लगभग १५–१६ वर्ष लामो विद्यालय जीवनको मेहनत एवम् सफलतापश्चात् अर्को ५–६ वर्षको निम्ति आफूलाई शैक्षिक क्षेत्र तथा सोधखोजको क्षेत्रमा आगाडि बढाउन सङ्कल्पित भएर कलेज प्रवेश गर्नुभएका सम्पूर्ण नवआगन्तुक विद्यार्थी भाइबहिनीहरूलाई उत्तरोत्तर प्रगतिको कामना गर्दछु । हार्दिक शुभकामना र बधाई छ । रोबर्ट फ्रस्ट भन्छन्, ‘Two roads diverged in a wood and I took the one less traveled by and that has made all the difference.’ अर्थात्, एउटा वनमा दुई बाटा थिए । अत्यन्त कममात्र हिँडिएको बाटो समाएँ । त्यसैले नै यी सारा भिन्नता जन्मायो । तपाईँहरूले पनि चुनौतीपूर्ण बाटो राज्नुभयो । तपाईँहरू सफल हुने विश्वास छ ।
अरू कता कता लागे ? केके गरे ? म अलि फरक बाटो रोज्ने प्रयास गर्दै छु । त्यो फरक बाटोबाट नै भिन्नता देखाउने प्रयास गर्नेछु । विद्यार्थी भाइबहिनीहरू यही कुरा मनमा राखेर कलेज प्रवेश गर्दै हुनुहुन्छ भन्ने विश्वास छ । कलेजले तपाईँलाई फरक विद्यार्थीको रूपमा सदा याद गर्ने गरी मेहनत गर्ने मेरो विश्वास छ । यस कलेजमा सायद हजारौँ विद्यार्थी आए, हजारौँ आउनेवाला छन् । ती हजारौँबिच कलेजले सम्झनयोग्य विद्यार्थी भएर वा कलेजका प्राध्यापकहरूको मनमस्तिष्कमा रहने गरी तपाईँले पढ्ने र केही गरेर देखाउने मेरो विश्वास छ । त्यसको निम्ति पनि हार्दिक शुभकामना छ ।
आजभन्दा २५–२६ वर्षअगाडि लिबालीको करिब ६०० रोपनी जग्गामा व्यवस्थित सहर बसाल्ने सपनाले साकार रूप लियो । त्यही ‘टाउन प्लानिङ’ गरिएको लिबाली भन्ने ठाउँमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ बनेको हो । ‘बँु’ भन्नाले नेपालभाषामा खेत हो र लिबाली भन्नाले ढिलो मात्र बाली फल्ने ठाउँ हो । सिँचाइको हिसाबले असुविधाजनक र निकै टाढा साबिक बागेश्वरी गाविसको सहरेदेखि नहरबाट पानी ल्याउनुपर्ने वा आकाशे खेतीको भर पर्नुपर्ने त्यतिखेर बाध्यता थियो । त्यही ठाउँमा यी दुईवटा कलेज निर्माण भएका हुन् ।
बालीनालीको लागि किसानहरूलाई असाध्यै समस्या हुने ठाउँमा समयको जरुरतबमोजिम एउटा व्यवस्थित प्लानिङ बन्यो । त्यस बखत यस कलेजको वरिपरि प्रशस्त कालो माटो पाइन्थ्यो । त्यो कालो माटो झिकेर कैयौँ हाम्रा प्रजापति दाजुभाइहरूले र हाम्रा पूर्वजहरूले धेरै राम्राराम्रा माटाका भाँडाकुँडाहरू बनाए । यहाँमात्र होइन काभे्र, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, तनहुँ, गोरखा, नुवाकोटलगायत देशभरि माटाका भाँडाकुँडाहरू पठाउने गरिन्थ्यो । हिजो गहुँ, धान, केराउ मात्र फल्ने ठाउँमा आज ज्ञान, प्रविधि फल्दै छ र चारैतिर पैmलिँदै छ । यहाँबाट तयार भएका प्राविधिकहरू देशैभरि पुग्दै छन् । यो कस्तो सुन्दर परिवर्तन ?
