१८ असार,कञ्चन
रुपन्देहीको गैडहवाका बिभिन्न सामुदायिक बिधालयहरुमा कार्यरत निजी श्रोतमा कार्यरत शिक्षक तथा बाल बिकास सहयोगी र बिधालय कर्मचारीहरुको साझा संगठन गैडहवा युवा शिक्षक तथा कर्मचारी विकास मञ्च,गैडहवा रुपन्देहीले विद्यालय कर्मचारी, कार्यालय सहायक, निजी श्रोत शिक्षक, अनुदान शिक्षक तथा बाल शिक्षिकाहरुको पारिश्रमिक अति न्यून रहेको र स्थानिय सरकारले प्रोत्साहन स्वरुप बृद्धि गर्नु पर्ने माग गर्दै गैडहवा गाउपालिकामा ज्ञापन पत्र बुझाएका छन ।
![सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नु पर्ने सूचना ward no. 1 ko suchana](https://kanchankhabar.com/uploads/bigyaapan/52335700.jpeg)
![](/uploads/shares/gaidahawa gyapan.jpg1.jpg)
गैडहवा युवा शिक्षक तथा कर्मचारी विकास मञ्च,गैडहवाका अध्यक्ष बाबुराम बरईको नेतृत्वमा गएको शिक्षक तथा कर्मचारीहरुको संयुक्त टोलीले गैडहवा गाउपालिकाका अध्यक्ष शिक्षा समितिका संयोजक बच्चुलाल केवटलाई ज्ञापन पत्र बुझाउदै छिमेकी स्थानिय तहरुले सार्बजनिक गरिएको आगामी बर्षको नीति तथा कार्यक्रममा समेत बिभिन्न सामुदायिक बिधालयहरुमा कार्यरत निजी श्रोतमा कार्यरत शिक्षक तथा बाल बिकास सहयोगी र बिधालय कर्मचारीहरुलाई प्रोत्साहन गर्दै बजेटमा सम्बोधन गरी तलव भत्ता बृद्धि गरेको तर गैडहवा गाउपालिकाले बेवास्ता गरेको हुदां स्थानिय तहका सरकार प्रमुखलाई ज्ञापन पत्र दिनु परेको अध्यक्ष बाबुराम बरईले जानकारी दिनु भएको छ ।
![](/uploads/shares/gaidahawa gyapan2.jpg)
ज्ञापन पत्रमा २१औं शताब्दीको यस कालखण्डमा विभिन्न प्रकारका शिक्षक तथा कर्मचारीहरु न्यूनतम् सेवा सुविधाबाट बञ्चित रहेको विषयमा यहाँको ध्यानाकर्षण गराउँदै देहायका चुनौतीहरुलाई सम्बोधन गरी यस स्थानीय तह श्री गैडहवा गा. पा. मा शिक्षाको गुणस्तर माथि उकास्न एवं सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई उच्च मनोबलका साथ आफ्नो सेवा क्षेत्रमा खटिन प्रोत्साहन प्रदान गर्न अपरिहार्य रहेको कुरालाई आत्मसाथ गरी गाउपालिकाले तलव भत्ता बृद्धि गर्नु पर्ने माग उल्लेख गरिएको छ।
मञ्चले विगत ३ वर्ष देखि स्थायी शिक्षकहरुको का.स.मु. प्रमाणित तथा सिफारिस हुन नसकेकोले सो माथी यथाशिघ्र ध्यान दिनुपर्ने, विद्यालयमा कम्प्यूटर तथा कम्प्यूटर शिक्षकको व्यवस्था गर्नुपर्ने, असार १ गते बाट विद्यालयमा शिक्षक तथा कर्मचारीहरु खटेको तर विश्वव्यापी रुपमा फैलिरहेको महामारी (कोरोना भाइरस) बाट सुरक्षित रहन सामान्य सुरक्षा सामाग्रीहरु (मास्क, साबुन, सेनिटाइजर, ग्लोब्ज आदि) को पनि प्रबन्ध नरहेकोले तुरुन्त व्यवस्था मिलाउनु पर्ने, नेपाल सरकारले स्वास्थ्य तथा