- नारायणमान बिजुक्छेँ (रोहित)
किसान महाधिवेशन
किसानहरूको सोभियतहरूको कार्यकारिणी समितिले किसानहरूको एक महाधिवेशन बोलायो । त्यसमा भाग लिन २३ नोभेम्बरको दिन ४०० प्रतिनिधि पेट्रोग्राद पुगे । तिनीहरूले पार्टीका गुप्त सभाहरू राखे । प्रतिनिधिहरूमा ५ भागको १ भाग मात्र बोल्शेभिक थिए । ४ भागको एक भाग दक्षिणपन्थी समाजवादी–क्रान्तिकारी थिए । ठुलो सङ्ख्या वामपन्थी समाजवादी क्रान्तिकारीहरूको थियो ।
किसानहरूको महाधिवेशन ड्युमाको भवन अलेक्सान्द्र सभाकक्षमा भयो । सभाकक्षमा मानिसहरू खचाखच थिए । होहल्लाको माझमा सभा सुरु भयो । वामपन्थी समाजवादी क्रान्तिकारीहरूका नेता मारिया स्पिरिदोनोभा बैठकको सभापति चुनिए । बहुमत प्रतिनिधि मन्त्रिपरिषद् र सोभियत सरकारको विरोधमा थिए ।
बोल्शेभिकहरूको तर्फबाट जिनोभिएभले बोल्न लाग्दा हाहु गरे र बोल्नै दिएनन्; उनी डबलीबाट तल झरे । सोभियत सरकार मजदुरहरूको मात्रै हुकुम भयो; त्यसमा सबै प्रजातन्त्रवादीहरू हुनुपर्दछ भनेर होल्लाह गर्न थाले । २ दिनसम्म प्रतिनिधिहरू बोल्शेभिकहरूको विरोधमा बोल्दै थिए ।
तेस्रो दिन अचानक लेनिन डबलीमा उभिनुभयो । प्रतिनिधिहरू ‘कुनै मन्त्रीको कुरो सुन्दैनौँ । हामी तपाईँको सरकारलाई मान्दैनौँ ।’ भनेर ठुलठुलो स्वरले कराए । दस मिनेटसम्म सभामा हाहाहुहु र ‘लेनिन मुर्दावाद !’ भनेर कराइरहे ।
लेनिनले चुपचाप विचलित नभई, फिटिक्क नचली, दुवै हातले मेचलाई समाती होहल्ला भइरहेको ठाउँमा हेरिरहनुभयो । केही समयपछि दक्षिणपन्थीहरूबाहेक अरु चुप लागे । होहल्ला अलि शान्त भयो । “म यहाँ जनकमिसार परिषद्को सदस्यको रूपमा आएको होइन,” लेनिनले बोल्न सुरु गर्नुभयो । फेरि होहल्ला भयो । उहाँले आफ्नो परिचयपत्र देखाउँदै भन्नुभयो, “बरु म यस महाधिवेशनमा औपचारिकरूपले चुनिएको बोल्शेभिक दलको सदस्यको रूपमा आएको हुँ ।”
शान्त र दृढ स्वरले उहाँले भन्नुभयो, “रुसको वर्तमान सरकार बोल्शेभिक पार्टीले बनाएको छ भन्ने कुरो कसैले अस्वीकार गर्न सक्दैन ।” फेरि दक्षिणपन्थीहरू ठुलठुलो स्वरले हल्ला गर्न थाले ।
पछि फेरि साधारण भाषामा जमिनदारहरूको जग्गा किसानहरूले पाए जस्तै पुँजीपतिहरूको कारखाना मजदुरहरूको नियन्त्रणमा गएको कुरो लेनिनले बताउनुभयो । विरोधीहरूलाई चेतावनी दिँदै अन्त्यमा लेनिनले भन्नुभयो, “संविधानसभाले सोभियतहरूलाई खतम गर्न खोज्यो भने हामी त्यसो गर्न दिनेछैनौँ ।” २७ डिसेम्बरको दिन पनि भूमिसम्बन्धी कुरामा छलफल हुँदै गयो । विरोधीहरू भूमि समस्या र क्रान्तिलाई अलगअलग दृष्टिले हेर्थे ।
लेनिन फेरि डबलीमा देखापर्नुभयो । प्रतिनिधिहरू ध्यान दिएर सुन्न थाले । उहाँले भन्नुभयो, “सारा जनताको बौद्धिक विकासले नस्वीकारेसम्म समाजवाद नल्याउने हो भने ५०० वर्षसम्म हामीकहाँ समाजवाद आउनेछैन । साधारण जनता अशिक्षित छन् भनेर मजदुरवर्गको अग्रदूत समाजवादी–राजनीतिक पार्टीले आफूलाई त्यस पाइलोलाई रोक्ने स्वीकृति दिनेछैन ।” त्यसपछि उहाँले ‘चमेराहरू’ लाई ठीक ठाउँमा आउन आह्वान गर्दै भन्नुभयो, “पुँजीपतिवर्गसँग कुनै सम्झौता सम्भव छैन; तिनीहरूको शक्तिलाई ध्वस्त गर्नु आवश्यक छ ।” अन्त्यमा भन्नुभयो, “त्यस क्रान्तिकारी शक्तिमा भरोसा राख्नुहोस्; आफ्नो बन्दुकलाई नबिर्सनुहोस् !”
