#जगिलाल थापा
बैशाख ३० गते दोश्रो पटक स्थानिय तहको निर्वाचन हुदैछ। यस पटकको स्थानिय तहको निर्वाचनमा आफ्नो स्थानिय तहको नेतृत्व गर्ने आकांक्षीहरुको दवदवा भइरहदा कञ्चनको न्यायिक समितिको बागडोर कसले सम्हाल्ला गर्ला भन्ने चर्चा पनि उत्तिकै भइरहेको छ।
स्थानिय तहको उपाध्यक्ष/उपमेयर पदलाई कार्याकारी पदको रुपमा हेरिएको देखिदैन। तर यो पद निकै महत्वपुर्ण र सम्बेदनशिल तथा जिम्मेवारी पद हो । यस पदमा आउने जनप्रतिनीधिले त्यो स्थानिय तहको भविष्य तथा मार्गचित्र कोर्ने जिम्मेवारी बहन गर्नु पर्छ। उपाध्ययक्ष तथा उप मेयरको पद सम्माल्नु अगाडी नै आफुले नेतृत्व गर्ने स्थानिय तहलाई कस्तो बनाउने? कसरी बजेट व्यबस्थापन गर्ने, समानुपातिक बिकासको मापदण्ड कसरी बनाउने जस्ता गम्भिर कार्यभार बहन गर्नु पर्ने योजना सहित आम मतदाता बिच आउनु पर्छ ।
यसै सन्दर्भमा यहाँ कञ्चन गाउपालिकाको उपाध्यक्षमा को आउला? ककसले कुन कुन आधारमा आकांक्षी भएर प्रस्तुत भएका छन? दलहरुले क कसलाई उपाध्यक्ष पदको उमेद्वार बनाउला भन्ने बहसहरुका बिच केही महत्वाकांक्षीहरुको बारेमा संक्षिप्त जानकारी दिने प्रयास गरिएको छ।
यो फिचर तयार गर्दा सम्म गोमा तरामुले कञ्चनको उपाध्यक्ष पद सम्हाल्दै आएका छन। बि.सं. २०७४ को स्थानिय तहको निर्वाचनमा सबैभन्दा बढी लोकप्रिय मत पाएर उपाध्यक्ष पदमा निर्वाचित भएका तरामुको काँधमा कञ्चनको सुन्दर भविष्य निर्माण गर्ने जिममेवारी आएको थियो । सो जिम्मेवारीलाई सहजै अवतरण गरे यो ५ बर्षमा उपाध्यक्ष तरामुले । अहिले देखिएको कञ्चनको चित्र उपाध्यक्ष तरामुले निर्माण गरेको मार्गचित्र र योजनाको मुर्त रुप हो । उपाध्यक्ष तरामुले कोरेको मार्गचित्रलाई कार्यान्वयनको जिम्मा अन्य जनप्रतिनीधिहरुले गरे ।
यो ५ बर्ष कञ्चनको भविष्य निर्धारण गर्ने उपाध्यक्ष पदमा कसले जितेर आउला? उक्त पदमा कुन कुन दलबाट क कसले दावी गर्दै आएका छन? यहाँ संक्षिप्त जानकारी गराउने प्रयास गरिएको छ।
गोमा तरामु, नेकपा एमाले
देशमा संघिय गणतन्त्र स्थापना पछि पहिलो पटक बि.सं. २०७४मा भएको स्थानिय तहको निर्वाचनमा कञ्चन गाउपालिको पहिलो उपाध्यक्ष पदमा निर्वाचित भएका गोमा तरामु नेकपा एमालेका जिल्ला सदस्य हुन। महिलालाई हरेक काम गर्न सहज छैन भन्नेहरुका लागि सवल नेतृत्व गर्दै कञ्चनको सुन्दर भविष्य कोरेर देखाइ दिएका छन। महिलाले अवसर पाए पहाड समेत फोर्न सक्छन भन्ने भनाइलाई गोमा तरामुले व्यबहारमै लागु गरेर देखाएका छन। इच्छा र दुर दृष्टि भएमा महिला पनि पुरुष भन्दा कुनै कम हुदैनन भन्ने उदाहरण प्रस्तुत गरिसकेकी गोमा तरामुले नेकपा एमालेको तर्फबाट खागामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा उपाध्यक्ष पदमा पुनः दावी गरेकी छन। यो ५ बर्ष सिक्दा सिक्दै बितेको खास परिकल्पना गरिएको योजनालाई मुर्तरुप दिन भनेर पुनः एक पटक उनि नेतृत्वमा आउन चाहेका हुन। हुन त उनले अध्यक्ष भएर गाउपालिका हाँक्न चााहन्थिन तर आकांक्षी पुरुष उमेद्वारहरुको दवदवालाई सहजै छिचोल्ने आंट गर्न नसके पछि कञ्चनको महत्वपुर्ण जिममेवारी पद उपाध्यक्षमा दोहोरिन चोहेकी हुन। उपाध्यक्ष भइसकेपछि कञ्चनको न्यायिक क्षेत्रको समेत कार्यभार सम्हाल्नु पर्ने हुन्छ। गएको ५ बर्ष कञ्चनमा हुने घरेलु हिंसा, महिला हिंसा, सम्बन्ध बिच्छेद, साँध सिमाना, पारिवारिक झै झगडा जस्ता सामाजिक मेलमिलाप सम्वन्धी बिषयहरुमा सन्तुलित न्यायिक क्षमता प्रस्तुत गरिसकेका तरामुले नेकपा एमालेको तर्फबाट सर्बसम्मत उमेद्वारी पाए जित्न सक्ने सम्भावना देखिन्छ।
राधिका चौधरी, नेपाली कांग्रेस
नेपाली कांग्रेसका प्रदेश सदस्य रहेका राधिका चौधरी कञ्चन जेसिज बर्ष २०२१ का अध्यक्ष हुन। महिला नेतृको रुपमा परिचित चौधरीले आगामी बैसाख ३० गते हुन स्थानिय तहको चुनावमा कञ्चन गाउपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष पदमा उमेद्वारी दावी गर्दै आएका छन। कञ्चन जेसिजको अध्यक्ष भएर समग्र कञ्चनको भौगोलिक अवस्थाबारे पुर्ण जानकारी लिएका चौधरीले उपाध्यक्ष पदमा विजयी भएमा कञ्चनको समानुपातिक बिकासको योजना निर्माण गर्न सक्ने क्षमता राख्न सक्छन। नेतृ नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दल, रुपनदेही क्षेत्र नं. ५(क)को उपसभापति समेत हुन। नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा रुपनदेही क्षेत्र नं. ५(क)को उपसभापति पदमा पराजित चौधरीले नेतृत्व बिकासमा राम्रो दख्खल प्राप्त गरेका छन। निर्णायक क्षमता पनि उत्तिकै अव्वल रहेको चौधरीले कांग्रेसको तर्फबाट सर्बसम्मत उमेद्वारी भएमा आगामी बैशाख ३० गतेको स्थानिय तहको चुनावमा वाजी मार्न सक्ने प्रवल सम्भावना रहेको छ। कञ्चनको बिभिन्न संघसंस्थाहरुमा सफल नेतृत्व गरिसकेका चौधरीले कञ्चनको उपाध्यक्षमा विजयी भए कञ्चनको सुन्दर भविष्य कोर्नमा आफ्नो अव्वलता कायम गर्ने बिश्वासका साथ आम मतदाताहरुको रोजाईमा नेपाली कांग्रेसको तर्फबाट सर्बसम्मत उपाध्यक्ष पदमा उमेद्वार हुन सके महिला नेतृ राधिका चौधरी पर्न सक्छन।
