२३ जेष्ठ, काठमाडौं ।
गएको २४ घण्टामा नेपालमा थप ३,४७९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४७१ पीसीआर परीक्षणबाट ३,०२४ र ३,२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३,४७९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७३१, भक्तपुरमा २५४ र ललितपुरमा १४६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ७३१, ललितपुरमा २५४, मोरङमा २२५, भक्तपुरमा १४६, काभ्रेपलाञ्चोकमा १२९ र झापामा ११८ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै धनुषामा ८६, धादिङमा ८३, सुर्खेतमा ७१, पाल्पामा ७०, मकवानपुरमा ६६, बारामा ६४, सुनसरीमा ६०,कास्कीमा ५८, नुवाकोटमा ५६,रूपन्देहीमा ५०, बर्दियामा ४७, सिरहा र बाँकेमा ४६÷४६ जना, सर्लाहीमा ४२,कैलालीमा ४०,गोरखा र दाङमा ३९÷३९ जना र चितवनमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
बैतडीमा २६, सिन्धुलीमा २५, सल्यानमा २१,महोत्तरीमा २०,नवलपरासी पूर्व र गुल्मीमा १८÷१८ जना, तनहुँमा १६,नवलपरासी पश्चिममा १५, अछाममा १४,, रोल्पा र रूकुम पश्चिममा १२÷१२ जना, रामेछापमा ११, रौतहट, सप्तरी, पर्वत र अर्घाखाँचीमा १०÷१० जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै उदयपुर र कपिलवस्तुमा ९÷९ जना, स्याङजामा ८, कञ्चनपुरमा ७, इलाम र संखुवासभामा ५÷५ जना, भोजपुरमा ४,तेह्रथुम, पर्सा, पोखरा,बागलुङ र जाजरकोटमा ३÷३ जना, रसुवा, प्युठान र हुम्लामा २÷२ जना तथा पाँचथर, सोलुखुम्बु, म्याग्दी, लमजुङ, रूकुम पुर्व, दैलेख, दार्चुला र बाजुरामा १÷१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।