महाधिवेशनमा लेनिनले प्रस्तुत गर्नुभएको भूमिसम्बन्धी प्रस्तावमा चर्काचर्की हुँदै थियो । उता स्मोल्नीमा बोल्शेभिक र वामपन्थी समाजवादी क्रान्तिकारीहरूको माझमा गुप्त कुराकानी भइरहेको थियो । अनेक तानातानपछि २८ नोभेम्बरको दिन एक सम्झौता भयो । अब महाधिवेशन किसानहरूको सोभियतको केन्द्रीय अफिसमा हुने भयो ।
२९ नोभेम्बरको दिन महाधिवेशनको असाधारण बैठक सुरु भयो । यो मजदुर र किसानहरूको ऐतिहासिक एकताको दिवस थियो । अधिवेशनपछि मजदुर, किसान र सिपाहीहरूको एक ठुलो मसाल जुलुस स्लोल्नीतिर गयो । रातो झन्डा फहराउँदै गएको त्यो जुलुस स्मोल्नीको सभा भवनभित्र पुग्यो । सभा भवनमा मजदुर र सिपाहीहरूका प्रतिनिधि थिए । तिनीहरू सबै एक आपसमा अँगालो हाल्न थाले ।
डबलीमा गएर मजदुर र सैनिकहरूका सोभियतहरूका अध्यक्ष स्वेर्दलोभले ‘विजयी अधिवेशन’ भनेर सबैलाई स्वागत गरे । वामपन्थी समाजवादी क्रान्तिकारी पार्टीकी मुख्य नेता मारिया स्पिरिदोनोभाले भनिन्, “रुसका, मजदुरवर्गसामु इतिहासमै आजसम्म नदेखिएको आकाश उघ्रेको छ ।… उहिले सबै मजदुर आन्दोलन हार्नुपरेको थियो । तर, आजको आन्दोलन अन्तर्राष्ट्रिय हो र यसकारण यसलाई हराउन सकिने छैन । क्रान्तिको ज्वालालाई निभाउन सक्ने कुनै शक्ति संसारमा छैन । पुरानो संसार भत्किरहेछ र नयाँ संसार निर्माण हुँदै छ ।”
महाधिवेशनपछि बोल्शेभिक पार्टीले गरिब किसानहरूको सङ्गठनमा जोड दियो । तर, ‘वामपन्थी’ समाजवादी क्रान्तिकारीहरूको सङ्गठन धेरैजसो कुलाकहरू (धनी किसान) को माझमा थियो ।
सोभियत सरकारले पुरानो मन्त्रालयलाई भङ्ग गरेर नयाँ जनकमिसार समितिहरू बनायो । अर्थतन्त्र बिगार्न खोज्ने गतिविधिलाई दबाउन र उद्योगधन्दा चलाउन ‘राष्ट्रिय रुसी असाधारण समिति’ बनाइयो । धर्मको नाममा जग्गामा गरिएको कब्जालाई समाप्त पा¥यो । राज्य र विद्यालयहरूलाई चर्च (धार्मिक संस्था) बाट अलग गरिदियो, विभिन्न जाति र स्वास्नीमान्छेलाई लोग्नेमान्छेसरह समानताको घोषणा गरी सामन्तवादका बाँकी बक्यौतालाई समाप्त गर्ने घोषणा ग¥यो ।
पुँजीपतिवर्गको आर्थिक स्थितिलाई कमजोर पार्न उद्योगधन्दा, बैङ्क, रेल बाटो, विदेश व्यापार, खानी र कारखानाहरू सबै राष्ट्रियकरण गरियो । रुसलाई विदेशी पुँजीबाट मुक्त गर्न जार सरकारले लिएका सबै विदेशी ऋण नतिर्ने घोषणा गरियो र रुसी जनतालाई शोषण गरिरहेका सबै विदेशी पुँजी राष्ट्रियकरण गरियो ।
