सन्दर्भ : फ्रेडरिक एङ्गेल्सको जन्म जयन्ती (नोभेम्बर २८)
जर्मन विचारधारा भन्ने ग्रन्थको निर्माण
‘पवित्र परिवार’ पुस्तक ६ महिनाको कठोर परिश्रमपछि अगस्त १८४६ मा पुँजीपति वर्गको पूरा तयार भयो । यसमा उहाँहरूले जर्मनीका कुकृत्य र कायरताको भण्डाफोर गर्नुभएको र फायरबाखको भौतिकवादलाई आदर्शवादी सावित गर्नुभएको थियो ।
नौलो हेगेलवादी स्टर्नर नामक जर्मन दार्शनिकको पुँजीवादी व्यक्तिवाद र अराजकतावादको पनि उहाँहरूले खण्डन गर्नुभयो । जर्मनीको तथाकथित ‘सही समाजवादीहरू’ का प्रतिक्रियावादी विचारहरूको पनि उहाँहरूले राम्रो जवाफ दिनुभयो ।
माक्र्स र एङ्गेल्सले उक्त पुस्तकमा किटेर लेख्नुभयो, “क्रान्तिको बाटोबाट राजनीतिक सत्तामाथि अधिकार जमाउनु नै सर्वहाराको ऐतिहासिक कर्तव्य हो ।” उहाँहरूले के पनि बताउनुभयो भने, “अघि अघिका दर्शनशास्त्रले जनतालाई भौतिक वस्तुहरूको उत्पादकमात्र सम्झेका थिए । अहिले द्वन्द्वात्मक भौतिकवादले सिद्ध गरेको छ । परिश्रमी जनता नै सर्वस्व हुन् । यही वर्गले सशस्त्र क्रान्ति गरेर उत्पादन सम्बन्धहरूलाई बदलेर शोषकहरूलाई सखाप पारी, समाजवादी समाजको स्थापना गर्नेछ, अनि मानव जातिको लागि स्वतन्त्रता, न्याय र शान्ति एवं खुसियाली ल्याइदिनेछ ।”
जर्मन मजदुर सङ्गठनको स्थापना
पुस्तक र अखबारहरूले मात्र विचारको प्रचारप्रसार सम्भव छैन भन्ने कुरा माक्र्स र एङ्गेल्सले बुझ्नुभएको थियो । दुवैजना देश निकाला हुनुभएकोले मजदुरहरूको राजनीतिक सङ्गठन बनाउनु सम्भव थिएन । त्यसैले उहाँहरूले ‘जर्मन मजदुर सङ्गठन’ स्थापना गर्नुभयो र ‘जर्मन ब्रुसेल्स पत्रिका’ को नामबाट समाचार पत्रिका निकाल्नुभयो । यसै पत्रिकाको माध्यमबाट उहाँहरूले अरू देशका मजदुर आन्दोलनहरूसित सम्बन्ध राख्नुभयो । यस पत्रिकामा एङ्गेल्सले ब्रिटेन र जर्मनीका आन्दोलनहरूको विषयलाई लिएर नियमितरूपले लेख्दै जानुभयो ।
कम्युनिस्ट विचार आदानप्रदान समितिको गठन
माक्र्स र एङ्गेल्स दुवैले फबु्रअरी १९४६ मा आफ्नो जस्तै विचार भएका केही साथीहरूलाई लिनुभयो र बु्रसेल्समा कम्युनिस्ट विचारहरूको आदानप्रदान गर्ने समिति बनाउनुभयो । त्यस समितिको मुख्य उद्देश्य जर्मन समाजवादीहरूको फ्रान्सेली र अङ्ग्रेज समाजवादीहरूसित सम्बन्ध गरिराख्नु थियो । यसबाट अन्तर्राष्ट्रियरूपमा कम्युनिस्ट विचारधारा प्रचार हुन सक्छ, अनि सच्चा क्रान्तिकारी शक्तिहरूलाई कम्युनिस्ट कार्यक्रमको आधारमा सर्वहाराको पार्टी बनाउने दिशामा अघि बढाउने उक्त समितिका उद्देश्यहरू थिए ।
