२७ जेठ,कञ्चन
रुपन्देहीको कञ्चन २, रामडाँडामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत हिमालयन हनिकम मौरी पकेट क्षेत्रको आज एक कार्यक्रम गरी सार्वजनिक गएिको छ।
कृषि ज्ञान केन्द्र,नवलपरासी र मौरी पकेट क्षेत्रको संयुक्त साझेदारी कार्यक्रम अन्तर्गत ३० लाख रुपैयाको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यक्रम कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले सार्बजनिक गर्नु भएको छ। कृषि क्षेत्रलाई आधुनिकीकरण र किसानहरुको ब्यबसायिक क्षमतामा अभिबृद्धिका लागि बिनियोजित प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यक्रम कञ्चन २ रामडाँडामा रहेको हिमालय हनिकमले मौरी पकेट क्षेत्रका लागि कृषि ज्ञान केन्द्र,नवलपरासी र मौरी पकेट क्षेत्रको संयुक्त साझेदारी कार्यक्रमको गत बैसाख २७ गते सम्झौता भई परियोजना संचालनार्थ कार्यक्रम सार्बजनिक गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना हिमालयन हनिकम मौरी पकेट सार्बजनिक गर्दै उपाध्यक्ष गोमा तरामु
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना,हिमालयन हनिकम मौरी पकेट क्षेत्रको शुभारम्भ गर्दै कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले कृषि क्षेत्रलाई आधुनिकरण गर्दै प्रबृधिमैत्री बनाउन कृषिमा युवाहरुको सहभागिता अनिवार्य रहेको बताउनु भएको छ।बिगतका बर्षहरुमा अनुभवका कमीले गर्दा पनि कुन क्षेत्रमा कसरी लगानी गर्दा साना किसानहरु लाभान्वित हुन्छन भन्ने कुरा थाहा नहुदा स्थानिय तह निर्माण पछिको ३ बर्ष जनातले प्रत्यक्ष अनुभव गर्नेगरी काम गर्न नसकिएको उल्लेख गर्दै उपाध्यक्ष तरामुले बाकी २ बर्षका कार्यकालमा कृषि उधमी तथा युवा लक्षित कार्यक्रमहरु ल्याई युवाहरुलाई कृषि प्रति आकर्षित गराउन कञ्चन गाउपालिकाको ध्यान जाने बताउनु भएको छ। अव बिदेशवाट आएका युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गराउन अनुदानको समेत ब्यबस्था गरिदै आएको र आगामी समयहरुमा पनि कृर्षिमा ठूलो लगानी गरेका कृषि उधमीहरुले साना किसानहरुलाई कृर्षिमा लगानीको सम्भावना र भबिष्यको बारेमा समेत बताई उत्साहित गराउनु पर्नेमा उपाध्यक्ष तरामुले जोड दिनु भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना हिमालयन हनिकम मौरी पकेट
यस्तै कञ्चन गाउपालिका वार्ड नं. १ का वडा अध्यक्ष हरि नारायण थारुले बिदेशम धेरै पैसा कमाउन भनेर गएका युवाहरुले बिदेशको बास्तबिकता बुझेका हुनाले यो कोरोनाका हरमा स्वदेश फर्किएका युवाहरुलाई कृषिमा आकर्षित कञ्चन गाउपालिकाले बिशेष कार्यत्रलमहरुको तर्जुमा गरिरहेको बताउनु भएको । युवाहरुले स्वदेशमा सपना देखेर बिदेशमा बगाउने पसिना आफ्नै देशको माटोमा बगाए अवस्य पनि सुन फल्ने र फलाउन सकिने वडा अध्यक्ष क्षेत्रीले बताउनु भएकाृ छ।वडा नं. २ का वडा अध्यक्ष शेर बहादुर थारुले कृषि क्षेत्रमा लगानी गर्ने कुनै पनि कृषक तथा कृषि उधमीहरुका लागि गाउपालिकाले बिशेष प्रथमिकता दिने बताउनु भएको छ।
स्पिन्जर च्याउ ब्लकका संचालक गंगाधर शर्माले कृषि क्षेत्रमा लाग्न चाहने युवाहरुको लागि आवस्यक प्राबिधिक सहयोग दिन सकिने गरी कञ्चनमा दक्ष जनशक्तीको अभाव भएको अवस्थामा आफुले प्राप्त गरेको ज्ञान अनुभव शेयर गरेर कृर्षिमा युवाहरुलाई आकर्षित गर्न सकिने बताउनु भएको छ। साना किसान कृर्षि सहकारी संस्था कञ्चन १ का अध्यक्ष कोपिला घिमिरेले कृर्षि उधमीहरु संगको सहकार्यमा सहकारीले कृषिमा लगानी गर्न खोजेको भएपनि उपर्युक्त वातावरण तयार हुन नसकेको बताउनु भएको छ।
हिमालयन हनिकम मौरी पकेट सार्बजनिक कार्यक्रममा वडा अध्यक्ष हरिनारायण थारु
हिमालयन हनिकमले बिगत ७ बर्ष देखि महको उत्पादनलाई प्राथमिकता राखेर करिव २० लाख लगानी गरेर आधुनिक माहुरी पालन ब्यबसाय संचालन गर्दै आएको छ।बार्षिक ३ देखि ४ टन सम्म मह उत्पादन गर्दै आएको हनिकमले सम्पुर्ण खर्च कटाएर बार्षिक ५ देखि ७ लाख रुपैया आम्दानी गर्दै आएको हिमलयन हनिकमका संचालक मन बहादुर पुनले बताउनु भएको छ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यक्रम शुरु भएपछि हनिकमले बार्षिक १० टन मह उत्पादन गर्ने लक्ष्य सहित कार्यक्रम सार्बजनिक गरेको हो ।
अहिले कनिकमसंग करिब ३ सय ५० गोला मौरी रहेको र परियोजना लागु भएपछि ५ सय गोला मौरी बनाउने र बिशेषगरी मह उत्पादनका लागि आवस्यक पर्ने चाका उत्पादन गर्ने योजना सहित परियोजनलाई अगाडी बढाइने संचालक पुनले बताउनु भएको छ ।मह उत्पादनका लागि मौरी पालक किसानहरुलाई मौरी चरन क्षेत्रको अभाव भएको संचालक पुनले बताउनु भएको छ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना हिमालयन हनिकम मौरी पकेट
हनिकम मौरी पकेट क्षेत्रका संचालक सदस्य कुस्मादेबी पुनको स्वागतमा भएको कार्यक्रममा लहर सामाजिक महिला उधमी सहकारी संस्थाका अध्यक्ष राधिका चौधरी,श्रमभुमि कृषि सहकारी संस्थाका अध्यक्ष चिन्तामणी शर्मा लगायतले परियोजनाको सफल कार्यान्वनको शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
हिमालयन हनिकम मौरी पकेटका संचालक मन बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन राहुल पुनले गर्नु भएको थियो ।