विश्वयुद्धमा एकातिर जर्मनी र अस्ट्रिया थियो भने अर्कोतिर बेलायत, फ्रान्स र रुस थियो । क्रान्ति, समाजवाद र सोभियत सरकारलाई जोगाउन शान्ति आवश्यक थियो । ‘मित्र राष्ट्रहरू’ भनिने बेलायत र फ्रान्सले रुसको शान्ति प्रस्तावलाई अस्वीकार गरे । अनि रुसले विरोधी पक्ष र अस्ट्रियासँग कुरा चलाउने निर्णय ग¥यो । ३ डिसेम्बर १९१७ को दिन जर्मनीसँग पोल्यान्ड र रुसको ब्रेस्ट–लितोभ्स्कमा कुराकानी भयो । ५ डिसेम्बरको दिन शान्ति सन्धिमा हस्ताक्षर भयो ।
जर्मनी साम्राज्यवादी देश थियो । जर्मनी पोल्यान्ड, युक्रेन र बाल्टिक देशहरूलाई आफूमातहत राख्न चाहन्थ्यो । त्यसलाई स्वीकार नगरे नयाँ सोभियत हुकुम र समाजवादी क्रान्तिलाई जोगाइराख्न गा¥हो थियो । त्यसैले त्यस्तो नराम्रो सर्तलाई केही दिन मानेर भए पनि नयाँ लालसेना बढाउन फुर्सतको खाँचो थियो ।
तर, मेन्शेभिकहरू र समाजवादी क्रान्तिकारीहरूले सोभियत हुकुमलाई बलियो पार्न शान्तिको विरोधमा प्रचार आन्दोलन चलाए । त्रोत्स्की र बुखारिन पनि ‘वामपन्थी कम्युनिस्ट’ भनिने रोदक प्याताकोभसँग मिलेर लेनिनको विरोधमा पार्टीभित्रै सङ्घर्ष गर्न थाले । तिनीहरूले त्यसलाई ‘देश बेचुवा सन्धि’ भने । त्यस्ता उत्ताउला नारा लगाउन तिनीहरूलाई विदेशीहरूले उक्साएका थिए ।
संविधानसभा भङ्ग
३० नोभेम्बरको दिन संविधानसभाको चुनाव थियो । पुँजीपतिवर्ग र सबै विरोधीको आशाको केन्द्र नै संविधानसभा थियो । पेट्रोग्रादको चुनावमा बोल्शेभिकहरूले ४ लाख २४ हजार २७ मत पाएका थिए । वामपन्थी समाजवादी क्रान्तिकारीहरूले १ लाख ५२ हजार २३० मत पाएका थिए । चुनावमा १९ वटा पार्टीले ५५ प्रतिशत मत प्राप्त गरेका थिए । झन्डै एकतिहाइ मतदाताले बोल्शेभिकहरूलाई मत दिएका थिए ।
५ जनवरी (अन्तर्राष्ट्रिय पात्रोमा १८ जनवरी) १९१८ को दिन संविधानसभाको अधिवेशन थियो । प्रतिक्रियावादी अफिसर, ठुलठुला कर्मचारी र भुवाको कोट लगाएका बुद्धिजीवी एवम् सृङ्गारले धपक्क बलेका महिलाहरूले एक प्रदर्शन गरे । त्यस प्रदर्शनमा १५ हजार मानिस थिए; तिनीहरू पुराना राजतन्त्रवादीहरू थिए । तर, तिनले रातो झन्डा बोकेका थिए । ती भुँडी फुलेका जमिनदारहरू ‘जनताको निम्ति हामी भोकै बस्यौँ र हामीले आफ्नो रगत बगायौँ’ भन्ने क्रान्तिकारी गीत गाउँदै अघि बढेका थिए । त्यस जुलुसमा धेरैजसो बोल्शेभिकहरूबाट उन्मूलन गरेको निजी स्वामित्वलाई रक्षा गर्न चाहने विश्वविद्यालयका विद्यार्थीहरू (श्वेत गार्ड, पुँजीवादी स्वयंसेवक), क्रान्तिकारी आन्दोलनसँग लड्न जारशाहीको पुलिसले बनाएको (यमदूत सभा) गुटका मानिसहरू बढी थिए । मजदुर र किसानहरूको त नामनिसान पनि थिएन । शोषकवर्गले प्रतिक्रियावादी जुलुसलाई रातो झन्डा र क्रान्तिकारी गीतले क्रान्तिकारी बनाउन खोजेका थिए ।
त्यस जुलुसको विरोधमा बोल्शेभिकहरूले पनि ५ लाख सहभागी भएको जुलुस निकाले । यो वर्गसङ्घर्षको उदाहरण थियो ।