आजभन्दा ३२५ वर्ष अगाडि भक्तपुरमा भव्य ङातापोल्हँको निर्माण भयो । सम्भवतः त्यसको केही महिनापछि भक्तपुरमा खँचा पुखु निर्माण भयोे । पूर्वपश्चिम फर्केको लाम्चो आकारको त्यो सानो पोखरीमा ङातापोल्हँको छाया देखिन्छ । यसको विस्तृत अध्ययन गर्नको निम्ति विज्ञ तथा विद्यार्थीहरूमा अनुरोध गर्दछु । कतै ङातापोल्हँ, खँचा पुखु र हाम्रो कलेज एउटै समानान्तर रेखा parallel line मा त छैन ? हेर्नुस् त, इन्जिनियरिङको सुन्दरता । २२ वर्षभन्दा अगाडि इन्जिनियरिङ कलेज यही ठाउँमा बनाउँदै गर्दा सायद त्यतिखेर यसबारे अनुमान गरिएको थिएन ¤ तर, कहिलेकाहीँ सिर्जना पूर्वतयारी बिना पनि हुने गर्दछ ! इन्जिनियरिङको सुन्दरता कहिलेकाहीँ दुर्घटनावश जन्मिन सक्छ । यस विषयमा थप अध्ययन गर्न पायौँ भने अझ राम्रो होला !
अरू देशमा पनि हामीले देख्यौँ । सन् २०१४ को नोभेम्बरमा हामी प्रजग कोरिया पुगेका थियौँ । इन्जिनियरहरू पुग्नैपर्ने देश हो प्रजग कोरिया । वास्तुशास्त्रविद्हरूको देश, कलाकारहरूको देश । १९५० देखि १९५३ सम्म त्यहाँ ठुलो युद्ध भएको थियो । अमेरिकी साम्राज्यवादले लाखौँलाख मानिसहरूलाई एक चिहान बनाएको थियो । बमबारूद खसालेर अमेरिकी साम्राज्यवादले ‘ग्राउन्ड जिरो’ मा परिणत गरेकोे थियो । हरेक एक कोरियालीलाई करिब चारवटा बम प्रहार गरिएको थियो । यद्यपि, खरानीमै एउटा सुन्दर सहर बन्यो, प्योङयाङ । प्रजग कोरियामा लाखौँ–लाख इन्जिनियरहरू छन् ।
प्योङयाङमा ग्रायन्ड पिपुल्स स्टडी हाउस छ । त्यो विशाल पुस्तकालय या अध्ययन केन्द्रले देशभित्र र बाहिरका लाखौँलाख मानिसहरूलाई बुद्धि बाँडिरहेको छ । अन्तर्राष्ट्रिय जगत्लाई निमन्त्रणा दिएर सोधखोज गराइराखेको छ । त्यहाँ पुगेका हरेक प्राध्यापक, बुद्धिजीवी तथा अध्येताहरू ग्रायन्ड पिपल्स स्टडी हाउसकै समानान्तर रेखामा रहेको रातो फ्लेमयुक्त जुछे टावरतिर हेरेर एक खालको ऊर्जा प्राप्त गर्दछन् । ग्रायन्ड पिपल्स स्टडी हाउस र जुछे टावरको बिचमा कञ्चन तेदोङ नदी बग्छ । छेवैमा लाखौँ मानिस एकै समयमा जम्मा हुन मिल्ने किम इल सङ स्क्वाएर छ । यी तीनवटै विशाल संरचना समानान्तर रेखामा छन् । वास्तुकला, परिकल्पना, भावना, प्रविधि तथा सौन्दर्यको संयोजन बेजोड लाग्छ ।
इन्जिनियरिङ कलेजको निम्ति एक प्रकारको ‘गाइडिङ फ्लेम’ ङातापोल्हँ हो, जुन हाम्रा पितापुर्खाले तीन सय पच्चीस वर्ष अगाडि ठड्याए । हाम्रो वास्तुकला, विज्ञान र प्रविधिको एउटा अनुपम नमुना ङातापोल्हँ हो । कलेजसँग समानान्तर रेखामा रहेको ङातापोल्हँबाट प्रेरित भएर हाम्रो इन्जिनियरिङ कलेज र नयाँ वैज्ञानिकहरू अझ अगाडि बढून्, शुभकामना !