कुमारी घर्ति मगर,नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रका महिला नेतृ कुमारी घर्ति १० बर्षे जनयुद्धका क्रान्तीकारी योद्धा हुन। जनमुक्ती सेनाको बिभिन्न कमिसारहरुको सवल नेतृत्व गरी १० बर्षे जनयुद्ध सफल बनाउन महत्वपुर्ण भुमिका खेलेका थिए । २०६२/२०६३ को शान्तीपुर्ण जनआन्दोलन र १० बर्षे जनयुद्ध पछि स्थापना भएको शान्ती सम्झौता पश्चात स्थानिय तहमा आएर पार्टी गतिविधीलाई अगाडी सार्दै आएका नेतृ घर्ति आगामी बैशाख ३० गते हुने स्थानिय तहको चुनावमा नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष पदमा उमेद्वारी दिने भएका छन। तर सत्तारुद्ध दलहरुले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिन पहल भइरहेका कारण घर्ति पार्टीले दिएका जिममेवारी अनुसार अगाडी वा पछाडी फर्किनु पर्ने बाध्यता पनि जिवित रहेको छ। तर गठबन्धनमा कुरा नमिलेको अवस्थामा भने कुमारी घर्तिले कञ्चन गाउपालिकाको उपाध्यक्ष भएर कञ्चनलाई समृद्ध बनाउन आफ्नो अव्वलता प्रस्तुत गर्न सक्ने आम मदाताहरुको आशा रहेको छ।
दिलमाया फौजा, राष्ट्रिय जनमोर्चा
चित्र बहादुर के.सी.ले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चाको संस्थापनबाट बिद्रोह गरेर समानान्तर संगठन मार्फत राजनैतिक गतिबिधी संचालन गर्दै आएको राष्ट्रिय जनमोर्चाले पनि आगामी बैशाख ३० गतेको स्थानिय तहको चुनावमा भाग लिने भएको छ। पुंजीवादी व्यबस्थाको अन्त्यका लागि चुनावलाई उपयोग गर्न उपाध्यक्ष पदमा सो पार्टीका कञ्चनका उपाध्यक्ष दिलमाया फौजालाई अगाडी सारेको छ। राष्ट्रिय जनमोर्चाको लामो राजनैतिक यात्रामा सदैब अग्रसर हुदै आएका फौजामा पनि कञ्चनको उपाध्यक्ष भएर गाउपालिका हाँक्ने क्षमता रहेको छ। संगठन राम्रो नभएपनि राष्ट्रिय जनमोर्चामा बिश्वास गर्ने आम मतदाताहरुको मतलाई सुरक्षित गर्न र आम मतदातालाई पार्टीको बिचारबारे जानकारी गराउन नेतृ फौजाले उपाध्यक्ष पदमा दावी गरेका हुन।
चेलिका भुजेल, राष्ट्रिय जनमुक्ती पार्टी
आगामी बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको चुनावमा राष्ट्रिय जनमुक्ती पार्टीले पनि सहभागिता जनाउदै छ। बहुजातिय लोकतान्त्रिक समाजबादको मार्गलाई राजनैतिक एजेण्डा बनाएको सो पार्टीले जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको मुद्धालाई अगाडी सार्दै आएको छ। आफुलाई बैकल्पिक राजनैतिक शक्तीको रुपमा स्थापित गर्न खोजेको राष्ट्रिय जनमुक्ती पार्टीले कञ्चन गाउपालिकाको अध्यक्ष पदमा सो पार्टीका गाउ समितिका अध्यक्ष पुर्ण बहादुर पुनलाई अगाडी सारेको छ भने उपाध्यक्ष पदमा चेलिका भुजेललाई अगाडी सारेको छ। पार्टीको जिल्ला सदस्य समेत रहेका चेलिका भुजेल राष्ट्रिय जनमुक्ती पार्टीको शसक्त र प्रखर कार्यकर्ता हुन। यस पटकको चुनावमा पार्टीले लिएको राजनैतिक बिचारलाई आम मतदाता बिच पुराएर पार्टीलाई जिताउन बलियो सिपाहीको रुपमा