रुसमा सोभियतहरू जनताको दैनिक जीवनको एक अङ्ग बनिसकेका थिए । त्यही सोभियतहरूले जनताको जमिन, कारखाना र शान्ति ल्याइदिएका थिए । तर, संविधानसभामा बहुमतविरोधी पार्टीका प्रतिनिधि हुनाले सोभियतहरूको दोस्रो महाधिवेशनले स्वीकार गरेका सबै ऐन कानुन र आज्ञाहरूलाई अस्वीकार ग¥यो । संविधानसभाले सोभियत सरकार, रुसी जनताको इच्छा र आकाङ्क्षाहरूको ठीकविपरीत काम ग¥यो । यसकारण, त्यसको भोलिपल्ट ९ जनवरी (१६ जनवरी) १९१८ को दिन सैनिक क्रान्तिकारी समितिले त्यसलाई भङ्ग गरिदियो । जलसेनाका सिपाहीहरू सभा भवनमा गएर सबैलाई बाहिर निकाले । यसप्रकार, शोषकवर्गको अन्तिम आशा पनि समाप्त भयो ।
जर्मनीसँग सम्झौतापत्रमा हस्ताक्षर गर्न सोभियत सरकारको तर्फबाट एक प्रतिनिधिमण्डल पठाइयो । त्यसको नेतृत्व विदेशमन्त्री त्रोत्स्कीले गरेका थिए । १० फेब्रुअरी १९१८ को दिन त्रोत्स्कीले बोल्शेभिक पार्टीको निर्देशनको विरोधमा जर्मनीको प्रस्तावित सर्तमा सन्धि नगर्ने घोषणा गरे । जर्मनीले पनि सम्झौता भङ्ग ग¥यो र रुसमाथि हमला सुरु गरिहाल्यो ।
रुसको पुरानो सेना भागाभाग गर्न थाल्यो । रुसको ठुलो भू–भाग जर्मनीको हातमा प¥यो । पेट्रोग्राद खतरामा पर्न थाल्यो । सोभियत हुकुम समाप्त हुनासाथै रुस जर्मनीको उपनिवेश बन्ने थियो । वास्तवमा यो त्रोत्स्कीको विश्वासघातको परिणाम थियो ।
जर्मनीको साम्राज्यवादी आक्रमणको विरोधमा पार्टीले ‘समाजवादी मातृभूमि खतरामा छ’ भन्ने नारा दियो । मजदुरहरू लालसेनामा भर्ना हुन थाले । जनताको नयाँ क्रान्तिकारी सेना जर्मनीसँग जुझ्न थाल्यो र जर्मनी सेनालाई पछाडि धकेलिदियो । पेट्रोग्राद जोगियो । यसरी २३ फेब्रुअरीको दिनलाई सेनाको जन्म दिन मनाइयो ।
केन्द्रीय समितिमा लेनिन, स्तालिन र स्वेर्दलोभले त्रोत्स्की, बुखारिन र त्यस्तै विचार राख्नेहरूसँग सैद्धान्तिक सङ्घर्ष गर्दै शान्ति स्थापनाको पक्ष लिए । त्रोत्स्की र बुखारिनको विश्वासघातले गर्दा पोल्यान्डमात्र होइन अब लात्भिया र इस्टोनियासमेत जर्मनीको हातमा गयो; युक्रेन पनि जर्मनीको मातहतमा पुग्यो । त्रोत्स्की र बुखारिनका उत्ताउला नारा एवम् कार्यले जर्मन साम्राज्यवादीहरूलाई मद्दत ग¥यो र जर्मनीको क्रान्तिमा बाधा पारे । यसकारण, सोभियत गणतन्त्रले जर्मनीले मागेको हर्जाना तिर्न कबुल गर्नुप¥यो ।
सातौँ पार्टी महाधिवेशन
त्रोत्स्की, बुखारिन र अरु ‘वामपन्थी कम्युनिस्ट’ भनिने उत्ताउला गुटहरूले सोभियत सरकार कब्जा गर्ने, सन्धि भङ्ग गर्ने अनि लेनिन, स्तालिन र स्वेर्दलोभलाई पक्राउ गरी हत्या गर्ने षड्यन्त्र रचे । षड्यन्त्रकारी र पार्टीविरोधी त्यस गुटसँग सङ्घर्ष गर्न ६ मार्च १९१८ को दिन पार्टीको सातौँ महाधिवेशन बोलाइयो ।
