२९ चैत्र, भैरहवा
रुपन्देही प्रहरीद्वारा जिल्लाका बिभिन्न स्थानहरुमा संचालन भईरहेको अबैध Online Betting (जुवा) मा संलग्न विभिन्न प्रतिवादीहरुलाई Online Betting मा प्रयोग हुने विभिन्न दशिका सामानहरु सहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार तिलोत्तमा नगरपालिका वडा नं. ७ बाट बासडिह थाना, मिश्रवलिया गाउँ उत्तर प्रदेश, वलिया, भारत बस्ने बर्ष ३० को प्रदिप गुप्ता, बर्ष २० का सतिश कुमार, कर्नलगंज थाना, बसेरिया, उत्तर प्रदेश गोण्डा भारत बस्ने बर्ष २२ को पवन कुमारलाई पक्राउ गरिएको छ।
यसैगरी हुसेनगंज थाना, मोहुवल बजार, विहार प्रदेश, सिवान भारत बस्ने बर्ष २१ को मनु कुमार सोनी, नैरहवा थाना विहार प्रदेश, सिवान भारत बस्ने बर्ष २१ को अमर कुमार, जिल्ला उमेरी वेगमजंग थाना विहार प्रदेश, गोण्डा, भारत बस्ने बर्ष २१ को नर सिंह, गोण्डा उमेरी वेगमगंज थाना विहार प्रदेश, भारत बस्ने बर्ष २४ को राम असिस सिंह, गंनपुर थाना, यरुली वयष्ट बंगाल प्रदेश,नदिया भारत बस्ने बर्ष ३१ को सुदिप तो माझी, हण्डी थाना, वेलहरी उत्तर प्रदेश, वलिया भारत बस्ने बर्ष २२ को अबिशेष ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ।
प्रक्राउ परेका ती प्रतिवादीहरुको साथबाट ल्यापटप ३ थान, मोबाईल २० थान र हिसाब राख्ने गरेको रजिष्टर ५ थान समेत बरामद गरेको प्रहरीले जनाएको छ।
यसैगरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रवार तिलोत्तमा न.पा. वडा नं. १५ कोटिहवाबाट अनलाइन जुवा खेलिरहेको अवस्थामा विभिन्न प्रतिवादीहरुलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला मजामगढ गाउ जगदिशपुर भारत बस्ने बस्ने बर्ष २८ को संदिप कुमार, जिल्ला हैदरावाद, तेलङगना प्रदेश, हिमालाय नगर भारत बस्ने बर्ष ४३ को एम डि. हाकिम, जिल्ला तहसिलहाटा उत्तर प्रदेश कुशिनगर भारत बस्ने बर्ष २६ को सतेन्द्र सिंह, र जिल्ला तहसिलबास उत्तर प्रदेश गोरखपुर भारत बस्ने बर्ष ३६ को श्याम सुन्दर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
यसैगरी जिल्ला मउ गाउँ उत्तर प्रदेश रतनपुर भारत बस्ने बर्ष २४ को दिपक पाण्डे, जिल्ला मउ गाउँ उत्तर प्रदेश गाजिपुर तिराह भारत अस्पताल लाईन बस्ने बर्ष ३२ को रियाज अहमद, जिल्ला कानपुर देहाद रसुल्लावाद उत्तर प्रदेश भारत बस्ने बर्ष ३५ को प्रदिप कुमार, जिल्ला रुपन्देही ओमसतिया गाउपालिका वडा नं. १ बस्ने बर्ष ३४ को अक्लेश कुमार यादव, जिल्ला सुर्खेत घर भई हाल जिल्ला रुपन्देही तिलोत्तमा न.पा.वडा नं.१५ कोटिहवा बस्ने बर्ष ३८ की सिमा राना, दिल्ली भारत बस्ने बर्ष ३६ की तन्नु कुमारी र बर्ष ३८ की राखी झालाई समेत दशी प्रमाण सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनु भएको छ।
निजहरुको साथबाट भारतिय बिभिन्न बैंकहरुको चेक बुक २३ बन्डल, बिभिन्न बैंकको ATM कार्डहरु २५ थान, नेपाली नगद ९१,७२५ रुपैया, भारतिय पासपोर्ट १ थान, स्टायाम छाप ३ थान, पेन ड्राईप ३ थान, बिभिन्न कम्पनीका मोवाईलहरु २१ थान, बिभिन्न कम्पनिको ल्यापटव ६ थान, भारतिय बिभिन्न ब्यक्तिका आधार कार्ड ३० थान ZTE कम्पनिको राउटर १ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।