११ बैसाख, कञ्चन
आगामी स्थानिय तहको चुनावका लागि उमेद्वारी दर्ता गर्ने पहिलो दिन कञ्चन गाउपालिकामा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी र मंगोल नेश्नल अर्गानाइजेशन गरी तिन दलहरुले उमेद्वारी दर्ता गरेका छन।
आज पहिलो दिन नेपाल मजदुर किसान पार्टीका गाउपालिका अध्यक्ष पदमा जगीलाल थापाले, राष्ट्रिय जनमुक्ती पार्टीको तर्फबाट अध्यक्ष पदमा पुर्ण बहादुर पुन र उपाध्यक्ष पदमा चेलिका भुजेलले उमेद्वारी दिएको निर्वाचन अधिकृतको कार्यालय कञ्चनले जनाएको छ।
मंगोल नेश्नल अर्गानाइजेसनको तर्फबाट तुलाराम सिंजालीले पालिका अध्यक्ष र प्रमिला श्रीसले उपाध्यक्ष पदमा उमेद्वारी दिएका छन। मंगोल नेश्नल अर्गानाइजेसनको तर्फबाट वडा नं १ मा गजबिर थापा, वडा नं ३ बाट अमर थापा र वडा नं ४ बाट कला कुमारी थापा सिंजालीले वडा अध्यक्ष पदमा उमेद्वारी दिएको सो पार्टीका कञ्चनका सचिव लोक बहादुर रानाले जानकारी दिनु भएको छ। यस्तै मंगोल नेश्नल अर्गानाइजेसनको तर्फबाट खुल्ला वडा सदस्यको पदमा वडा नं. १ बाट राम बहादुर घर्ति र खुम बहादुर थापाले उमेद्वारी दिएका छन।
यस्तै राष्ट्रिय जनमुक्ती पार्टीको तर्फबाट वडा नं. १ मा उम बहादुर थापा, वडा नं. ३ मा पार्वती घर्ति मगर, वडा नं. ४ मा रेशम बहादुर थापाले वडा अध्यक्ष पदमा उमेद्वारी दिएको सो पार्टीका भैरब बहादुर थापा मगरले जानकारी दिनु भएको छ। यस्तै महिला सदस्य पदमा वडा नं. १ बाट भुमाकली थापा, वडा नं. ३मा धनिसरा थारु र वडा नं. ४ मा जयन्ती बुढाथोकीले उमेद्वारी दिएका छन भने खुल्ला सदस्यमा वडा नं. ३ बाट चुरा बहादुर थापा र धनदेवी थापा र वडा नं. ४ मा खगीसरा काउचा र भिम बहादुर थापाले उमेद्वारी दिएको निर्वाचन अधिकृतको कार्यालय कञ्चनले जनाएको छ। राष्ट्रिय जनमुक्ती पार्टीको तर्फबाट यसैगरी दलित सदस्य पदका लागि वडा नं. ३ मा फुलु बि.क. र वडा नं. ४ मा लक्ष्मी दर्जीले उमेद्वारी दिएका छन।
निर्वाचन अधिकृतको कार्यालय कञ्चनले दिएको जानकारी अनुसार उमेद्वारी मनोनयन दर्ता गर्ने पहिलो दिन गाउपालिका अध्यक्ष पदमा ३ जना, उपाध्यक्ष पदमा २ जनाको मात्र उमेद्वारी परेको छ भने वडा अध्यक्ष पदका लागि वडा नं. १ मा २ जना, वडा नं. ३ मा २ जना र वडा नं. ४ मा २ जनगरी ६ जनाको उमेद्वारी परेको छ। यसैगरी महिला सदस्य पदका लागि वडा नं. ३ मा १ जना, वडा नं. ३ मा १ र वडा नं. ४ मा १ जना गरी जम्मा ३ जनाको उमेद्वारी परेको छ।यस्तै दलित महिला सदस्यका लागि पनि वडा नं. ३ बाट १ जना र वडा नं. ४ बाट १ जनागरी जम्मा २ जनाको उमेद्वारी परेको छ। आज तीन राजनैतिक दलहरु नेपाल मजदुर किसान पार्टी, मंगोल नेश्नल अर्गानाइजेसन र राष्ट्रिय जनमुक्ती पार्टीबाट दलगत रुपमा जम्मा २२ जनाको मात्र उमेद्वारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय कञ्चनले जनाएको छ।