२१ मंसिर , एजेन्सी ।
दक्षिण अफ्रिकामा ओमिक्रोनका संक्रमितको संख्यामा पाँच गुणा वृद्धि भइरहेको छ । राष्ट्रपति सिरिल रामफोसाले अघिल्लो हप्ता ओमिक्रोनको दैनिक संक्रमितमा पाँच गुणा वृद्धि भइहरको जानकारी दिएका हुन् । उनका अनुसार दक्षिण अफ्रिकामा अब कोरोना परीक्षणको एक चौथाई परिणाम पोजेटिभ आइरहेको छ । दुई हप्ता अघि २ प्रतिशत मात्रै संक्रमित भेटिने गर्दथे । दक्षिण अफ्रिकामा ओमिक्रोनकमा कारण चौथो लहर सुरु भइसकेको छ । यहाँका अस्पताललाई ओमिक्रोन बिरामीको उपचारको हिसाबले तयार गरिँदैछ ।
रुसमा पनि ओमिक्रोन पुग्योः
कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट रुसमा पनि पुगेको छ । दक्षिण अफ्रिकाबाट फर्किएका दुई जना व्यक्ति ओमिक्रोनद्वारा संक्रमित भेटिएका छन् । रुसको सार्वजनिक स्वास्थ्य वाचडगले दक्षिण अफ्रिकाबाट फर्किएका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमध्ये २ जनामा ओमिक्रोनको संक्रमण भेटिएको छ । दुबैलाई अस्पताल भर्ना गरिएको छ ।
बेलायतमा ओमिक्रोनः एकैदिन ९० जना संक्रमित भेटिए
बेलायतमा ओमिक्रोन संक्रमितको संख्यामा तीब्र वृद्धि देखिएको छ । यहाँ सोमबार ९० जना नयाँ संक्रमित भेटिए । यूकेमा अब ओमिक्रोनद्वारा संक्रमितको कुल संख्या ३३६ पुगेको छ । यीमध्ये ६४ जनामा बेलायत, २३ स्कटल्याण्ड र ३ वेल्सका हुन् ।
फ्रान्समा नाइट क्लब चार हप्ताका लागि बन्दः
फ्रान्समा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । यसका कारण नाइट क्लबमा ४ हप्ताका लागि बन्द गर्ने निर्णय लिएको छ । साथै विद्यालय जाने बालबालिकाका लागि सामाजिक दुरीको पालना र मास्क लगाउन अनिवार्य गरिएको छ । फ्रान्समा विशेषगरी युवावर्ग बढी संक्रमित भइरहेका छन् ।
जापानमा पहिलो जापानी नागरिक ओमिक्रोन भेरियन्टद्वारा संक्रमितः
जापानमा पहिलो जापानी नागरिक ओमिक्रोन भेरियन्टद्वारा संक्रमित भेटिएका छन् । यहाँ अब ओमिक्रोन संक्रमितको कुल संख्या ३ पुगेको छ । ३० वर्षका यी जापानी व्यक्ति बुधबार इटलीको यात्राबाट फर्किएका हुन् । उनले मोडर्ना भ्याक्सिनको दुबै डोज लगाएका छन् । उनले दुई डोज यस वर्षको अगस्ट र जुलाईमा लिएका थिए ।