यो संस्थाले बेल्जियम, ब्रिटेन, फ्रान्स, जर्मनी आदिका मजदुरहरूबिच आपसी सम्बन्ध स्थापित गर्ने काम गर्दै रह्यो । ‘लीग अफ जस्टिस’ नामक प्रवासी जर्मन मजदुरहरूको प्यारिस, लण्डनस्थित संस्थाहरूको बिचमा गहिरो सम्बन्ध कायम भयो । लण्डनबाहेक फ्रान्स, जर्मनी र डेनमार्कका सहरमा पनि यसका शाखाहरू बने । त्यो बु्रसेल्सको समिति कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक र राजनैतिक केन्द्र बन्न पुगे ।
‘लीग अफ जस्टिस’ संस्था बेटलिङको कल्पनावादी विचारले प्रभावित थियो । माक्र्सले बेटलिङलाई भावना र सरल प्रेरणा माथि स्वतःस्फूर्त विद्रोह र षड्यन्त्रको सङ्कीर्णतावादी तरीकामाथि भर परेर काम चल्दैन । पार्टीको नेतृत्वमा बढी सङ्घर्ष चलाइरहनुपर्छ भनी सम्झाउनुभएको थियो । तर, बेटलिङले आफ्नो विचार छोड्न मानेनन् । लण्डन शाखाले माक्र्स र एङ्गेल्सलाई समर्थन दियो, बेटलिङ एक्लै पर्न गए ।
‘सच्चा समाजवादी’ बेटलिङवादी, प्रुँधोवादी त्यस्तै अरू निम्न पुँजीवादी विचार र प्रवृत्तिहरूको विरुद्ध माक्र्स र एङ्गेल्सको ठोस र सम्झौताहीन सङ्घर्षले मजदुरहरूलाई वैज्ञानिक साम्यवादको ज्ञान प्राप्त गर्न मद्दत पु¥यायो ।
फेब्रुअरी १८४७ मा ‘न्यायको लीग’ का नेताहरूले (जसमा जर्मन मजदुरहरूमात्र नभई अरू देशका मजदुरहरू पनि सामेल भएका थिए ।) माक्र्स र एङ्गेल्सलाई लीगमा समावेश भएर पुनः सङ्गठित गर्नका लागि निमन्त्रणा दिए । उहाँहरू दुवैले निमन्त्रणा स्वीकार गर्नुभयो । जून १८४७ मा लण्डनमा लीगको सम्मेलन भयो । सम्मेलनले लीगमा पूर्णरूपले हेरफेर गरी त्यसलाई पुनः सङ्गठित गर्ने निर्णय लियो । त्यसपछि मात्र यसको नाम कम्युनिस्ट लीग हुन गयो । लीगको पुरानो नारा – ‘सबै मानिस भाइ भाइ हुन्’ को ठाउँमा माक्र्स र एङ्गेल्सले प्रस्तुत गर्नुभएको “संसारका मजदुरहरू हो एक हौँ ।” लाई समर्थन ग¥यो । त्यसबेलादेखि यो नारा सर्वहारा अन्तराष्ट्रयतावादको मुख्य उद्देश्यलाई अभिव्यक्त गर्ने, दासताको विरुद्ध सर्वहारा वर्गको सङ्घर्षमा उसको शंखनादको रूपमा प्रचलनमा आउन थाल्यो ।
एङ्गेल्सद्वारा तयार गरिएको कम्युनिस्ट लीगका नियमहरूमा पहिलो लक्ष्य सर्वहारा आन्दोलन हो भनी स्पष्टरूपले निर्धारित गरेको थियो । लीगको लक्ष्य पुँजीपति वर्गको तख्ता पल्टाउनु, सर्वहारा वर्गको शासन कायम गर्नु, वर्ग विरोधमा अडिएको पुरानो पुँजीवादी समाजलाई समाप्त गर्नु र निजी सम्पत्ति नहुने नौलो वर्गविहीन समाज खडा गर्नु थियो । लीगको कार्यक्रमको साथै नियमावली अर्को सम्मेलनमा पास गर्ने कुरा पनि स्पष्ट पा¥यो ।