१२ औँ शताब्दीमा अर्थात् सन् १२४४ मा नेपालमा एकजना ठुला कलाकार, इन्जिनियर तथा वैज्ञानिकको जन्म भयो । तपाईँहरूलाई थाहा छ, आजभन्दा ८०० वर्ष अगाडि जन्मेको अरनिको १७ वर्षको उमेरमा ८० जना कालिगढ तथा वास्तुविद् वा इन्जिनियरहरूसहितको पल्टन लिएर भोटतिर गएको हामी इतिहासमा पढ्छौँ । भोटमा गएर अनेकौँ चैत्य र अनुपम गुम्बाहरू बनाएको हामीले पढेका छौँ । इन्जिनियरहरूले अनिवार्यरूपमा पढ्नुपर्ने नेपालका विभूतिहरूमध्ये अरनिको एक हुन् । साथै भोटदेखि पेचिङसम्म पुगेर स्वर्णचैत्य निर्माणका साथै श्वैतचैत्य निर्माण गरेका थिए । श्वेतचैत्यलाई तिनीहरू ‘पाइथा’ भन्छन् । नेपालीहरू पेचिङ पुग्ने बेला ग्रेट वाल नहेरे नि हुन्छ तर हाम्रो उपहार, नेपाली प्राविधिकले बनाएको श्वेतचैत्य नहेरी फर्किन्नन् । अभैm पनि चिनियाँहरू हाँसोमा पनि भन्छन्, चीनमा जति पनि निर्माणहरू भए, अहिलेसम्म पनि छाया नहुने निर्माण कुनै छ भने त्यो श्वेतचैत्य हो । हिजो हामी चीनजस्तो सभ्यतामा सा¥है अगाडि बढेको देशलाई त्यसरी योगदान दिन सक्ने अवस्थामा थियौँ । हाम्रो देश अहिले कता छ ? हामी कता छौँ र कसरी यस्तो भयो ? त्यो सोध्ने, खोज्ने र पत्ता लगाउने हाम्रै जिम्मा हो ।
हिजोआजका हाम्रा विद्वान्हरूले विदेश गएर के पाए, त्यो मलाई थाहा छैन ! कुब्ला खाँको पालाको चीनमा गएको अरनिकाले मन्त्रीसरहको उपाधि त्यतिखेर नै पाए । यो कस्तो खालको चमत्कार होला, कस्तो खालको हात होला र कस्तो खालको सीप, ज्ञान र दक्षता होला र वास्तवमा हामीसँग सामथ्र्य नभएको होइन । प्रकृतिले के कति दियो भन्नेबारेमा मैले बताइरहन नपर्ला र प्रकृतिले पनि सही ठाउँमा सही मानिस दियो वा दिएन, त्यो अर्को पाटो हो । सही ठाउँमा प्रकृतिले सगरमाथा राख्यो, त्यति राम्राराम्रा महाकाली, कोसी, कर्णाली नदीहरू राख्यो ! सुन्दर हिमाल, पहाड र तराई यहीँ राख्यो ! यहीँ नै बहुमूल्य खनिजजडिबुटी खन्यायो र हाम्रा इन्जिनियरहरूका निम्ति यहाँ अध्ययन तथा अन्वेषणको निम्ति विराट क्षेत्र छ । आर्किटेक्ट, इन्जिनियर बन्नको निम्ति अगाडि बढिरहेका नयाँ पुस्तालाई अरनिकोको प्रेरणा तथा आभा पर्याप्त छ ! त्यसबाट हामी प्रेरित भएर अगाडि बढ्न सकेको खण्डमा अझ बढी योगदान पु¥याउन सक्नेछौँ !
अर्को एउटा प्रसङ्ग जोडौँ ! भर्खरै चित्लाङमा भएको दुर्घटना सबैलाई सम्झना छ होला । सबैको मनमा छ । यस्ता खालका अत्यन्त दुःखद खबर हामी सुन्दै हेर्दै बस्ने कि, के गर्ने ? इन्जिनियरिङको दृष्टिकोणबाट त्यसमा के खराबी छ ? निर्माणको हिसाबले के समस्या भयो ? ढिलासुस्तीको हिसाबले के हुँदै छ ? त्यो घटनाले पनि अलिकति झक्झकाउनुपर्छ । हाम्रो दिमाग पनि खुल्नुपर्छ, खोल्नुपर्छ । देशैभरि हाम्रा सडकको स्थिति अत्यन्त खराब छ । सन् १९७७–१९८२ मा एउटा सडकको निर्माण भयो । १९७७ मा बेलायतको सहयोगमा निर्माण भएको धरान–धनकुटाको पहाडी बाटो अहिलेसम्म पनि फराकिलो र व्यवस्थित छ । निर्माणको हिसाबले गुणस्तरयुक्त मानिन्छ । त्यो किन आजको समयमा सम्भव भएन ? यो ४०–५० वर्षभित्र नेपालको वाग्मती, कोसी, कर्णालीमा निकै पानी बगिसकेको छ । इन्जिनियरिङ कलेजहरू धेरै भइसकेका छन् । दसौँ हजार इन्जिनियरहरू हामीकहाँ पनि भइसकेका छन् । तर, हाम्रो निर्माणमा कहाँनिर खोट हुँदै छ ? कहाँनिर खराबी भयो ? सिंहदरबारमा पुगेका मन्त्री, प्रधानमन्त्री, भौतिक मन्त्रीहरूको मगजमा कस्तो खालको कीरा पस्यो र हामी चित्लाङका खबरहरू सुन्न र भोग्न बाध्य छौँ ?
