पश्चिमी गोलाद्र्धमा पहिला अफ्रिकीहरू दास थिएनन् । वास्तवमा वैज्ञानिक प्रमाणहरूबाट अफ्रिकीहरूले क्रिस्टोफर कोलम्बस (Christopher Columbus) अमेरिका पुग्नुभन्दा सयौँ वर्षअघि नै प्रशान्त महासागर पार गरेको पुष्टि हुन्छ । स्पेनी राजाको आर्थिक सहयोगबाट कोलम्बसको यात्राले अफ्रिकी दास व्यापार चर्कायो र अफ्रिका तहसनहस भयो । अमेरिकी आदिवासीहरू, त्यहाँका जनता पनि भूमि तथा नाफाका लागि युरोपेलीहरूले गरेको नरसंहारका सिकार भए ।
अफ्रिकी जनताको दासत्वलाई न्यायोचित ठह¥याउन रङ्गभेदको आविष्कार गरियो । कोलम्बसले पहिलोचोटि प्रशान्त महासागर पार गरेको झन्डै ५०० वर्षपछि पनि दसौँ करोड जनता गोराहरूको सर्वोच्चता, रङ्गभेद वा जातिवादबाट निरन्तर प्रभावित हुँदै आएका छन् । पुँजीवादी शोषण तथा उपनिवेशवादी लुट कायम छ ।
अफ्रिकामा युरोपले सभ्यताको विकास गर्यो भन्ने मिथकले ‘काला मानिस आधा पशु हुन्, त्यसैले तल्लो दर्जाका हुन्’ भन्ने जातीय मान्यताले प्रश्रय पाउँछ । उदाहरणका लागि कङ्गो महाअधिराज्य १५ औँ शताब्दीतिर पश्चिम अफ्रिकामा पोर्चुगालीहरू पुग्नुभन्दा सयौँ वर्ष अघिदेखि नै अस्तित्वमा थियो ।
अफ्रिकी मूलका अमेरिकी इतिहासकार डा. डु बोइ (Dr. W.E.B. Du Bois) ले भने, “यसमा कुनै दुविधा छैन । १५ औँ शताब्दीमा दक्षिण अफ्रिकी काला जातिका जनताको संस्कृति उत्तरी युरोपको भन्दा उच्च दर्जाको थियो । आवास, लत्ताकपडा, लुगा, कलात्मक सिर्जना र सदाचार, राजनैतिक सङ्गठन र धार्मिक निरन्तरताजस्ता जुनसुकै कुराको मापदण्डबाट हेरे पनि उच्चस्तरकै थियो ।”
केहीले नमाने पनि वैज्ञानिक समूहले पृथ्वीमा झन्डै ५० लाखदेखि ८० लाख वर्षअघि नै पृथ्वीमा पहिलोचोटि देखापरेका मानव जातिका पूर्वज होमिनिड्स (Hominids) अफ्रिकामा थिए भन्ने कुरा मान्दछन् ।
तीन स्वर्ण युगहरू
प्राचीन अफ्रिकाको ठुला राज्य तथा साम्राज्य निर्माणमा डा. जोन हेनरिक क्लार्क (Dr. John Henrik Clarke) ले ‘वैभवका स्वर्णिम युग’ तीनवटा भएको बताए । “पहिलो दुइटा युग समाप्त भइसके र युरोपमा मानव समाजको जन्म हुनुभन्दा अघि यो ओरालो लाग्यो,” टिप्पणी गर्छन् क्लार्क ।
