२२ बैशाख, कञ्चन
रुपन्देहीको कञ्चनमा कुनै डोजर चलाएर कुनै पनि कञ्चनवासीको घर नभत्काइने कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बताउनु भएको छ। सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर घर आवास गरी बसोबास गर्दै आएका सुकुम्वासी र अव्यस्थित बसोबासीहरुको घरमा डोजर लगाएर सरकारले भत्काउन लाागेपछि कञ्चन गाउापालिकाका अध्यक्ष नवराज ढकालले उक्त कुरा व्यक्त गर्नु भएको हो।
कञ्चन गाउँपालिकाका हजारौं सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारहरु गाउँपालिका कार्यलय परिसरमा नारा जुलुस सहित घेराउ गर्न आएपछि आन्दोलित कञ्चनवासीहरुलाई सम्बोधन गर्दै लालपुर्जा दिन तयरी गरिरहेको पालिकाले आफ्नो नागरिकहरुको गास बास उतार्नेगरी डोजर लगाएर कसैको घर नभत्काउने अध्यक्ष ढकालले प्रतिवद्धता व्यक्त गर्नु भएको हो।
कञ्चन गाउँपालिकामा समेत जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई हटाउन निर्देशन सहितको पत्र पठाएपनि कञ्चनले आफ्नो नागरिकको संरक्षण गर्न सदैव प्रतिवद्ध भएको र डोजर लिएर नजाने अध्यक्ष ढकालले पुनः प्रतिवद्धता व्यक्त गर्नु भएको थियो।
देशभर नै सरकारले सुकुम्वासीहरुको घर भत्काउने कार्यलाई तिव्रता दिएपछि सरकारको उक्त कार्य विरुद्ध कञ्चनका भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरु आन्दोलित भएका हुन। सोही आन्दोलनकै क्रममा कञ्चनवासीहरुले कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालमार्फत जिल्ला प्रशासन कार्यालय रुपन्देही र नेपाल सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन ।
कञ्चनका भूमिहिन सुकुम्वासी, भूमिहिन दलित तथा अव्यवस्थित बसोबासीहरुले मंगलवार कञ्चन गाउँपालिका कार्यालयमा प्रदर्शन गर्दै सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा दे, भूमि आयोगले गरेको नापजाँचको काम कार्यान्वयन गर, डोजर आतंक बन्द गर जस्ता नारा लगाएका थिए ।
पालिका अध्यक्ष नवराज ढकाललाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनकर्मीहरुलाई सम्बोधन गर्दै बासुदेवद्वीन पौडेल,कृष्ण प्रसाद अधिकारी, लेखनाथ पौडेल सोमनाथ शर्मा,, मणीराम सापकाृटा, केजी कुमार पौडेल, दुर्गा बहादुर थापा, हस्त बहादुर सावँर, भानुभक्त भण्डारी, श्री भैरव थापा, लिल बहादुर दर्लामी, अर्जुन ढकाल, हिरा बहादुर रोका, राधिका चौधरी, लिलाराम खनाल, पुष्पराज शर्मा, प्रजापती सापकोटा लगायत दुई तिहाई बहुमतको रास्वपा सरकारको पहिलो प्राथमिकता नागरिकको गास बास र कपासको हुनुपर्नेमा जनताको घर उजाडने काम गर्न थालेको भन्दै उक्त कार्यको भत्र्सना गरेका थिए। पालिकामा भएको सर्बदलीय तथा सर्बपक्षीय बैठकले नेपाल सरकारले कञ्चनमा समेत सार्वजनिक जग्गा अतिकक्रमण भई आएका बस्ती तथा घरहरुको तथ्यांक संकलन गरी घरहरुको भत्काउन गरेका परिपत्र तथा सुकुम्वासी र अव्यवस्थित बसोबासीको नाममा भएको धरपकडले सुकुम्वासी परिवारको मानव अधिकार उल्लंघन भएकोमा घोर विरोध जनाउदै पालिकाले जनताको विरुद्ध कुनै पनि कदम नचाल्न आग्रह गरेको थियो
ज्ञापनपत्र बुझ्दै अध्यक्ष ढकालले विगतमा कञ्चनको सवै वडाको जग्गा नापजाँच गरि केही जनतालाई पुर्जा वितरण गरेको र छिटै पुर्जा वितरण गर्ने तयारीमा पुगेको उल्लेख गर्दै सरकारले लिएको पछिल्लो नीतिले आफूलाई समेत स्तब्ध बनाएको बताउनुभयो ।
यस्तै उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनमा रहेका भूमिहिन सुकुम्वासी, भूमिहिन दलित तथा अव्यस्थित बसोबासीको विरुद्ध पालिका कुनैपनि अवस्था नउभिने र डोजर नचलाउने प्रतिवद्धता जनाउँदै त्यो अवस्था आएको खण्डमा आफु र कञ्चन सबै जनप्रतिनीधि सहित कञ्चनका १५ हजार भन्दा बढी भूमिहिन सुकुम्वासी, भूमिहिन दलित तथा अव्यस्थित बसोबासीहरुको पक्षमा आन्दोलनमा जोडिने प्रतिवद्धता जनाउनु भएको थियो ।
सोहीक्रममा कञ्चन गाउँपालिकाले आयोजना गरेको सर्बदलीय बैठकमा बोल्दै कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जनताले ठूलो आशा र विश्वासका साथ रास्वपालाई जिताएर पठाएको तर उक्त विश्सावर भरोसालाई बहुमतको दम्भमा तोड्दै आफ्नै देशका नागरिकमाथि दमन गर्न लाग्नु दुःखद रहेको धारणा व्यक्त गर्नु भएको थियो। आवश्यक परे कञ्चनका जनताले रास्वपाका संघीय सांसदहरुलाई कञ्चन प्रवेशमा रोक लगाउन सक्ने तागत राख्ने भन्दै निवर्तमान अध्यक्ष ढकालले कञ्चनका भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पीडामाथि खेलवाड नगर्न चेतावनी दिनुभएको थियो।
पालिकामा भएको सर्बदलीय तथा सर्बपक्षीय बैठक पश्चात बैठकमा सहभागी राजनैतिक तथा सरोकारवालाहरुका प्रतिनीधिहरुले बर्षौंदेखि आमोद कमोत गर्दै पुस्तौं पुस्ताको जिवन विताउदै आएका कञ्चनका भूमिहिन दलित, भूमिहिन सुकुम्वासी तथा अव्यबस्थित बसोबासीहरुको समस्या समाधानका लागि निरन्तर लाग्ने र विभिन्न समयमा गठित सरकार र भूमि आयोगलाई समेत खबरदारी गर्दै आएको प्रतिवद्धता जनाएका छन । यो खवरदारी आगामी दिनहरुमा पनि खबरदारी गर्ने बर्षौंदेखिको सुकुम्वासी समाधान नगरे सडक आन्दोलनबाट सरकारविरुद्ध खबरदारी गर्न सबैले एकसाथ आन्दोलन गर्ने समेत चेतावनी दिएका थिए ।
स्थानीय कञ्चनका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले नेपाली कांग्रेसका कञ्चनका नेता देवीराम रेग्मीको संयोजकत्वमा संघर्ष समिति समेत गठन गरी नागरिकको बाँच्न पाउने र आवासको अधिकारको सम्मान गर्दै विगतदेखिका समस्या समाधानका लागि कञ्चनबासी सवै एकताबद्ध भएर अघि बढ्ने निर्णय समेत गरेको छ ।