नेपालमा सडक दुर्घटनाबाट दैनिक ७ जना मान्छे मर्छन् ! के यो सामान्य हो ? के यसको समाधान खोजिनु पर्दैन ? यी दुर्भाग्य रोक्नको निम्ति हाम्रो जिम्मेवारी के छ ? सरकारलाई के कस्ता खालका सल्लाह दिन सक्छौँ, त्यो पनि एउटा सोचनीय विषय हो ।
यहाँ अर्को एउटा सन्दर्भ जोड्छु । टर्कीका मानिसहरू के भन्दा रहेछन् भने यदि जोकर लिडर बन्यो या जोकर मन्त्री बन्यो, जोकर प्रधानमन्त्री बन्यो भने उसले देशलाई नै सर्कसमा परिणत गरिदिन्छ । If a joker becomes a leader he will convert whole country into a circus.अहिले हाम्रो देशमा भइरहेको यही हो । जोकरहरू सिंहदरबार पसे । जोकरहरू मन्त्री र प्रधानमन्त्री बने । अब सर्कस देखाउँदै छन् । अनेक काण्डहरू बाहिर आउँदै छन् । अनेक राष्ट्रिय लज्जाका खबरहरू सुन्दै छौँ । अब यसबाट पनि हामीले यु–टर्न लिन सम्भव छ । यो स्थिति पनि सधैँ रहँदैन । म पूर्णरूपमा विश्वस्त छु । तपाईँहरू पनि विश्वास गर्नुहोस् । ३० वर्षको पञ्चायत व्यवस्था त्यति छिटो जाला भनेर कसैले सोचेका थिएनन् । ४६ सालमा बहुदल आयो, आन्दोलन भयो, ४९—५० दिनको आँधीबेहरीले पञ्चायती व्यवस्था ढालिछाड्यो ।
त्यसकारण, त्यस्ता जोकरहरूलाई सिंहदरबार पस्नबाट रोक्ने पनि उपायहरू छन् । त्यसका निम्ति नयाँ पुस्तामा राजनीतिक सचेतना आवश्यक छ । अब राजनीतिबाट भागेर होइन कि राजनीतिलाई बुझेर सही मान्छे सही ठाउँमा पु¥याउने सद्बुद्धि हामीले लियौँ भने हाम्रो देशलाई सुधार्न सक्नेछौँ । अभैm पनि समय बाँकी छ ।
हामीले राजनीतिलाई गलत ढङ्गमा बुझ्यौँ । गलत ढङ्गमा बुझाउने प्रयास भयो । वास्तवमा राजनीति भनेको सेवाकर्म हो । राजनीतिमा त्याग, समर्पण, आफूसँग भएको ज्ञान, खुबी, क्षमताको आधारमा समाजको सेवा गर्ने, देशको सेवा गर्ने र परिवर्तनलाई नजिक ल्याउने, सम्भव भयो भने आमूल परिवर्तनका निम्ति अगाडि बढ्ने भन्ने हुन्छ । त्यो हो वास्तविक राजनीति । यहाँ राजनीतिलाई बिटुल्याइयो । राजनीतिलाई कमाइ खाने भाँडो बनाइयो । कसको कारण भयो ? अहिलेसम्म सरकारमा जाने पार्टीहरूले त्यो कामलाई अगाडि बढाए । जो जो मन्त्री बन्न गएका छन् त्यो नयाँ होस् या पुरानो, तिनीहरू त्यसका निम्ति जिम्मेवार छन् । मन्त्री बन्छु, अर्को चुनाव जित्छु, पालो मेरै हो भनेर गलत आश्वासन दिनेहरू नै यो दुर्दशाका लागि जिम्मेवार छन् । मन्त्री को बन्ने भन्ने कुरा महत्वपूर्ण होइन । नीति कस्तो खालको बनाउने ? कस्तो बन्दोवस्त गर्ने ? तागत छ भने सिंहदरबार जानेहरूले ‘विदेशमा जान बाध्य भएकाहरूलाई हामी रोक्छौँ, यहाँ रोजगारीको सिर्जना गर्छौँ, पढ्नेदेखि लिएर कामसम्मको हामी अवसर सिर्जना गर्छौं’ भनेर प्रतिबद्धताका साथै व्यवहारमा, नीतिगतरूपमा तिनीहरूले तयार गर्न सक्नुपथ्र्यो तर सकेनन् । यो उनीहरूको अहिलेसम्मको असफलता हो । त्यसकारण, यस विषयमा हामी सबैले बुझेर सही र जानकार मानिसहरूले, शिक्षा क्षेत्रमा अगाडि बढेकाहरूले अझ बढी जिम्मेवारी, अझ बढी भूमिका निर्वाह गर्नुपर्दछ भन्ने कुरा हामी सबैले मनमा राख्यौँ, त्योबमोजिम आफूलाई तयार ग¥यौँ र आफूलाई प्रस्तुत ग¥यौँ भने परिवर्तन ल्याउन सक्नेछौँ । परिवर्तन असम्भव होइन !