प्रथम काङ्ग्रेसपछि सेल्समा लीगको शाखा खोलियो र त्यसमा कार्ल माक्र्सलाई अध्यक्ष नियुक्त गरियो । माक्र्स र एङ्गेल्सले सीको नेतृत्वमा चल्ने ‘जर्मन मजदुर समाज’ नामक सङ्गठन खडा गर्नुभयो । जर्मन भाषामा ‘जर्मन नेल्स पत्रिका’, अङ्ग्रेजीमा नर्थन स्टार (उत्तरी तारा) फान्सेली ल रिफोर्म (न्याय सुधार) आदि समाचार पत्रहरू र पत्रिकाहरूमार्फत उहाँले आफ्नो प्रचार कार्य चलाउँदै जानुभयो । उहाँहरूले भन्नुभयो, “युरोपका धेरै देशहरूमा क्रान्तिको राँको बल्नेछ ।” सर्वहारा वर्गले त्यसमा कुनचाहिँ रणनीति र कार्यनीति अपनाउने हो ¤ त्यो पनि उहाँहरूले बताउनुभयो । मजदुरहरूलाई अब आउने पुँजीवादी क्रान्तिमा डटेर भाग लिन आह्वान गर्नुभयो । सर्वहाराको निम्ति यो क्रान्ति अन्तिम हुनेछैन भन्ने कुराको सङ्केत पनि उहाँहरूले उल्लेख गर्नुभयो । पुँजीवादी क्रान्तिको विजयपछि समाजवादी क्रान्तिको लागि सङ्घर्ष चालु राख्नुपर्छ भन्ने विषयमा उहाँहरूले जोड दिनुभयो । माक्र्स र एङ्गेल्सले जनवादी एसोसियसन नामक सङ्गठन बनाएर ब्रुसेल्स र अरू देशहरूबाट देश निकाला गरिएका जनवादी व्यक्तिहरूसित मित्रता र सम्बन्ध कायम गर्नुभयो ।
लीगको पछि हुने काङ्ग्रेसको तयारी गर्नका लागि एङ्गेल्स सन् १८४७ मा प्यारिस जानुभयो ।
लीगको लण्डन शाखाका सदस्य शैपर र मोलले त्यस बेलाको रीतिअनुसार कार्यक्रमको एउटा खेस्रा – ‘विश्वासको स्वीकृति पत्र र प्रश्नोत्तर’ को नामबाट तयार गर्नुभयो । उहाँहरूले त्यसलाई छलफलको निम्ति सबै शाखाहरूमा पठाउनुभयो । प्यारिसमा त्यसमाथि हुन लागेको वादविवादमा एङ्गेल्सले त्यसको कडा आलोचना गर्नुभयो । त्यसपछि त्यहाँका मानिसहरूले एउटा नयाँ खेस्रा तयार पार्ने अभिभारा एङ्गेल्सलाई सुम्पे ।एङ्गेल्सद्वारा तयार गरिएको मस्यौदा
नोभेम्बर १८४७ को आखिरीमा एङ्गेल्सले माक्र्सलाई आफूले ‘प्रश्नोत्तर’ नामले तयार गरेको मस्यौदा (जसलाई ‘कम्युनिस्ट घोषणापत्र’ भनिन्छ) को बारेमा लेखी पठाउनुभयो । अगाडि गएर त्यो मस्यौदा साम्यवादको सिद्धान्तको नामले प्रसिद्ध भयो ।
लीगको दोस्रो महाधिवेशन