त्यसबेला पार्टी सदस्य सङ्ख्या २ लाख ७० हजार थियो । केही प्रदेश जर्मनीको अधिकारमा गएको र हतारमा बोलाइएको हुँदा धेरै सङ्गठनले बैठकमा भाग लिन पाएनन् । त्यसकारण, १ लाख ४२ हजार सदस्यले मात्र आफ्ना प्रतिनिधि पठाउन सके । त्यसमा मत दिन पाउने ४६ प्रतिनिधि र बोल्न पाउने तर मत दिन नपाउने ५८ जना प्रतिनिधि थिए । लेनिनले ब्रेस्त–लितोभ्स्क शान्ति प्रस्तावबारे एक रिपोर्ट दिनुभयो । त्यसको पक्षमा ३० मत, विपक्षमा १२ मत र ४ मत तटस्थ रह्यो । यसरी बहुमतबाट शान्ति प्रस्ताव स्वीकार गरियो । बैठकले पार्टी फुटाउन खोज्ने त्रोत्स्की र बुखारिनको मतको निन्दा ग¥यो ।
लेनिनको प्रस्तावअनुसार बैठकले पार्टीको नाम ‘रुसी कम्युनिस्ट पार्टी (बोल्शेभिक)’ स्वीकार ग¥यो । नयाँ पार्टी कार्यक्रम तयार पार्न लेनिन र स्तालिनको नेतृत्वमा विशेष समिति बनाइयो ।
लडाइँबाट फुर्सद पाउनासाथै बोल्शेभिक पार्टीले अर्थतन्त्रको विकासमा जोड दियो । लेनिनले भन्नुभयो, “रोटीको लडाइँ समाजवादको लडाइँ हो ।” स्वार्थ र नाफामात्र खोज्ने स–साना पुँजीपति र कालाबजारियाहरू, अन्न लुकाउने र थुपार्ने कुलाक भनिने गाउँका धनी किसानहरूले आर्थिक अनुशासनलाई उल्लङ्घन गर्दै गए । सम्झाइबुझाइबाट नमान्नेहरूलाई बल प्रयोग गर्ने; गरिब किसानहरूका समिति बनाउने र गाउँगाउँमा मजदुरहरूको दलहरू पठाएर अन्न कब्जा गर्ने नीतिहरू लागु गरियो ।
समाजवादी क्रान्तिकारीहरू, मेन्शेभिकहरू, त्रोत्स्की र बुखारिनहरूले आर्थिक अनुशासनको विरोध गर्दै रुसमा समाजवादी निर्माण असम्भव छ भनी प्रचार गरे । ‘वामपन्थी’ समाजवादी क्रान्तिकारीहरूले कुलाकहरूको पक्ष लिँदै लेनिनलाई गाली गर्न थाले र मस्कोमा विद्रोह गरे । तिनीहरूले त्राइ ओख्स्वीती तेल्स्की मार्ग (Try okhsviati telsky alley) कब्जा गरे र क्रेमलिनमाथि तोप पड्काउन थाले । जर्मनीलाई उक्साएर तिनीहरू फेरि युद्ध गराउन चाहन्थे । यसकारण, ब्ल्युमकिन भन्ने त्रोत्स्कीको दलालले मस्कोस्थित जर्मनीका राजदूत मिरबाखलाई गोली हानेर मारिदियो । तर, सोभियत सरकारले जर्मनीसँग कुराकारी गरी युद्ध हुन दिएन ।
यी सबै गतिविधिमा ‘वामपन्थी कम्युनिस्ट’ भनिने त्रोत्स्की र बुखारिनहरूको मिलिभगत थियो । ४ जुलाई, १९१८ मा सोभियतहरूको पाँचौँ महाधिवेशन सुरm भयो । बैठकले रुसी सोभियत सङ्घीय समाजवादी गणतन्त्रको विधान स्वीकार ग¥यो । त्यो नै पहिलो सोभियत संविधान थियो ।
साभार : अक्टोबर क्रान्ति र यसको महत्व