यी सबै ईशापूर्व ६००० वर्षको हाराहारीमा सुरु भए । त्यसबेला मिश्र पहिलो सङ्गठित राष्ट्रको रूपमा उदायो, त्यहाँ कालाहरूको अफ्रिका (Black Africa) को सांस्कृतिक प्रभाव व्यापकरूपमा छ । तीन ठुला विजयी साम्राज्यहरूको त्यसपछि विकासको कालखण्ड सुरु भयो, ईशापूर्व १०७२ मा घाना (Ghana), राजधानी टिम्बुक्टु (Timbuktu) को सिलसिलाबाट राष्ट्र माली (Mali) र साङ्घाई (Sanghai) को उदयसँगै त्यो युगको सुरुवात भयो । पश्चिमी अफ्रिकी तटीय राज्यहरूमा युरोपेली दास व्यापारको प्रस्फुटनसँगै त्यसको अन्त भयो । त्यस दासव्यापारलाई अफ्रिकाको भित्रसम्म विस्तार गरियो ।
यस ठुलो महाद्वीपमा प्राचीनकालमा पहिलोपल्ट आगो र ज्यावलहरूको प्रयोग भएको थियो । औषधिको प्रयोगपछि मात्र विकास भएको थियो । पहिलो ध्वनिशास्त्रीय लेखन प्रणाली मिश्रमा आविष्कार भयो । लामो दुरीसम्म पनि सञ्चार गर्ने माध्यमको रूपमा टेलिग्राफको काम धिमाय् बाजा बा मादलजस्तो बाजाले गर्यो ।
कच्चा पदार्थहरू खानीबाट झिक्थे र धातुहरू ज्यासलमा बनाउँथे । वास्तवमा वैज्ञानिक प्रमाणहरूले अहिले १९ औँ शताब्दीमा युरोपेलीहरूले उत्पादन गर्नुभन्दा झन्डै २००० वर्षअगाडि नै अफ्रिकीहरूले कार्बन इस्पात (Carbon steel) भिक्टोरिया (Victoria) तालको तटमा उत्पादन गरेको प्रमाणित गर्याे ।
हैकमको लामो अवधिमा विज्ञान–प्रविधि र कलाको विकासको उन्नति भइसकेको थियो । पात्रो (Calender) को आविष्कार र कृषि विज्ञान अन्य महाद्वीपहरूमा बालीको खेतीपाती हुनुभन्दा कैयौँ हजार वर्षअघि नै विकास भइसकेको थियो । अफ्रिकीहरूले व्यापार र ज्योतिषीशास्त्र (खगोलशास्त्र) का साथै झोलुङ्गे पुलदेखि ठुला ढुङ्गाका निर्माणहरू सुडान र मिश्रको अग्लाअग्ला चिहानहरू वा पिरामिडजस्ता ठुला निर्माण कार्यहरूमा गणितको प्रयोग गरिसकेका थिए ।
पिरामिडसहितका केही प्राचीन स्थलहरूले ताराहरूको स्थान लहरमा राख्नुले खगोलशास्त्रको ज्ञानलाई देखाउँथ्यो । त्यही समयावधितिरै इस्पातको भट्टी पत्ता लागेको थियो र ईशाको ३०० वर्ष पहिले केन्यामा खगोलीय अवलोकनशाला (वेधशाला) वैज्ञानिकहरूले पत्ता लगाएका थिए । भेटाएका ती वस्तुहरू भूमिको धेरै तलसम्म गाडिएको रुखको जराजस्तै बसेको ठुलठुला खम्बाहरू भएको अफ्रिकीहरूको ठुलठुला ढुङ्गाका भवनहरूका अवशेषहरू थिए ।
हरेक ढुङ्गाहरू ताराजस्तै लहरै मिलेका छन् र ती ईशाभन्दा ३०० वर्ष पहिलेको देखिन्छ । प्राध्यापक तन भान सर्टिमाले बताए ।
ती प्रमाणहरू उप–सहारा अफ्रिका (Sub Saharan Africa) को ऐतिहासिकभन्दा पहिलेका सांस्कृतिक जटिलतासित जोडिएका सम्पदा हुन् । त्यस स्थलको अवलोकन गरेका वैज्ञानिकले निष्कर्ष निकाले । यसले निश्चित र जटिल पात्रो प्रणालीको खगोलशास्त्रमा आधारित पहिलो ईशापूर्व १००० वर्ष पहिलेको अवधिमा पूर्वी अफ्रिकामा भएको अनुमान गरिएको छ ।
खगोलीय ज्ञान
ठुलो आश्चर्यको कुरा के हो भने पश्चिमी अफ्रिकाका डोयोन (Doyon) जनता माझमा खगोलशास्त्रको जटिल ज्ञान पत्ता लागिसकेको शताब्दीयौँ लामो समय बितिसकेपछि मात्र त्यसलाई वैज्ञानिक ‘आविष्कार’ को सार्वभौम स्तरको रूपमा सम्झियो ।
डोयोन जाति माली गणतन्त्रको राजधानी टिम्बुक्टु (Timbuktu) को झन्डै २०० माइल टाढा बस्थे । तिनीहरूलाई शनिग्रह (Saturn) को घेरा, बृहस्पतिका उपग्रह वा चन्द्रमाहरू तथा आकाश गङ्गाको ढाँचाबारे थाहा थियो । तिनीहरूलाई ब्रह्मान्डमा धरहराजस्तै अरबौँ ताराहरू भएको र चन्द्रमा नाङ्गो वा बिरुवाहीन भएको कुरा थाहा थियो ।
भान सर्टिमा (Van Sertima) का अनुसार तिनीहरूलाई धेरै शक्तिशाली दूरबिनबाट मात्र थाहा पाउन सकिने ताराहरूको बारेमा समेत विस्तृत जानकारी थियो । तिनीहरूले ताराहरूलाई देखेका मात्र थिएनन् बरु तिनीहरूको अवलोकन अथवा यसका स्थूल (Mass) तथा यसका प्रकृतिका बारेमा समेत जान्दथे । २००० वर्षसम्म तिनीहरूले ताराहरूको अक्ष (Orbit) कोरेका थिए । तिनीहरूले यी सबै कार्य ५०० र ७०० वर्षको बिचमा गरेका थिए ।
कसरी डोयोनहरूले लुब्धक नक्षेत्र (Sirius) प्रणालीसहित ताराहरूको समूहलाई देखे भन्ने कुरा अझै स्पष्ट छैन । जर्मन खगोलशास्त्रीले तत्कालीन विकसित यन्त्र प्रयोग गरेर सन् १८६२ मा मात्रै सेता वामपुड्के (White Dwarf) लाई देखेका थिए । तर, वैज्ञानिकहरू प्राचीन मिश्रवासीहरूले मिश्रको अफ्रिकीको प्रभुत्वको अवधिमा जस्तै डोयोनले पनि दूरबिन प्रयोग गरेको हुनसक्ने शङ्का गरेका छन् ।
ग्यालिलियोले पनि “प्राचीन मानिसहरूले दूरबिन प्रयोग गर्ने गरेको” बताउँथे । सन् १६०९ मा उनले भेनिस (Venice) मा दूरबिन बनाउनुभन्दा अघि नै अफ्रिकामा गणितमा आधारित खगोलशास्त्र प्रणाली थियो । पश्चिम युरोपमा हिन्दू अङ्ग पहिलोपल्ट देखिएको वर्ष सन् १२०२ भन्दा यो धेरै अगाडिको कुरा थियो ।
“पहिलेका तथ्य प्रमाणहरूमध्ये सङ्ख्याहरूको प्रयोग अफ्रिकाको कङ्गो (Congo) मा पत्ता लागेको देखिन्छ,” भान सर्टिमाले लेखे । ‘८००० वर्ष पुरानो हाडमा ती सङ्ख्याहरू कोरिएका थिए ।’ त्यो हाड चन्द्रमास (Lunar) पात्रोको रूपमा प्रयोग भएको वैज्ञानिकहरू विश्वास गर्थे । अफ्रिकामा त्यस प्रकारको प्रमाण भेटिएको पहिलोपल्ट हो र यो विश्वकै एउटा मौलिक पात्राहरूमध्ये हो ।
व्यापार तथा प्राविधिक निर्माण (Engineering) परियोजनाहरू, पिरामिडदेखि दरबारहरू, चर्चहरू तथा समारोह केन्द्रहरूको निर्माणमा समेत गणितको प्रयोग हुन्थ्यो ।
अफ्रिका उपसहारा (Sub–Saharan Africa) मा अवस्थित ठुलो ढुङ्गाले बनेको ‘विशाल जिम्बावे’ को भवनमा ठुलो प्राविधिक इन्जिनियरिङ दक्षताको आवश्यकता हुन्थ्यो । यो सभ्यताको एउटा आधार थियो । त्यस सभ्यताको विकास मिश्रको उत्तरमा मात्र सीमित थिएन । ‘विशाल जिम्बाब्वे’ वास्तवमा जिम्बावे र मोजाम्बिक (Mozambique) को बिचमा २०० भन्दा बढी ढुङ्गाका गाउँहरू फैलिएका थिए । अफ्रिकामा पिरामिडपछिको सबैभन्दा ठुलो स्मारक त्यही नै थियो । ‘विशाल जिम्बाब्वे’ को विशिष्ट निर्माण हुनुभन्दा अघि पनि दक्षिणमा अफ्रिकीहरूले महादेशको सबभन्दा प्राचीन खानीहरू खनेको पत्ता लागेको छ ।
अफ्रिकी सभ्यताको अर्को साहसिक कार्य भनेको पश्चिमी गोलाद्र्धमा कोलम्बसको दुर्भाग्यपूर्ण यात्राभन्दा कम्तीमा १०० वर्षअगाडि नै अफ्रिकीहरूले व्यापारिक बाटोको खोजीमा सामुद्रिक यात्रा गर्दै प्रशान्त पार गरेका थिए ।
क्रिस्टोफर कोलम्बसले संयोगवस सन् १४९२ मा अमेरिका पत्ता लगाउनुभन्दा अगाडि नै पश्चिमी गोलाद्र्धमा अफ्रिकीहरूको उपस्थिति भइसकेको थियो र धेरै सांस्कृतिक समानताहरू त्यहीबेलै विकास भएका थिए ।
धेरै मानवशास्त्र, भाषाशास्त्र तथा अन्य वैज्ञानिक क्षेत्रहरूका यथेष्ट प्रमाणहरूबाट प्राचीन अफ्रिकीहरूले अन्य महासागर पार गर्न आफ्ना सामुद्रिक धारहरूको ज्ञान र अन्य जहाजी ज्ञान डुङ्गा बनाउने दक्षता–शिल्प प्रयोग गरेका थिए भन्ने कुरा पुष्टि हुन्छ ।
ती समुद्री जहाजीहरू व्यापारको खोजीमा आएका थिए । तिनीहरूले आफूसँगै अन्य कुराहरूका साथै, बोट–बिरुवाहरू, पशुहरू, लुगाफाटो, विज्ञान, प्रविधि तथा कलाका ज्ञानहरू लगेका थिए । तिनीहरूलाई शक्तिशाली प्रशान्तका धारहरूले निलेपछि अन्य कुराहरू संयोगले किनारमै फ्याकेको हुनसक्छ ।
आधुनिक प्रयोगहरूबाट अफ्रिकी नाउहरू ठुला पानीमा पनि पार गर्न सक्ने राम्रो सामुद्रिक क्षमताको भएको कुरा देखाइएको छ । अफ्रिकाको केन्द्रीय ताल चाड (Chad) का नाउ निर्माताहरूले बनाएका अग्लो पानीजहाज सन् १९६९ मा उत्तर अफ्रिकादेखि उत्तरी क्यारिबियाली (Caribbean) को बार्बाडोस (Barbados) सम्म खियाइयो । त्यस्तै प्रकारका यात्राहरूले सानो नाउले समुद्र पार गर्नसक्छ भन्ने देखाउँछ ।
अफ्रिकी लघुताभासको रङ्गभेदी कथालाई पुनः कार्यान्वयन गर्न पश्चिमी गोलाद्र्धमा कोलम्बियालीहरूभन्दा पहिले अफ्रिकीहरूको उपस्थितिलाई दबाइयो ।
तर, यसका चिह्नहरू गिनी (Guinea) र अन्य अफ्रिकी राष्ट्रहरूका बोलीचालीमा भेटाउन सकिन्छ । साथै अमेरिकाका उत्तर र दक्षिण छिमेकी राष्ट्रहरूमा पनि भेटाउन सकिन्छ । कोलम्बस पत्रिकाहरूसहित पोर्चुगाली र स्पेनियाली लिखित दस्ताबेजहरूमा जानकारी देख्न सकिन्छ । त्यसबाहेक ‘अनेक आचरणहरू र प्रमाणहरूको बारे नयाँ नयाँ प्रमाणहरू फेला पर्दै छन् र पुरातत्व विज्ञानको शिशु अवस्थाको प्रकाशमा प्रमाणित गर्न र व्याख्या गर्न सकिन्नथ्यो र जातीय र प्राज्ञिक पूर्वाग्रहको ठुलो युगको कारण प्रमाणित र व्याख्या गर्न सकिन्नथ्यो,’ मानवशास्त्री र भाषाविद् तन भान सर्टिमाले लेखे ।
सन् १४९२ मा हिस्पानिओला (Hispaniola) अहिले हाइटी (Haiti) र डोमिनिकन गणतन्त्र (Dominican Republic) का जनताले कोलम्बसलाई अफ्रिकीहरूसित व्यापार गर्दै आएको प्रमाण दिएका थिए । सो प्रमाण तिनीहरूले ग्वानिन (Guanin) भन्ने गरेको भाला थियो । पछि कोलम्बसले ती सुन, चाँदी र तामाका भाला पत्ता लगाएपछि उनी अत्यन्त खुसी भएका थिए ।
भाषाविद्हरूका अनुसार ‘ग्वानिन’ पश्चिम अफ्रिकाको मान्डे (Mande) भाषाबाट आएको हो । यसरी धातुविधाको विकास सर्वप्रथम त्यस ठुलो तथा प्राचीन महाद्वीपमा भएको थियो ।
कोलम्बसले त्यस सूचनालाई पोर्चुगेली जहाजीहरूबाट प्राप्त ज्ञानसँगै १४९८ मा अमेरिकाको तेस्रो यात्रा गर्दा ‘गिनीको बाटो’ (Guinea Route) मा जहाज खियाउन प्रयोग गरे । उनी पहिला क्यारेवियाली द्वीपको त्रिनिडाड (Trinidad) मा रोकिए । दक्षिण अमेरिकाको त्यस प्रमुख भूमिलाई तिनले ‘नयाँ संसार’ (New World) भने ।
केही दिनपछि उनका मानिसहरूले भेनेजुयला (Venezuela) का तटीय क्षेत्रबाट कपडाको रुमाल ल्याए । त्यसको रङ्ग र ढाँचा गिनीको थियो । गिनीमा त्यसलाई टाउको र कम्मरमा बाँध्ने कपडाको रूपमा प्रयोग गरिन्थ्यो ।
अमेरिकामा अफ्रिकी उपस्थितिका प्रमाणहरूमध्ये यो पनि एउटा थियो । अमेरिका ‘पत्ता लागेको’ भनिएको पहिलो र दोस्रो दशकमा स्पेनियालीहरूले अफ्रिकी पत्ता लागेको कुरा भान सर्टिमाले बताए ।
ऐतिहासिक अभिलेखहरूले युरोपेली आक्रमणकारीहरूभन्दा पहिले कोलम्बियाको कार्टागेना (Cartegena) को एक प्रायद्वीपमा काला जातिका मानिसहरू बसोबास गरेका थिए । अफ्रिकीहरूले ब्राजिल र पानामा र अन्य मुख्य भूमिसित पनि व्यापार गर्दथे ।
उदाहरणको लागि पेरुको परम्परामा कोलम्बस पुग्नुभन्दा अगाडि नै पूर्वका काला मानिसहरूले एन्डिज (Andes) पहाड छिरेका कथनहरू अभिलेखमा राखिएको थियो । हालसालै मात्र टेक्सास (Texas) र नयाँ मेक्सिको (Mexico) मा अवस्थित पेकोस नदी उपत्यका (Pecos River Valley) मा कोलम्बियाली जातिभन्दा अगाडिको अफ्रिकी हस्तिहाड फेला पर्यो ।
रोचक कुरा के हो भने धेरैजसो पहिलेका काला मानिसहरूको बसोबास तटीय क्षेत्रहरूमा भेटिएको छ । ती तटीय क्षेत्र शक्तिशाली आन्ध्र महासागरपारि भूमध्यरेखीय धाराहरूको पुच्छारतिर थिए ।
पहिला अफ्रिकी उपस्थिति मुख्य भूमिबाट टाढा थियो । हिस्पानिओलाका जनजातिले मात्र तिनीहरूको अफ्रिकी सामुद्रिक व्यापारीहरूसित व्यापार रहेको तथ्यको प्रमाण कोलम्बसको प्रमाणले मात्र दिंदैन बरु सन् १९७५ मा पुरातत्वविद्हरूले भर्जिन द्वीप (Virgin Island) मा कार्बन समय निर्धारण (Carbon dated) बाट सन् १२५० ताकाको अफ्रिकी जातिको हस्तिहाड जमिनमुनि गाडिएको अवस्थामा फेला पारे ।
“काला जातिको जनसङ्ख्या धेरै भिन्न राष्ट्रहरूमा मध्यतिर रहेको पत्ता लागेको छ,” मानवशास्त्री अल्फोनस डे क्वाट्रेफेग्स (Alphones de Quatrefages) त्यस क्षेत्रका बारेमा लेखेका छन् । ब्राजिलको चारुयस (Charruas) मेक्सिको खाडीको सेन्ट भिन्सेन्ट (Saint Vincent), फ्लोरिडाको जमास्सी (Jamassi of Florida) को ब्लायक क्यारिबिज (Black Caribees) हुन् । बाल्बोआ (Balboa) को जाति पनि सन् १५१३ मा डारेनको इस्युमस (Isthums of Darien) को सोतोमा केही प्रमाणहरू भेटिए ।
कोलम्बसभन्दा अगाडि नै पश्चिमी गोलाद्र्धमा अफ्रिकीहरू पुगेका थिए भन्ने कुराको बलियो प्रमाणमध्ये तथा दक्षिण अमेरिकामा माटो, सुन तथा ढुङ्गामा पूर्व कोलम्बियाली जाति अघिका अफ्रिकी यथार्थवादी अनुकृतिहरू देखिएका छन् ।
तर, मेक्सिकोमा सम्भवतः सबैभन्दा ठुलो तथा प्राचीन छापहरू पाइन्छ । त्यहाँ भेटिएका खप्परहरूका साथै असङ्ख्य पुरातात्विक महत्वका वस्तुहरू र पिरामिडहरूले कोलम्बसभन्दा अघि नै अफ्रिकीहरूले प्रशान्त महासागर पार गरेको प्रमाणित गर्छ ।
प्राचीन ओल्मेक (Olmec) क्षेत्र अहिले मेक्सिकोका तीनवटा भिन्नाभिन्नै इलाकाका ईशापूर्व १५०० र ईशापूर्व ६०० को बिचमा निर्माण भएको अफ्रिकी विशेषताका ढुङ्गाका ठुला टाउकाहरू धेरै नै प्रभावकारी छन् ।
ती मूर्तिहरू ११ वटा लहरै उभिएका छन्, प्रत्येक मूर्ति ६ देखि ९ फिट र ४० टनसम्मका छन्, तिनको निर्माण कार्बन मिति (Carbon dated) ईशापूर्व ७०० भन्दा अघि भएको देखिन्छ । त्यसको निर्माण कोलम्बसको युरोपेली दास व्यापारको यात्राको २००० वर्षअघि नै भएको थियो । डा. जोन हेनरिक क्लार्क (Dr. John Henrik Clarke) का अनुसार कोलम्बसको सो यात्रा इतिहासको उपनिवेशमात्र थिएन, इतिहासको अभिलेखको पनि उपनिवेश थियो ।
यदि इतिहासले सत्यतापूर्ण कुरा लेखेको भए उदाहरणको रूपमा ओल्मेक (Olmec) संस्कृतिमा अफ्रिकाको बलियो र ठुलो प्रभाव रहेको प्रस्ट बुझ्नेछ । काला जातिको मिश्र संस्कृति अफ्रिकामा शिखरमा पुगेको बेला थियो । त्यही कालखण्डदेखि नै अमेरिकामा पहिलो अफ्रिकी माटोको मकुन्डो, पिरामिड, समाधि (मम्मी), बिचमा प्वाल पारेको मानव खप्परहरू, ढुङ्गाका पाता (Stelae) र शब्दचित्रहरू भेटिएका थिए । कायरी (Cairo), मिश्र (Egypt) का अभिलेखहरूका साथै मान्डिङ्गो (Mandingo) बोलीचालीले पछिल्लो समयको ठुलो माली (Mali) सम्राटको सामुद्रिक यात्रालाई प्रतिबिम्बित गर्छन् । आन्ध्र महासागरको पारिको साहसिक जलयात्राको एक वर्षपछि १३११ मा राजा अबुबाकरी (Abubakari) दोस्रोले ठुलो जहाजको समूहसहित पश्चिमको समुद्री यात्रा गरे ।
“ती दुई मान्डिङ्गो जहाजहरूमध्ये एउटा पनि आफ्नो कथा सुनाउन माली फर्केनन्,” भान सर्टिमाले बताए । तर, त्यही समयावधिमा पश्चिमी अफ्रिकीहरू र मेक्सिको बिचमा सम्पर्क कायम भएको कुरा अमेरिकाका समान पुरातात्विक शिल्पहरू तथा सांस्कृतिक समानताहरू पूरै संयोजनले देखाउँछ ।
नाहुटल (Nahutal) भनिने स्पेनियालीहरू पुग्नुभन्दा पहिले मेक्सिकोका प्रभावशाली जनता (Aztecs) हरूले अबुबाकारी त्यहाँ उत्रेको देखेको हुनुपर्छ र तिनीहरूले उनलाई तिनीहरूको ईश्वरको पुनर्जन्म भएको ठाने होलान् । “कालो कपाल, कालो दा¥ही भएको अनुहारमा सेतो पोशाक,” भान सर्टिमा उल्लेख गर्छन् । ‘क्वेटजाल कोटल’ (Quetzal Coatal) का प्रतिनिधि पात्र, मेक्सिकोका उपत्यकामा देखिने चित्रहरूमा जस्तै कालो छालाको आवरण भएको स्पेनियालीहरू पुग्नुभन्दा पहिलेका मेक्सिकोका प्रभावशाली मानिसहरूले आफ्ना ईश्वर तेजकाटलिपोका (Tezcatlipoca) लाई गल्तीले कालो वर्णको रूपमा पुकारिँदै आएकोमा उनी उपयुक्त समारोही रङ्गमा देखिएको थियो ।
अमेरिकामा कोलम्बियाली उपस्थितिभन्दा अघि नै अफ्रिकीहरू रहेको कुरा भाषाको समानता र अन्य सांस्कृतिक समानताहरू, पानी पार्ने परम्पराको समानताले पुष्टि गर्दछ । तर, यी धेरै प्रमाणहरूमध्ये एकदमै थोरै उदाहरणहरू मात्र हुन् ।
(स्रोत : ध्यचपभचक ध्यचमि –ग्क्, ढ इअतयदभच, द्दण्ण्ढ)