निजामति कर्माचारीहरुलाई कोरोना (ऋइख्क्ष्म्(ज्ञढ) विरुद्ध सुरक्षाका निम्ति गरेको तेस्रो पक्षको बिमा सरह सम्पूर्ण शिक्षक कर्मचारीहरुको लागि पनि बिमा गराई मात्र कार्य क्षेत्रमा लगाउनुपर्ने र विद्यालयमा विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने जस्ता मागहरु राखी स्थानिय सरकार प्रमुख तथा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटलाई ज्ञापन पत्र बुझाएका हुन ।
गैडहवा युवा शिक्षक तथा कर्मचारी विकास मञ्च,गैडहवा रुपन्देहीको ज्ञापन पत्र बुझ्दै गैडहवा गाउपालिकाका अध्यक्ष तथा गाउ शिक्षा समितिका संयोेजक बच्चुलाल केवटले निजी श्रोतमा न्युनतम तलव सुबिधमा अध्यापनरत शिक्षक,बाल बिकास सहयोगी र बिधालय कर्मचारीको मर्म र पिडाबारे बोध हुदा हुदै पनि न्युन बजेटका कारण सम्बोधन गर्न नसकिएको स्पष्टिकरण दिनु भएको छ । कोभिड १९को रोकथाम र नियन्त्रणका लागि देशभर गरिएको लकडाउनले गर्दा राजस्व संकलनमा कमी आएको र केन्द्र र प्रदेशबाट आउने बजेट पनि कटौटी भएर आएको हुदां शिक्षा क्षेत्रमा गर्नु पर्ने लगानी समेत कटौटी गर्न बाध्य भएको बताउदै यस बर्ष स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता बाहेका अरु कुनैपनि कर्मचारीहरुलाई कुनै पनि सेवा सुबिधा उपलब्ध गराउन नसकिएको अध्यक्ष केवटले जानकारी गराउनु भएको छ ।अध्यक्ष केवटले आगामी बर्ष सामान्य अवस्था आएर राजस्व संकलनमा सुधार आयो भने मञ्चले राखेको मागहरुलाई सम्बोधन गर्न सकिने आश्वासन समेत दिनु भएको छ।
![](/uploads/shares/gaidahawa gyapan5.jpg)
यस्तै गैडहवा गाउपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद चौधरीले आफु शिक्षक भएको र शिक्षकको मर्म र पिडाबारे जानकारी हुदां हुदैपनि चालु बर्षमा आएको प्राकृतिक बिषम परिस्थितीका कारण शिक्षा क्षेत्रको लागि तयार गरेको आवस्यक बजेट सहितको कार्यक्रम कार्यान्वयन गर्न नसकिएको उललेख गर्नु भएको थियो । शिक्षा प्रमुख चौधरीले बिधार्थीहरुको सुन्दर भबिष्य निर्माण गर्ने अभिभारा बोकेर बिधालयमा न्युनतम ज्याला भन्दा पनि निकै कममा काम गर्दै आएका शिक्षक तथा कर्मचारीहरुको नेपाल सरकारले निर्धारण गरेको ज्याला सम्म भएपनि निर्धारण गरिनु पर्छ भन्ने मान्यता राखेता पनि कोभिड १९का कारण सम्पुर्ण कार्यक्रमहरुलाई समेत रद्ध गर्नु परेको बताउनु भएको छ ।
कार्यक्रममा गैडहवा गाउपालिका २२ वटा सामुदायिक बिधालयमा अध्यापनरत नीजि श्रोतका शिक्षक,बाल बिकास सहयोगी शिक्षक,लेखापाल,कार्यलय सहयोगी लगायत १ सय ५० जना शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो भने शिक्षक रमेश ठाकुरले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।