एउटा राजनीतिले ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङहरू जन्माउँछ । ख्वप विश्वविद्यालय निर्माण गर्ने सङ्कल्पसहित अगाडि बढ्छ । अर्को राजनीतिले के गर्दै छ भने त्रिभुवन विश्वविद्यालयलाई वल्र्ड बैङ्क, आइएमएफ, एसियाली विकास बैङ्क इत्यादिलाई सुम्पेर उनीहरूको कठपुतली बनाउँदै छ । हाम्रो विश्वविद्यालय ध्वस्त पार्दै छ । कलेज सुकाउँदै छ । विद्यार्थी विदेश पठाउँदै छ । अब भन्नुस्, कुन राजनीति सही ? राजनीति त चाहिन्छ नै र राजनीतिबिना केही सम्भव छैन, मात्र यति हो कि कस्तो राजनीति रोज्ने ? यस्तो खालको असल राजनीति खोज्ने कि विनाशकारी राजनीति खोज्ने ? आफ्नो देशको अस्तित्व जोगाउने राजनीति खोज्ने कि आफ्नो देशलाई सिक्किमीकरण र फिजीकरणतिर डो¥याउने ? कुन राजनीति रोज्ने हो ? प्रश्न यति हो । जवाफ हामीले हाम्रो व्यवहारबाट, हाम्रो अध्ययनबाट, हाम्रो अनुशासनबाट, हाम्रो प्रतिबद्धताबाट दिन सकेको खण्डमा हामी अगाडि बढ्न सक्नेछौँ । हाम्रो देश अझ माथि उठाउन सक्नेछौँ ।
विद्यार्थी भाइबहिनीहरू कडा मेहनतबाट अगाडि बढिरहेको पुस्ता हो भन्ने मलाई लाग्दछ । २०७२ सालमा भूकम्प जाँदा तपाईँहरू विद्यालयस्तरका विद्यार्थी हुनुहुन्थ्यो । भूकम्पबाट जोगिएर हामी बाँचेर आयौँ र पढेर अगाडि बढ्यौँ । भूकम्पको सामना त ग¥यौँ । यतिमध्येमा धेरैले भूकम्प आउँदा अब सुरक्षित घर बनाउनको निम्ति म इन्जिनियरिङमा जान्छु भन्ने मनमा राख्नुभएको हुनुपर्छ । त्यो अत्यन्त सराहनीय पक्ष हो । भूकम्प आइसकेपछि ६ महिनासम्म हामीलाई भारतले यति दुःख दियो कि तेल पठाएन, ग्यास पठाएन, चामल पठाएन, पीठो पठाएन, फलफुल—तरकारी पठाएन । केही पनि पठाएन । ५—६ महिनासम्म अमानवीय नाकाबन्दी बेहो¥यौँ । इन्जिनियरिङ कलेजका त्यतिखेरका धेरैधेरै विद्यार्थीहरू नाकाबन्दीको अन्त्यको माग गर्दै जुलुस गएको मलाई थाहा छ । हामीले नाकाबन्दीसँग जुझ्यौँ र विजय हासिल ग¥यौँ । त्यसैगरी २०७५।७६ सालमा हामीले दुई वर्षसम्म कोभिड भाइरससँग लड्यौँ । जीवनमा सङ्घर्ष गर्दै हामी यहाँसम्म पुग्यौँ । आज हामी फेरि अर्को एउटा सङ्घर्ष, अर्को एउटा लडाइँमा होमिँदै छौँ । त्यो भनेको इन्जिनियरिङको उपाधि जित्ने लडाइँ ! भूकम्पमा जित्नुभयो, कोरोनामा जित्नुभयो । यो लडाइँ त ‘अच्छु खाएँ, बच्छु खाएँ, झुसे बारुलो’ झैँ हुने म अनुमान गर्दछु । तपाईँहरूले निरन्तर सफलता हासिल गर्ने विश्वास छ । त्यसको निम्ति शुभकामना छ ।
(नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम, माघ ३ गते २०८०, मा व्यक्त विचारको सम्पादित अंश)