१० बैशाख, कञ्चन
बुद्धदीप सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल कञ्चन ५ बुद्धचोक रुपन्देहीको २५ औँ वार्षिक उत्सव एवं रजत जयन्ती समारोह भव्यताको साथमा सम्पन्न भएको छ।
विद्यालयको रजत जयन्ती समारोहका प्रमुख अतिथि तथा प्याप्सन नेपालका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले नेपालको राष्ट्रिय झण्डा सहित विद्यालयको झण्डा झण्डोत्तोलन गर्दै विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र विद्यार्थीहरूको सर्वाङ्गीण विकास—शैक्षिक, नैतिक, सामाजिक तथा व्यवहारिक पक्षलाई प्राथमिकतामा राख्दै विद्यालयले आफ्नो अलग पहिचान निर्माण गर्न सफल भएको प्रति आभार व्यक्त गर्नु भएको थियो। विद्यालय पाठ्य पुस्तकहरुको पढाई हुने स्थलमात्र नभई ज्ञान विज्ञानको केन्द्र र स साना नानी बाबुहरुको सुन्दर भविष्य कोर्न उत्प्रेरणात्मक मार्ग डोर्याउने मार्ग निर्देशक घर समेत भएको केन्द्रिय अध्यक्ष अधिकारीले बताउनु भएको थियो।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तथा कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले बुद्धदीप सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलको २५ औँ वार्षिक उत्सव तथा रजत जयन्ती समारोहको यस ऐतिहासिक अवसरमा सहभागी हुन पाउँदा म अत्यन्त हर्षित भएको उल्लेख गर्दै विद्यालयले विगत २५ वर्षदेखि यस क्षेत्रको शैक्षिक विकासमा पुर्याएको योगदान वास्तवमै प्रशंसा गर्नु भएको थियो। उपाध्यक्ष थापा मगरले कञ्चन गाउँपालिकाको तर्फबाट शिक्षा क्षेत्रको विकासका लागि आवश्यक सहयोग र सहकार्य सधैं रहने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा पनि विद्यालयले अझ उत्कृष्ट नतिजा ल्याउँदै नयाँ उचाइ हासिल गर्ने विश्वास लिएको उल्लेख गर्नुभएको थियो।
यस्तै उपाध्यक्ष थापा मगरले शिक्षा नै विकासको आधार भएको यस विद्यालयले स्थापनाकला देखिनै समाजलाई सक्षम, जिम्मेवार र नैतिक नागरिक उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्दै बुद्धदीपले केवल पाठ्यपुस्तकमा सीमित शिक्षा मात्र होइन, अनुशासन, संस्कार र जीवनोपयोगी सीप विकासमा पनि जोड दिँदै आएको देख्दा खुसी लागेको बताउनु भएको थियो।
कार्यक्रममा कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनको शैक्षिक बिकास र असल तथा सभ्य नागरिक तयार गर्न विद्यालयले स्थानीय स्तरमै गुणस्तरीय अंग्रेजी माध्यमको शिक्षा प्रदान गर्दै अभिभावकहरूको विश्वास जित्न सफल भएको बताउनु भएको थियो। बुद्धदीपले शैक्षिक क्षेत्रमा प्राप्त गरेको सफलता र उपलब्धी विद्यालय व्यवस्थापन, विद्यार्थी, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको संयुक्त प्रयासको परिणामको उपज भएको उल्लेख गर्नु भएको थयो।
यस्तै विद्यालयका शुभेच्छुक भरतमणि सापकोटाले बुद्धदीपको २५ औँ वार्षिक उत्सव तथा रजत जयन्ती समारोहको यस गौरवपूर्ण अवसरमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै २५ वर्ष कुनै सामान्य यात्रा नभई यो समयावधि समर्पण, धैर्य, निरन्तर प्रयास र विश्वासको प्रतिफल भएको बताउनु भएको थियो। विद्यालयले यस अवधिमा शिक्षाको उज्यालो दीप बाल्दै हजारौँ विद्यार्थीहरूको भविष्य निर्माण गरेको छ, जुन अत्यन्त प्रशंसनीय कार्य भएको उल्लेख गर्दै शुभेच्छुक सापकोटाले विद्यालयले केवल शैक्षिक ज्ञान मात्र नभई अनुशासन, नैतिकता र सामाजिक उत्तरदायित्वका मूल्यहरू पनि विद्यार्थीहरूमा विकास गराउँदै आएको स्मरण गर्नु भएको थियो ।
कार्यक्रममा अभिभावक संघ रूपन्देहीका अध्यक्ष लेखनाथ ज्ञवालीले अनुशासन, नैतिकता र सामाजिक उत्तरदायित्वका मूल्यहरू जस्ता असल गुणहरूले नै सक्षम र जिम्मेवार नागरिक निर्माण गर्न सहयोग पुर्याउँने र उक्त कार्यमा बुद्धदीप सदैव अग्रपंक्तीमा रहदै आइरहेको बताउनु भयो। एक अभिभावक प्रतिनिधिका रूपमा विद्यालय र अभिभावकबीचको सहकार्यको महत्त्वलाई विशेष रूपमा जोड दिन दिदै अध्यक्ष ज्ञवालीले कुनै पनि शैक्षिक संस्थाको सफलता केवल विद्यालयको प्रयासले मात्र सम्भव हुँदैन, नभएको र त्यसमा अभिभावकहरूको सक्रिय सहभागिता र विश्वास उत्तिकै आवश्यक