उभिन तयार भएकी हुन चेलिका भुजेल। राज्यको हरेक अवसर र पहुंचबाट पछाडी पारिएका आदीवासी जनजाती, मधेसी, मुस्लिम, थारु, दलित, पिछडा वर्गहरुलाई उनिहरुको जनसंख्याको आधारमा राज्यको पहुंच र अवसरमा ज्ञारेण्टी गराउन पार्टीले लिएको मुद्धालाई निडरता पुर्वक आम मतदाता बिच पुराएर प्रतिपक्षी उमेद्वारहरुका बिच आफुलाई गाउपालिका हाँक्ने सवल र सक्षम उमेद्वारको रुपमा प्रस्तुत गर्ने सो पार्टीले बिश्वास गरेको छ। यस गाउपालिकामा बहुसंख्या मतदाताहरु आदीवासी जनजाती, मस्लिम, थारु, दलित तथा पिछडा वर्गहरु रहेका कारण तयो मुद्वालाई आम मतदाताले सहजै स्विकार गर्न सके यस पटकको चुनावमा चेलिका भुजेलले कञ्चन गाउपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुने प्राय निश्चित छ। तर आदीवासी जनजाती, मस्लिम, थारु, दलित तथा पिछडा वर्गहरु पनि फरक फरक राजनैतिक दलमा आस्था राख्दै आएका कारण उनिहरु आफ्नै दलका उमेद्वारहरुलाई मत दिन बाध्य हुनेछ। यस अवस्थामा पनि चेलिका भुजेल कुनै हतास र भयमा नपरी पार्टीले दिएको जिम्मेवारीलाई कर्तब्यनिष्ठ सिपाहीले जस्तै पालना गरी पार्टीको बिचार प्रबाह गर्न तत्पर रहने छन।
रेनु कुवँर, नेकपा एमाले
नेकपा एमालेको तर्फबाट २०७४ को स्थानिय तहको चुनावमा कार्यापालिका सदस्य पदमा निर्वाचित रेनु कुंवर एमालेका सम्भावित महिला नेतृ हुन। कार्यापालिका सदस्य भएर आफु भित्रको नेतृत्व क्षमता प्रस्तुत गरेका कुवँरले आगामी बैशाख ३० गते हुने स्थानिय तहको चुनाव गाउपालिकाको उपाध्यक्ष पदमा एमालेबाट उमेद्वारी दावी गर्दै आएक छन। कञ्चनको कार्यापालिका सदस्य भएर कञ्चनको न्यायिक समितिको सदस्य भएका रेनु कुवँरले नेकपा एमालेबाट सर्बसम्मत उपाध्यक्ष पदको उमेद्वार भएमा नेकपा एकालेले जित्न सक्ने सम्भावना रहेको छ। अखिल महिला संघ, कञ्चनको अध्यक्ष समेत कुवँरको सकारात्मक पक्ष भनेको सरल र मृदुभाषी हो । न्यायिक समितिमा रहेर मेलमिलापको माध्यमबाट कञ्चनमा हुने गरेका बिभिन्न झगडा र विवादहरुलाई किनारा लाउन सन्तुलित न्यायिक क्षमता प्रदर्शन गरेका कुवँरले उपाध्यक्ष पदमा विजयी भएमा कञ्चनको समृद्धीमा अझ महत्वपुर्ण योजना सहितको मार्गचित्र कोर्न सक्ने आशाका साथ आम मतदाताहरुले अत्याधिक मत दिएर विजयी बनाउने बिश्वास गरिएको छ।
अमृता ढकाल, नेपाली कांग्रेस