यो महाधिवेशन नोभेम्बर १८४७ को अन्त र डिसेम्बरको सुरुमा लन्डनमा सुरु भयो कम्युनिस्ट लीगको यो महाधिवेशनको तयारीलाई माक्र्स र एङ्गेल्सले ठूलो महत्व दिनुभयो । एङ्गेल्स प्यारिस शाखा र माक्र्स ब्रुसेल्स शाखाबाट चुनिएका प्रतिनिधिको रूपमा काङ्ग्रेसमा भाग लिनुभयो । कार्यक्रममाथि डेढ हप्तासम्म छलफल चल्यो । काङ्ग्रेसमा धेरैजसो प्रतिनिधि मजदुरहरू थिए । दिनभरि कारखानामा काम गरेर रातिराति तिनीहरू काङ्ग्रेसमा भाग लिन आउने गर्थे । माक्र्स र एङ्गेल्सले आफ्नो मस्यौदा प्रस्तुत गर्नुभयो । साथै मस्यौदाबारे आफ्ना विचारहरूलाई विस्तृतरूपले प्रतिनिधिहरूको समक्ष राख्नुभयो ।
ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवादको आधारमा प्रस्तुत गरेको मस्यौदालाई आ–आफ्नो अनुभवको आधारमा प्रतिनिधिहरूले अनुमोदन गरे । लगातार सिलसिलेवार ढङ्गले गरेको बहसपछि सबै प्रतिनिधिहरूले माक्र्स र एङ्गेल्सद्वारा प्रस्तुत गरिएको कार्यक्रम र कार्य नीतिसम्बन्धी सिद्धान्तहरूलाई समर्थन जनाए । लीगको नियमावली पास गरियो । ती दुवै प्रकाशनको लागि पार्टीको विस्तृत सैद्धान्तिक एवं व्यावहारिक कार्यक्रम तयार पार्ने अभिभारा माक्र्स र एङ्गेल्सलाई सुम्पियो ।
कम्युनिस्ट लीगको उक्त कार्यहरूको भित्रबाट नै अन्तर्राष्ट्रिय क्रान्तिकारी मजदुर वर्गको पहिलो पार्टीको जग बस्यो ।
माक्र्स र एङ्गेल्सको फिर्ती
लीगको काङ्ग्रेस (महाधिवेशन) सकिएपछि डिसेम्बरमा माक्र्स ब्रुसेल्समा र एङ्गेल्स प्यारिसमा फर्किनुभयो । दुवैजना देशमा रहनाले प्रकाशनको लागि कार्यक्रम निर्धारित गर्न ढिलो भइरहेको थियो ।
सन् १८४८ को आखिरीमा लीगको केन्द्रीय नेतृत्वले लन्डनबाट माक्र्सलाई – ‘कार्यक्रमको पाण्डुलिपि चाँडो पठाऊ, होइन भने तिम्रोविरुद्ध कारबाही गरिने छ’ – भन्ने चेतावनी दिएर समाचार पठायो । तर, यसैबिच माक्र्स र एङ्गेल्सले कार्यक्रम तयार पारेर पठाइसक्नुभएको थियो ।पाण्डुलिपिको प्रकाशन
पाण्डुलिपि पाउनासाथ फ्रेडरिख लेसनरलाई प्रेसको प्रबन्ध मिलाउने र कार्ल शैपरलाई प्रुफ हेर्ने उत्तरदायित्व दिइयो । लण्डनको विशपमेटटोलको ४६ नं. लिवरपुरमा रहेको एउटा सानो प्रेसमा छाप्न दिइयो । फेब्रुअरीको आखिरीसम्ममा पुस्तक छापेर तयार भयो । जर्मन भाषामा यसको नाम ‘मेनि फिस्टेडर कम्युनिरिटश्चेन पार्टीइ’ (कम्युनिस्ट पार्टीको घोषणापत्र) कम्युनिस्ट लीगको लागि एकाध प्रतिमात्र छापिएका थिए । लीगका मानिसहरू एकले अर्कोसित लिएर पढ्ने गर्थे ।
