा गर्न "भूमिको हक सबैको अधिकार, समुन्नत कञ्चनको बलियो आधार" निर्माण गर्न ६ करोड ६० लाख १० हजार ६ सय १८ हजार रुपैया नगद मौजदात रहने प्रक्षेपण गरिएको छ।