नेपाली कांग्रेसका जिल्ला सदस्य अमृता ढकालले पनि नेपाली कांग्रेसको तर्फबाट कञ्चन गाउपालिकाको उपाध्यक्ष पदमा उमेद्वारी दावी गर्दै आएका छन। नेपाली कांग्रेसमा महिला नेतृहरुको उपस्थिती निकै कमजोर भएको अवस्थामा अमृता ढकाल जस्ता महिलाहरु गाउपालिकाकै नेतृत्वको लागि अगाडी आउनु सकारात्मक पक्ष हो । तत्कालिन गजेडी गा.बि.स. को बुथ सदस्य भएर निर्वाचन परिचालनमा अहम भुमिका निर्वाह गरेका ढकालको पनि उमेद्वारीको दावीले पनि एक किसिमको रौनकता बनाएको छ। न्ेपाली कांग्रेसको तर्फबाट सर्बसम्मत उमेद्वारीको टिकट पाएमा ढकालको पक्षमा राम्रो मत आउने र पालिका उपाध्यक्षको हात पार्न सक्ने बलियो सम्भावना रहेको छ।
हिमा बेलवासे, नेकपा एमाले
नेकपा एमालेका कृयाशिल सदस्य तथा नेकपा एमालेका जिल्ला सदस्य समेत रहेका हिमा बेलबासेले पनि पार्टीको तर्फबाट गाउपालिकाको उपाध्यक्ष पदमा दावी गर्दै आएका छन। संचार क्षेत्रमा पनि राम्रो अनुभव संगालेर पुर्ण रुपमा राजनैतिक क्षेत्रलाई महत्व दिएर संगठन बिस्तारमा सक्रिय बेलवासे नेकपा एमाले भित्र राम्रो सम्भवना बोकेका महिला नेतृहरु मध्येमा गनिन्छन। वाक कलामा परिपक्व र समय सान्दर्भिक बिषयमा फरक राजनैतिक दलहरुसंग सैद्धान्तिक बहसमा उत्रिन सक्ने क्षमता भएका बेलवासेले यस पटकको स्थानिय तहको चुनावमा नेकपा एमाले भित्रको बलियो दावेदार उमेद्वारको रुपमा आफुलाई प्रस्तुत गर्दै आएका छन। एकै ठाउ एउटै व्यक्तिले धेरै समय सम्म नेतृत्व गर्दा आम मतदाता र कार्यकर्ताहरुमा पनि निरासा आउन सक्ने सम्भावनालाई समाधान गर्न पनि सक्षम र सवल व्यक्तिलाई पनि अवसर दिनु पर्ने मान्यता राख्ने नेतृ बेलवासेले पार्टीबाट सर्बसम्मत टिकट पाउन सके प्रतिपक्षी उमेद्वारहरुलाई पनि सहजै पराजित गर्न सक्ने क्षमता राख्न सक्छन।
निरमाया बोहरा, नेपाली कांग्रेस
भुमिहिन दलित, भुमिहिन सकुमवासी तथा अव्यबस्थित बसोबासी आयोग रुपन्देही सदस्य निरमाया बोहरा नेपाली कांग्रेसका सक्रिय महिला नेतृ हुन। नेपाली कांग्रेस कञ्चन गाउ समितिको पुर्व कोषाध्यक्ष समेत रहेका बोहराले नेपाली कांग्रेसको तर्फबाट आसन्न बैसाख ३० गते हुने स्थानिय तहको चुनावमा कञ्चनको उपाध्यक्ष पदमा उमेद्वारी दावी गरेका छन। नेपाली कांग्रेस, क्षेत्रिय प्रतिनीधि रहेका निरमाया बोहराले पनि पार्टीमा गरेको सक्रियता र बिभिन्न संघसंस्थामा रहेर नेतृत्व क्षमता देखाएका कारण पनि अवको चुनावमा गाउपालिकाको उपाध्यक्ष भएर कञ्चनको नेतृत्व गर्न सर्ब सम्मत टिकट पाउनु पर्ने दावी गर्दै आएका छन। महिलाहरुलाई अनुहार र लिंगका आधारमा भन्दा पनि उसको कार्यक्षमता र क्रियाशिलताको आधारमा जिम्मेवारी दिनु पर्ने मान्यतालाई आत्मसाथ गर्दै आएका महिला नेतृ बोहराले कांग्रेसको तर्फबाट टिकट पाएमा आफ्नो उमेद्वारीलाई अझ सशक्त बनाउने प्रतिबद्धता लिएका छन। निरमाया बोहराको सामाजिक क्रियाशिलतालाई सम्मान गर्न पनि आम मतदाताहरुले उनलाई जिताउने सम्भावना राम्रो देखिन्छ।