माक्र्स र एङ्गेल्सको अमर कृति ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ सन् १८४८ को फेब्रुअरीमा प्रकाशित भयो । यो घोषणापत्र वैज्ञानिक साम्यवादको पहिलो कार्यक्रम हो । सन् १८४३ देखि १८४७ सम्ममा माक्र्स एङ्गेल्सले वैज्ञानिक ज्ञान र व्यवहारिक ज्ञान प्राप्त गर्नुभएको थियो । जसमा मजदुरवर्गको बारेमा सबभन्दा बढी अनुभव गर्नुभएको थियो । यो घोषणापत्रमा त्यही अनुभवको सारांश उल्लेख भएको छ । यसमा उहाँहरूले अर्थशास्त्र, द्वन्द्वात्मक भौतिकवाद, वर्ग सङ्घर्षको शिक्षाको साथै वैज्ञानिक साम्यवादको सिद्धान्तको पनि जग बसाल्नुभयो ।
माक्र्स एङ्गेल्सले अघि अघिका क्रान्तिहरू, उथलपुथलहरू मजदुरवर्गद्वारा सत्तामाथि अधिकार प्राप्त गर्नमा ठूलो फरक पर्दछ भनी निम्न लिखित रायहरू राख्नुभयो:
अहिलेसम्म जुन जुन वर्गको शासन आयो, ती सबैले आफ्नो शक्ति कायम राख्नका लागि समाजलाई नै शोषणको जाँतोमा पिस्ने कोशिश गरेका छन् । आफूहरूमाथि गरिने शोषण पद्धति र त्यसको साथसाथै शोषण गर्ने नियमहरूलाई जगैदेखि उखेलेर नफालीकन मजदुरवर्ग समाजको उत्पादन शक्तिहरूको मालिक बन्न सक्दैन । मजदुरवर्गसित बचाउन र लुकाई राख्नको लागि आफ्नो भन्ने केही पनि हुँदैन । त्यसैले व्यक्तिगत सम्पत्तिसित सम्बन्ध राख्ने पुराना सम्पूर्ण संरक्षण र ग्यारेन्टीहरूलाई सखाप पार्नु नै उनीहरूको उद्देश्य हो ।
कम्युनिस्ट घोषणापत्रको पहिलो अध्यायमा लेखिएको छ –
‘पुँजीपति वर्गको जीवन र शासनको लागि के खाँचो पर्दछ भने उनीहरूको पुँजी बढी रहोस्, पुँजी बढाउन मजदुरहरूको खाँचो पर्दछ । मजदुरहरू पाउन पूर्णरूपले मजदुरहरूको आ–आफ्नो हानथापमा भर पर्दछ । नचाहँदै पनि पुँजीपतिवर्गले उद्योगधन्दा अघि बढाउँछ । यसबाट आपसी हानथापले गर्दा पैदा हुने मजदुरहरूको हानथाप समाप्त हुन्छ, अनि त्यसको सट्टा एकतामा आधारित उनीहरूको क्रान्तिकारी सङ्गठन तयार हुन्छ । यसरी आधुनिक उद्योगधन्दाको विकासले पुँजीपतिवर्गको आधारशिलाको बाटो नै हटाई दिन्छ, जसको भरमा उनीहरू शोषण गर्छन् । अतएव उनीहरूको शोषणको समाप्ति र मजदुरवर्गको विजय, दुवै नै समानरूपले अनिवार्य छ ।
आफ्नो विचार र उद्देश्य लुकाउनु कम्युनिस्टहरू अनैतिक कुरा सम्झन्छन् । खुलस्तरूपमा उनीहरू के घोषणा गर्छन् भने उद्देश्य पूर्ति गर्ने काम वर्तमान समाज व्यवस्थालाई समाप्त पारेरमात्र सक्छ । कम्युनिस्टहरूको क्रान्तिको डरले शासक वर्गलाई थरथर काँप्न देऊ ¤ मजदुरहरूसित हार्नको लागि नेल हत्कडीबाहेक केही हुँदैन, जीत्नको लागि उनीहरूको अगाडि सम्पूर्ण विश्व छ ।
संसारका मजदुरहरू एक होऊ !
स्रोत : फ्रेडरिक एङ्गेल्स सङ्क्षिप्त जीवनी, प्रगति प्रकाशन नेपाल