२६ बैशाख, कञ्चन ।
बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनको लागि यतिबेला विभिन्न राजनीति दलले घरदैलो कार्यक्रमलाई निरन्तरता दिईरहेका छन । कन्चन गाउँपालिकाबाट विभिन्न पार्टिबाट उम्मेद्बारी दिएका दलहरुपनी हिजोआज आफ्ना घोषणापत्र लिएर आफ्ना योजनाहरु जनतालाई बताउदै घरघर पुगिरहेका छन । यसैबिच कन्चन गाउँपालिकाको अध्यक्ष पदका लागी नेपाल मजदुर किसान पार्टिबाट जगिलाल थापाले उम्मेद्बारी दिनुभएको छ। उम्मेद्बारी दिएसङगै थापा पनि यतिबेला घरदैलो अभियानमा व्यस्त हुनुभएको छ । मादल चिन्हमा मतदान गर्न सबैलाई आग्रह गर्दै उहाँ जनताको घरघर पुग्नुभएको छ ।
घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेद्बार थापाले समग्र कन्चनको सकारात्मक विकासका लागी एकपटक मादलमा भोट दिन उहाँले कन्चनवासिलाई आग्रह गर्नुभएको छ । नेमकिपा एमसिसीको विरुद्धमा रहेको बताउदै शासक दलहरुले देशको अस्मितासंग खेल्दै नेपालमा एससिसी पारित गर्नु दुखत रहेको समेत बताउनुभयो । नेमकिपा देश र जनताको सेवा गर्ने पार्टी भएकाले सधैभर समाजको विकासका लागी अगाडी बढ्ने बताउनुभएको छ । उहाँले हिजोका दिनमा सरकारले गरेका सबै कार्यहरुको समिक्षा गर्दै अहिले मादलमा भोट दिएर सहयोग गर्न आग्रह गर्नुभएको छ ।
नेपाल मजदुर किसान पार्टीले कञ्चन ५ को पिपरीचापा चौपारी, भैसाही घन्श्यामचोक, गौडी बजार, बर्गदवा, कञ्चन ४ को गरगरे, थकालीचोक,कञ्चन ३ को मलावरदेबी भारगैरा, हरैया बजार, धौरागिरीचोक, कञ्चन २ को बगही, मटेरिया, बिजयनगर, बसन्तफुलवारी र कञ्चन १ को शान्तीनगर, बेलभरिया, कुचेरा, दानापुर लगायत स्थनाहरुमा चुनावी प्रचार अभियान अन्तर्गत कोण सभा गरेको थियो ।
कोणसभामा नेमकिपाको तर्फबाट कञ्चन गाउपालिका अध्यक्ष पदका उमेद्वार जगिलाल थापाले बैशाख ३० गतेका दिन देशभक्त नेमकिपाको चुनाब चिन्ह मादलमा मतदान गरी एमसीसीका मतियार तथा देशद्रोही दलहरुलाई बहिस्कार गर्न गर्नु भएको थियो। जनताको प्रजातन्त्र स्थापनाका लागि मादलमा भोट हाल्नु भन्दा अगाडी नेमकिपाको घोषणापत्र अन्य दलका घोषणापत्रसंग तुलनात्मक अध्ययन गर्न आग्रह गर्दै चुनाबपछि पछुताउनु भन्दा बैशाख ३० गते बिवेक प्रयोग गर्न र जात, क्षेत्र, धर्म, दल र अनुहार हेरेर बजेट बितरण गर्नेहरुका बिरुद्ध नेमकिपाको चुनाब चिन्ह मादलमा मतदान गर्नु अनिवार्य रहेको समेत उमेद्वार थापाले कञ्चनवासी मतदाताहरुसंग आग्रह गर्नु भयो ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिककृत समाजवादी दल लगायत शासक दलहरुले देशका लाखौं सुकुम्बासी, अब्यबस्थित र भुमिहिन दलितहरुलाई लालपुर्जाको नाममा पटक पटक ठग्दै आइरहेकोले लालपुर्जा दिन्छु भन्दै भोट माग्न आउने दल र उमेद्वारहरुलाई अहिलेसम्म लालपुर्जा दिन तपाइहरुलाई कसले रोको थियो? फेरी पनि अनेक बहाना बनाएर भोट माग्न आउने ? भन्दै प्रश्न गर्नु पर्ने र जमिन जोत्नेको हुने जनताको प्रजातन्त्र स्थापनाका लागि आधार तयार गर्न नेमकिपाको चुनाब चिन्ह मादलमा भोट हाली लालपुर्जाको नाममा जनतालाई पटकपटक ठग्ने शासक दलहरुलाई बैशाख ३० गते स्वस्तिक छाप नाम हतियारले दण्डित गर्न नेमकिपाका उमेद्वार जगिलाल थापाले आग्रह गर्नु भयो ।
कञ्चनको माटो र भुगोल सुहाउदो सामजवाद उन्मुख कञ्चन गाउपालिका बनाउन र बैशाख ३० गतेका दिन देशभक्त र देशघाती बिचको कित्ताकाट गर्ने दिनको रुपमा उपयोग गर्न पनि नेमकिपाको चुनाब चिन्ह मादलमा छाप लगाउन आवस्यक रहेको नेमकिपाको तर्फबाट कञ्चन गाउपालिका अध्यक्ष पदका उमेद्वार जगिलाल थापाले आग्रह गर्नु भयो ।