२० चैत्र, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकामा हिंसा, अपराध तथा अनैतिक क्रियाकलापमा परेका व्यक्तीहरुका लागि एकदिने मनोसामाजिक परामर्श तालिम कार्यक्रम हिजो विहिवार सम्पन्न भएको छ। कञ्चन गाउँपालिकाको आयोजना तथा न्यायिक शाखाको व्यबस्थापनमा सञ्चालित उक्त कार्यक्रममा एक जना भन्दा बढी हिंसा, अपराध तथा अनैतिक क्रियाकलापमा परेका व्यक्तीहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनमा कुनै पनि हिंसा, अपराध तथा अनैतिक क्रियाकलापमा परेका व्यक्तीहरुको अभिभावकीय जिम्मेवारी पालिकाले लिने र आफु कुनै हिंसा, अपराध वा अवाञ्छित कृयाकलापमा परेको भन्ने थाहा पाएमा ती कार्यहरुको खुलेर विरोध तथा प्रतिकार गर्ने आत्म विश्वास बृद्धि गर्न तालिमको आयोजना गरिएको बताउनु भएको थियो। आफु कुन हिंसामा परेको हो र आफुलाई हिंसा गर्ने कारणको पहिचान गर्न सकिएमा हिंसा, अपराध तथा अनैतिक कार्यहरुको न्यूनिकरण र ती कार्यहरुमा लाग्ने वा संलग्नहरुलाई निरुत्साहित गर्न सकिने कुरा पनि अध्यक्ष ढकालले बताउनु भएको थियो।
यस्तै कार्यक्रममा कार्यपालिका सदस्य तथा न्यायिक समितिका सदस्य सुशिला थापाले हिंसा, अपराध र अनैतिक कार्यहरु भनेका समाजका महाशत्रु भएको र उक्त शत्रु विरुद्ध सबै एकासाथ भएर जुध्न आवस्यक रहेको बताउनु भएको थियो। अव हिंसा सहेर होइन खुलेर विरोध वा प्रतिकार गर्नु पर्ने बताउनु कार्यपालिका सदस्य थापाले घर भित्र वा बाहिर हुने हरेक गलत कार्य र अपराधहरुलाई समाजमा ल्याउन तालिमले आत्मविश्वास बढाउने विश्वास व्यक्त गर्नु भएको थियो।
कार्यक्रमको अध्यक्षता गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक लगायत हिंसा तथा विभेदहरुको न्यायिक रुपमा समाधान गर्न र ती कृयाकलापहरुलाई सामाजिक रुपमा बहिस्कार गर्न सक्ने क्ष्मता र हिम्मत बृद्धि गराउने उद्धेश्यले तालिमको आयोजना गरिएको बताउनु भएको थियो। लिंग, धर्म लगायतका कारण हुने हिंसा, अपराध र गलत कार्यहरुलाई समाजले अस्विकृत गराउन सक्ने आत्मबल बृद्धि गर्नमा तालिमले उत्प्रेरणा प्रदान गर्ने कुरामा उपाध्यक्ष थापा मगरले बताउनु भएको थियो।
कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यतामाथी प्रकाश पार्दै मनोसामाजिक परामर्शकर्ता भूमिका तरामुले हिंसा, तथा अनैतिक कृयाकलाप विषयक तालिमले समाजमा बढ्दो हिंसा, अपराध तथा अनैतिक क्रियाकलाप जस्ता समस्याहरूलाई बुझ्न, कम गर्न र प्रभावित व्यक्तिहरूलाई सहयोग गर्न अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ तालिमको आयोजना गरिएको बताउनु भएको थियो । मनोसामाजिक परामर्शकर्ता तरामुले हिंसा तथा अपराधको कारणबारे दृष्टिकोण राख्दै हिंसा र अपराधलाई केवल कानुनी समस्या मात्र नभई मानसिक, सामाजिक र भावनात्मक समस्याको रूपमा हेरिनु पर्ने र पारिवारिक कलह, गरिबी, बेरोजगारी, बाल्यकालको आघात, नशा सेवन, समाजमा हुने असमानता र भेदभावका कारण हिंसाहरु बढ्ने जानकारी दिनु भएको थियो।
कञ्चन गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक मौसमी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा सिर्जनशिल संस्था नेपालका प्रतिमा शर्माले हिंसा तथा अपराधको कारणबारे दृष्टिकोण, पीडितको समर्थनमा भूमिका, अपराधीको पुनर्स्थापना,अनैतिक क्रियाकलापबारे धारणा, रोकथामबारे प्रशिक्षण दिनु भएको थियो।
कञ्चन गाउँपालिकाको दियो सभाहलमा भएको कार्यक्रमको सहजिकरण गर्दै न्यायिक शाखाका वरिष्ठ प्रशासन सहायक गंगा घिमिरेले हिंसा, अपराध तथा अनैतिक क्रियाकलापलाई गहिरो सामाजिक र मानसिक समस्याको रूपमा हेरेर, समझदारी, सहानुभूति, र सुधारमुखी दृष्टिकोण अपनाउँन र तालिमले लक्ष्य केवल समस्या समाधान गर्नु मात्र नभई स्वस्थ, सुरक्षित र नैतिक समाज निर्माण गर्नमा तालिम फलदायी बन्ने कुरा उल्लेख