१२ चैत्र, कञ्चन
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले हिजो चैत्र ११ गते जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा करिब ८,६१,०२१ रुपैया बराबरको अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको सामानहरु बरामद गरेको छ।
प्रहरीका अनुसार सम्मरीमाई गाँउपालिका वडा नं. ३ स्थित तरेनीबाट करिब ९,५०० रुपैया बराबरको स्प्राईड सानो ठुलो ६४ पिस, चिनी १५ के.जि. र २६ पोका तेल, सोही पालिकाको वडा नं १ स्थित बरवासीबाट करिब २०,००० रुपैया बराबरको ५० पिस झुल, कोटहिमाइ गाँउपालिका वडा नं. ६ स्थित बोगढीघाटबाट करिब ७,५०० रुपैया बराबरको ७५ के.जी. सरफ, कोटहिमाइ गाँउपालिका वडा नं. ३ स्थित मर्यादपुरगाउबाट करिब २,६५,००० रुपैया बराबरको लु ५० प १८९०, लु ६ प १०८४, लु ६४ प १७३, लु ९ प ५९०१, लु ६ प ३५५९ नम्बरको मोटरसाइकल सहित ४५० के.जी. केरा बरामद भएको छ।
यस्तै सिद्धार्थनगरपालिका वडा नं. ३ स्थित वडा कार्यालय नजिकबाट करिब २,४००रुपैया बराबरको १६ पिस लेडिज कुर्ता सुर्वाल, वडा नं. ३ स्थित दरखस्वाबाट करिब ५५,००० रुपैया बराबरको मोटर पार्ट्सका सामान वडा नं. ६ स्थित गल्लामण्डीबाट करिब १,४८,००० रुपैया बराबरको १० पिस साडी, ४० पिस कुर्ता सुरुवाल, १० पिस लेगिज, १०१ पिस कुर्ता र ४० के.जी. केरा, सिद्धार्थनगर नगरपालिका वडा नं. स्थित शान्तीनगरबाट करिब १७,०२१ रुपैया बराबरको बिभिन्न किराना सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिनु भएको छ।
यसैगरी प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नं. ६ स्थित बैक कलौनीबाट करिब ७,००० रुपैया बराबरको ७० दर्जन केरा, वडा नं. १ स्थित बेलहिया कोटहीमाई मन्दिरबाट करिब २,९५,०००। रुपैयाबराबरको UP 56 C 8831 र UP 56 R 2661 नम्बरको मोटरसाइकल सहित ४० पिस लेडिज सुट,१६ पिस साडी, ३ झोला प्लाष्टिकको फुल, ५ कार्टुन बिस्कुट र अन्य किराना सामानहरु र लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ स्थित पडरियाबाट करिब ३०,००० रुपैया बराबरको १५ पिस टेन्ट कपडा बरामद गरेको छ।
जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा न. ६ स्थित बोधवारबाट करिब ४,६०० रुपैया बराबरको १६ के.जी. बोइलर कुखरा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी चन्दले जानकारी दिनु भएको छ।
उल्लेखित बरामद गरेका सामान र सवारी साधन तथा पशु पंक्षीहरुलाई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ।