भैरव रिसाल
आदर्श राज्य स्थापना गर्छु भनेर मात्र आदर्श राज्य स्थापित हुँदैन । आदर्श राज्य स्थापित हुन त्यहाँका निवासीहरू पनि आदर्शवान हुनुपर्छ । आदर्श भनेको सजिलो विषय होइन । आदर्शवान नागरिक बनाउन आदर्श राज्य स्थापना गर्न असल, योग्य, देशभक्त र समर्पित शिक्षक आवश्यक पर्छ । आदर्श राज्य देश र जनताको सुख, शान्ति, समृद्धि र उन्नत समाजको निम्ति वास्तवमा आदर्श राज्य हुन सरल, सहज र सजिलो बाटो होइन । यसका लागि असल देशभक्त, योग्य देश र जनताप्रति समर्पित शिक्षकको आवश्यकता हुन्छ । देश र समाजको लागि सेवा गर्नु नै जीवनको लक्ष्य हुनुपर्छ । असल, योग्य शिक्षक नभई राम्रा र असल विद्यार्थी तयार गर्न गा¥हो हुन्छ । समाज परिवर्तनमा जसले जे भने पनि शिक्षकको आवश्यकता हुन्छ । नयाँ समाज निर्माण गर्न योग्य र असल नागरिक बनाउने पवित्र कार्यमा शिक्षकहरूको उल्लेख्य भूमिका हुने कुरा कसैले पनि अस्वीकार गर्न सक्दैन । असल शिक्षकहरूले कर्तव्यनिष्ठ, देशभक्त र सक्रिय विद्यार्थी तयार गर्छन् । विद्यार्थीहरूले यही विषय पढ्नुपर्छ भन्ने सर्त हुँदैन । जुनसुकै विषय अध्ययन गरे पनि विदेशीको ज्यामी हुन होइन, देश र जनताको सुख, शान्ति, समृद्धि र उन्नत समाजको निम्ति एक आदर्श राज्य स्थापना गर्न असल देशभक्त योग्य र देश तथा समाजप्रति शिक्षकहरू आवश्यक हुन्छ । देश र समाजको निम्ति सेवा गर्नु नै जीवनको लक्ष्य हुनुपर्ने आवश्यकता छ । असल र योग्य शिक्षक नभई असल राम्रो विद्यार्थी तयार गर्न गा¥हो हुन्छ । वास्तवमा भन्ने हो भने समाज परिवर्तनमा शिक्षकको सबभन्दा ठुलो देन योग्य र असल नागरिक बनाउने कार्यमा शिक्षकहरूको उल्लेख्य भूमिका हुन्छ ।
गाउँका विद्यार्थी भक्तपुरका विद्यालयमा !
अहिले नेपालमा पढेलेखेकाहरू धेरै प्रतिशतको विदेशीको ज्यामी हुने चाहना देखिन्छ । यो पच्चीसै आना ठीक होइन । आफ्नो पेसागत काम र पारिवारिक स्वार्थ एवं लाभका लागि मात्र नहेर्ने, झिलिमिलीलाई प्राथमिकता दिने, लागूऔषध, मादक पदार्थ खाने, धूमपान गर्ने जस्ता गलत र कुलत बानी आजै छोड्नुपर्छ । आफ्नो कर्तव्य पूरा गर्न अनुशासित, इमानदार, योग्य, सफल शिक्षकलाई सबै ठाउँमा सम्मान गर्ने र राम्रो प्रभाव पार्ने विश्वास पार्न सक्नुपर्छ । आफूभन्दा जान्ने, बुझ्नेसँग सिक्ने र जान्नेले नजान्नेलाई सिकाउन सके समाज परिवर्तनमा टेवा पुग्नेछ । राम्रो शिक्षा दिएर राम्रो शिक्षक तयार पार्ने काममा असल शिक्षकको उल्लेख्य भूमिका हुने कुरा स्पष्ट नै छ । आफ्नो पेसागत काम र पारिवारिक एवं लाभको लागि मात्र नहेर्ने, देखावटी झिलिमिलीलाई प्राथमिकता नदिने, लागूपदार्थ जे नाउँबाट सम्वेदित भए पनि लागूपदार्थ भनेको लागूपदार्थ नै हो । आफ्नो कर्तव्य पूरा गर्न अनुशासित, इमानदार, योग्य, सफल शिक्षकलाई सबै ठाउँमा सम्मान गर्नुपर्छ । त्यसो हुँदा समाजमा राम्रो प्रभाव पर्नेछ । आफूभन्दा जान्ने सुन्नेसँग नजान्नेलाई सहयोग गर्ने वातावरण समाजले नै निर्माण गर्नुपर्छ । आफूले जान्नेहरूसँग सिक्ने र नजान्नेहरूलाई सिकाउने काम हेर्दा र भन्दा सजिलो छ तर गर्दा चाहिँ असजिलो छ । यसो भनेर सिक्न र सिकाउन कुनै हालतमा पनि छोड्न हुँदैन । यही कुरा नेमकिपाले विचार गरी तद्नुसार व्यवहार गर्न थालेपछि देशभरिका अभिभावकका सन्तान भक्तपुरमा अध्ययन गर्न आइरहेका छन् । यो विषय सरसरती हेर्दा सामान्य जस्तो लागे पनि वास्तवमा यो सामान्य विषय होइन ।
असल, इमानदार र सक्रिय नागरिक आवश्यक !
देश विकास गर्न जनताको सांस्कृतिक स्तर उठाउन राजनीतिक चिन्तकहरूले राम्रो दिशा निर्देश गर्न सक्ने जनशक्ति आवश्यक वा तर्जुमा गर्न सक्नुपर्छ । मेहनती, अध्ययनशील सबै विद्यार्थी विदेश लागे देश कसरी विकास हुन्छ ? कसले विकास गर्छ ? देश र जनताका लागि जनशक्ति कसरी तयार हुन्छ ? यो विषय अत्यन्त गम्भीर छ । वास्तवमा विद्यार्थीहरू विदेश दौडिएर आफ्नो अभिभावक र पछिल्लो पुस्तालाई कसरी सचेत, सक्रिय एवं परिश्रमी बनाउने ? भन्ने प्रश्न पनि देख्दा मात्र सजिलो हो । असल, परिश्रमी, अध्ययनशील सबै विद्यार्थी विदेश जाने हो भने देश कसरी माथि उठ्छ ? तसर्थ, देश र जनताका लागि बडो परिश्रम गरी कुरा बुझाउन सक्ने जनशक्ति जति भए पनि पुग्दैन । यसर्थ, यस दिशातिर विद्यार्थीमात्र होइन, अभिभावकहरूको पनि गम्भीर ध्यान जानु आवश्यक छ । समाजवादी देशहरूमा शिक्षा र स्वास्थ्य सेवामा जोड दिइरहेकोले सिङ्गो देश र जनताको सेवा समाजवादी व्यवस्थामा मात्र हुने हुँदा समाजवादी भावनामा जनताको परिश्रम खर्च हुनुपर्छ । जिल्ला प्रशासन कार्यालयले भक्तपुरलाई अपराधमुक्त क्षेत्र घोषणा गर्नुपर्ने प्रसङ्गलाई देशको लागि आवश्यक डाक्टर, इन्जिनियर, नर्सको धेरै खाँचो छ । यसको लागि आवश्यक यी जनशक्ति भक्तपुरमै खोज्ने दिन ल्याउनुपर्छ । यसको लागि अथक प्रयास सुरू भइसकेको छ । असल, अनुशासित, इमानदार विद्यार्थी तयार गर्न सके देश र समाजको निम्ति राम्रो हुने तथ्य उल्लेख गर्दै असल, इमानदार, अनुशासित विद्यार्थी तयार गर्न सके समाजकै निम्ति राम्रो हुने हुँदा उत्तीर्ण विद्यार्थी भाइबहिनीलाई बधाई र पुरस्कृत गर्दै अघि बढ्ने प्रेरणा दिनुपर्छ ।