रहने बिचार व्यक्त गर्नु भएको थियो। बुद्धदीप विद्यालयले यस पक्षमा राम्रो समन्वय कायम गर्न सफल भएको देखिन्छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लेखनाथ पौड्यालले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आज हामी सबै एक विशेष अवसरमा एकत्रित भएको र विद्यालयको २५ औँ वार्षिक उत्सव तथा रजत जयन्ती समारोह केवल एउटा उत्सव मात्र होइन, विगत २५ वर्षको समर्पण, संघर्ष, उपलब्धि र निरन्तर प्रगतिको उत्सव भएको बताउनु भएको थियो। सोहीक्रममा प्रधानाध्यापक पौडेलले २५ वर्षको यो गौरवशाली यात्राले विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदान स्पष्ट रूपमा देखाउँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विद्यालयले खेलेको भूमिकाको प्रशंसनीय कार्यले अझ जिम्ेमवार र कर्तव्यका भकारी सुम्पिएको उल्लेख गर्नु भएको थियो।
प्रधानाध्यापक पौडेलले विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र विद्यार्थीहरूको सर्वाङ्गीण विकास—शैक्षिक, नैतिक, सामाजिक तथा व्यवहारिक पक्षलाई प्राथमिकतामा राख्दै विद्यालयले आफ्नो अलग पहिचान निर्माण गर्न सफल हुनुमा विद्यालयका हुभेच्छुक, अभिभावक, विद्यार्थी, लगानीकर्ता, सञ्चालक समिति, शिक्षक शिक्षिका लगायतको श्रेय रहेको बताउनु भएको थियो। यो २५ बर्षको उमेरहरुको हरेक बर्र्षहरु विद्यनलयका लागि सदैव प्रतिस्पर्धाको दौड भएको ती दौडहरु मध्ये धेरै दौडहरुमा विद्यालयले अग्रता कायम गर्दै आएको स्रमण गर्दै प्रधानाध्यापक पौडेलले व्रिटिस काउन्सिलबाट प्रदान हुने अन्तराष्ट्रिय स्कुल अवार्डबाट समेत अवार्डेड भएकोे जसले गर्दा विद्यालयको शैक्षिक गुणस्तरमा अझ प्रतिवद्ध बनाउदै लगेको समेत बताउनु भएको थियो।

विद्यालय सञ्चालन समितिका अध्यक्ष लक्ष्मी पौडेलले विद्यालयको यो २५ वर्षको यात्रामा विद्यालयले धेरै चुनौतीहरू सामना गर्दै सफलताको शिखरतर्फ अग्रसर भएको बताउनु भएको थियो। अध्यक्ष पौडेलले यस क्रममा विद्यालयसँग आबद्ध सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले विद्यालयमा आज जे जति उपलब्धि देखिएको छ त्यसमा सबैको सामूहिक प्रयास भएको र रजत जयन्तीको यस अवसरमा हामी विगतका उपलब्धिहरूलाई स्मरण गर्दै भविष्यका लागि अझ उत्कृष्ट लक्ष्य निर्धारण गर्ने प्रण समेत गर्नु भएको थियो। विद्यालयले आगामी दिनहरूमा पनि आधुनिक प्रविधिसहितको शिक्षा, अनुशासन र नैतिक मूल्यमा आधारित शिक्षण प्रणालीलाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गर्दै विद्यालय सञ्चालन समितिका अध्यक्ष पौडेलले अनुशासन, गुणस्तर र नैतिक शिक्षामा विद्यालयले दिएको जोडले समाजमा सकारात्मक प्रभाव पारिरहेको समेत विचार व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा विद्यार्थीहरु बिपसा पौडेल, प्रसिद्धि सापकोटा र साक्षी शर्माले हाम्रो विद्यालय केवल पढ्ने ठाउँ मात्र नभई यो हाम्रो दोस्रो घर भएको जहाँ हामीले ज्ञान मात्र होइन, अनुशासन, संस्कार, आत्मविश्वास र जीवनका महत्वपूर्ण मूल्यहरू सिक्दै आइरहेको बताउनु भएको थियो । यहाँका गुरुजनहरूको माया, मार्गदर्शन र प्रेरणाले हामीलाई भविष्यतर्फ अघि बढ्न हौसला दिएको र २५ वर्षको यो गौरवशाली यात्रामा विद्यालयले हजारौँ विद्यार्थीहरूको भविष्य निर्माण गरेको र आज हामी पनि त्यसै यात्राको एउटा सानो हिस्सा बन्न पाएकोमा गर्व महसुस गरेको विद्यार्थीहरुले विचार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालका पूर्व शिक्षक, विद्यार्थी, र अभिभावकहरुलाई सम्मान गर्नुका साथैविभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट पदक तथा स्थान विजेताहरुलाई सम्मान गर्नुका साथै बार्षिक परीक्षामा सर्वोत्कृष्ट जिपीए ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन भने विद्यालयका सहायक प्रधानाध्यापक देवीराम पौड्यालन गर्नु भएको विद्यालयको रजत जयन्ती बिशेष समारोहमा विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुले विभिन्न सांस्कृतिक नृत्य, कला तथा विज्ञान सामग्रीहरुको प्रदर्शनी गर्नुका साथै कलात्मक सांगेतिक अभिनयहरु प्रस्तुत गरेका थिए।