२० चैत्र, कञ्चन
रुपन्देहीको कञ्चनमा लुम्बिनी प्रदेश सरकार कृषि भूमि व्यबस्था तथा सहकारी मन्त्रालय नेपाल, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्दही र कृषि ज्ञान केन्द्र रुपन्देहीको आयोजनामा निर्वाचन क्षेत्र लक्षित आवस्यकता पहिचान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा रुपन्देही क्षेत्र नं. ५(क) का साना किसान, अगुवा तथा पशु पालक कृषक, कृषि व्यबसायी लगायतले समयमै प्रयाप्त मात्रा रासायनिक मल, उन्नत र गुणस्तरीय विउ, कृषि उपज उत्पादनको व्यबस्थित बजारीकरण र उचित मुल्य, सिंचाई चिस्यान केन्द्र, कृषक विमा, कृषकहरुलाई सहुलियत तथा निःशुल्क स्वास्थ्य उपचार सेवा उलब्ध गराउन नीतिगत रुपमा कानुन बनाउनु पर्ने सुझाव दिएका थिए। सहभागीहरुले वास्तविक किसानहरुको पहिचान गरी राज्यले उपलब्ध गराउने अनुदान तथा कृषियन्त्रहरुको वितरण गर्नु पर्ने, किसानले उत्पादन गरेका कृषिजन्य बस्तुहरुको मुल्य ब्यवस्थापन र बजारीकरणमा राज्यले बिशेष ध्यान दिएर किसानहरुले अनुभूत गर्नेगरी योजना अनुरुप ब्यबहारमा कार्यान्वयन गरिदए मात्र पनि किसानहरु कृषि उत्पादनमा लगानी गर्न उत्साह थपिने बिचार व्यक्त गरेको थिए।
कार्यक्रममा दधिराम रेग्मी, रामप्रसाद यादव, रश्मी अर्याल, चुडाममणी पौडेल, सिकन्दर यादव लगायतले कुनै तहको सरकारले किसान लक्षित योजना बनाउदा साना किसानहरुले प्रत्यक्ष लाभ लिन सक्ने योजना र अनुदान कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिदै बिशेषगरी समयमै रासायनिक मल र गुणस्तरी विउ विजनको व्यबस्था गर्न आवस्यक रहेको सुझाव व्यक्र गरेको थिए।
किसानहरुबाट प्राप्त सझावहरुलाई आत्मसात गर्दै कृषि भूमिव्यबस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले किसानहरुको रचनात्मक सुझावहरुलाई अक्षरस कार्यान्वयनमा ल्याउन प्रदेश सरकार प्रतिवद्ध रहेको कितपय सुझावहरुको कार्यान्वयन गर्नमा काुननी जटिलता रहेको बताउनु भएको थियो। लुम्बिनी प्रदेशलाई दुध, मासु, तरकारी, खाध्यवाली तेल तथा दलहनमा समेत आत्मनिर्भर बनाउन प्रदेशस्तरीय कानुन र त्यसले प्रत्यायोजन गरेका आधारमा तयार गरिने योजनाहरुबाट अधिक्तम किसानहरुले प्रत्यक्ष रुपमा अुनभूत गराउन नसक्नुमा नीतिगत समस्या र किसानहरुको पहुँच भन्दा टाढा हुनु मुख्य कारण रहेको मन्त्री पन्थीले स्विकार गर्नु भएको थियो।

मन्त्री पन्थीले आगामी वार्षिक कार्ययोजना निर्माण गर्दा अधिक्तम कृषकहरुको खेत र खलियानमा पुग्नेगरी प्रदेश र स्थानीय तहको समेत योजना र कार्यक्रमहरु निर्माण गरिने र सरकारले सञ्चालन गरेका हरेक कार्यक्रम र योजनाहरुलाई उत्पादन र व्यबसायिकरणमा उपयोग गरेर आत्मनिर्भर किसानको रुपमा स्थापित गराउने प्रदेश सरकारको नीति तथा योजना भएको बताउनु भएको थियो।
यस्तै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले सरकारले कृषक लक्षित ल्याएका कार्यक्रमहरुलाई किसानकै हितमा लागु गर्न स्थानीय कृषकहरुको भूमिका अझ महत्वपूर्ण हुने उल्लेख गर्नु भएको थियो। संघ, प्रदेश तथा स्थानीय तहबाट भएका सकारात्मक कार्यहरुको व्यापक छलफल र कृषकहरु समक्ष पुर्याउन सरकारको मात्र एकल प्रयास अपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले कञ्चन गाउँपालिकाद्वारा सञ्चालित पशु सुत्केरी स्याहार कार्यक्रम लुम्बिनी प्रदेशकै नमुना र उत्कृष्ट कार्यक्रमको रुपमा स्थापित गर्ने प्रयास कञ्चन गाउँपालिकाको रहेको बताउनु भएको थियो।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका कार्यल प्रमुख भास्कर पौडेलले निर्वाचन बिशेष योजना तर्जुमा मार्गदर्शनबारे जानकारी दिदै लुम्बिनी प्रदेशमा कृषि तथा पशु उत्पादन तथा त्यसको उपलब्धता र बजारीकरणबारे जानकारी दिनु भएको थियो।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्दहीका प्रमुख डा. परवेज आलमको सञ्चालनमा भएको कार्यक्रममा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले पनि बोल्नु भएको थियो। कञ्चन गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा सैनामैना, कञ्चन र गैडहवाका जनप्रतिनीधि, किसान तथा कृषि सहकारी संस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो