३० पुस, कञ्चन
रेन्बो एकेडेमी एण्ड एजुकेसनल कन्सल्टेन्सी प्राइभेट लिमिटेडको आयोजनामा कञ्चन गाउँपालिका ३ हरैयामा रोजगारी तथा भविष्य निर्माण गर्न इच्छुक युवाहरूका लागि एसएसडब्लु (SSW) भिसा सम्बन्धी सेमिनार कार्यक्रम सम्पन्न भएको छ। विशेष गरी युवाहरूलाई वैदेशिक रोजगारी र भविष्य निर्माणका अवसरका बारेमा सचेत र मार्गदर्शन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।

हिजो पुस २९ गते मंगलबार देखि शुरु भएको सेमिनारमा कञ्चन ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले जापानमा रोजगारीका अवसरहरू लाभ उठाउन युवाहरूले आवश्यक योग्यता भाषा दक्षता र सीप परीक्षणमा ध्यान दिनु अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो । बैदेशिक रोजगारीका लागि आवस्यक ज्ञान सिप र भाषाबारे प्रयाप्त जानकारी हुन नसक्दा केही युवाहरू वैदेशिक रोजगारीकै क्रममा कठिनाइ भोग्न बाध्य उल्लेख गर्दै यो सेमिनारले युवाहरूलाई आवस्यक ज्ञान दिनेछ भन्ने विश्वास रहेको वडा अध्यक्ष सापकोटाले बताउनु भयो।

कार्यक्रममा जापानबाट आएका विशेषज्ञ किनामी सुजुकी (Kinami Suzuki), मिवा तोजावा (Miwa Tojawa) र चिमा इटो (Chima Ito) ले सहभागीहरूलाई भाषा कक्षासंगै जापानमा आवस्यक दक्ष जनशक्तीबारे जानकारी लिई ती सिपहरुमा समेत दक्षता हासिल गर्नसके रोजगारको समस्या नहुने बिचार व्यक्त गरेका थिए। जापानमा नर्सिङ केयर, फुड सर्भिस र कृषि (क्रप) क्षेत्रमा रोजगारीको अवसर भएको र ती क्षेत्रहरुमा आवश्यक योग्यता, भाषा दक्षता, सीप परीक्षण अनिवार्य रहने बताउदै उनिहरुले भिसा प्रक्रिया बारे विस्तृत जानकारी दिनु भएको थियो ।
सुरक्षित र उत्तरदायी वैदेशिक रोजगारीका उपायहरूबारे पनि छलफल गरिएको उक्त सेमीनारमा जीवन क्षेत्री नागानो स्टेट ल्च्ल्ब्का प्रसिडेन्ट जीवन पौडेल क्षेत्रीले स्वागत गर्दै वैदेशिक रोजगारीमा जाने शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई सेमिनार कक्षा महत्वपूर्ण कडी बन्ने बताउनु भयो । कार्यक्रममा प्रश्नोत्तर सत्र समयमा सहभागीहरूले आफ्नो जिज्ञासा राख्दै रोजगार, भाषा र भिसा प्रक्रियासम्बन्धी आवस्यक जानकारी प्राप्त गर्न सफल भएका थिए।

रेन्बो एकेडेमीका प्रबन्धक निर्देशक समिर ढकालको अध्यक्षतामा भएको उक्त सेमिनार कार्यक्रममा कार्यपालिका सदस्य खगिश्वरा शर्मा, युवा कृषि उद्यमी राजन शर्मा, विकाश बिक्रम थापा लगायत रेन्वो एकेडेमीमा भाषा कक्षा लिइरहेका प्रशिक्षार्थी सहित जापान जान इच्छुक विद्यार्थी तथा युवाहरूको सहभागिता रहेको थियो।
बैदेशिक रोजगार सम्बन्धी पहिलो पटक कञ्चनमा भएको सेमिनारले वैदेशिक रोजगारीमा खासगरी जापान जान इच्छुक युवा तथा विद्यार्थीहरुका लागि निकै राम्रो फलदायी कार्यक्रम सावित हुने रेन्वो एकेडेमीका प्रवन्ध सञ्चालक ढकालले विश्वास व्यक्त गर्नु भएको छ ।
कार्यक्रमको संचालन रेन्वो एकेडेमीका कानुनी सल्लाहकार राधिका चौधरीको सञ्चालन भएको कार्यक्रम पश्चात पछि जापानबाट आएका पाहुनाहरुलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको अवलोकन भ्रमण गराइएको रेन्वो एकेडेमीका जीवन पौडेल क्षेत्रीले जानकारी दिनु भएको छ।

एसएसडब्लु (SSW) भिसा सम्बन्धी सेमिनार् धरान, बेलबारी लगायत विभिन्न स्थानमा पनि आयोजना सञ्चालन हुने रेन्वो एकेडेमीका कानुनी सल्लहकार चौधरीले जानकारी दिनु भएको छ। कार्यक्रम हरैया बहुमुखी क्याम्पसको सभाहलमा भएको थियो। रेन्वो एकेडेमी रुपन्देहीको कञ्चन र सैनामैनामा जापानिज भाषा प्रशिक्षण दिने एकमात्र शैक्षिक केन्द्र हो। जसको मुख्य प्रशक्षिण केन्द्र कञ्चनको हरैया र सैनामैनाको कलौनी चोकमा शाखा प्रशिक्षण केन्द्र रहेको छ।