५ पागुन, कञ्चन
नेपाल मगर संघ, कञ्चन गाउ कार्य समितिको दोश्रो अधिबेशन सम्पन्न भएको छ। उक्त अधिबेसनले कविराम काउचाको अध्यक्षतामा १५ सदस्यिय नेपाल मगर संघ, कञ्चन गाउ कार्य समिति निर्वाचित गरेको छ।
अधिबेसनले उपाध्यक्षमा थम बहादुर सिंजाली मगर, सचिवमा मन बहादुर थापा मगर(मोती), सह सचिवमा मदन थापा मगर र कोषाध्यक्षमा मामकला थापा मगरलाई निर्वाचित गरेको छ। यस्तै सदस्यहरुमा जाल बहादुर अर्गेजा मगर, शेर बहादुर भुजेल मगर, मेख बहादुर पुन मगर, पवित्रा थापा मगर, ओम बहादुर पुन मगर, राधादेबी अस्लामी मगर, गंगा पुन मगर, श्रीप्रसाद थापा मगर, रेनुका थापा मगर र प्रकाश थापा मगरलाई निर्वाचित गरेको छ।
अधिबेसनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेपाल मगर संघ, जिल्ला कार्य समिति रुपन्देहीका सदस्य चेलिका भुजेलले जातिय पहिचानका लागि हरेक मगरहरु एकबद्ध हुनु पर्नेमा जोड दिनु भएको छ । हाम्रो भाषा, धर्म संस्कृति र परम्परा लोप हुदै गइरहेको प्रति चिन्ता ब्यक्त गर्दै आफ्नो भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रबद्र्धनमा मगर जाती आफै नै लाग्नुको बिकल्प नभएको समेत जिल्ला सदस्य भुजेलले उल्लेख गर्नु भयो । बहुजाती, भाषा, धर्म र संस्कृति भएको देशमा एकल जातिय पहिचान बिरोधी शासकले अन्य जातिको भाषा धर्म र संस्कृतिको संरक्षणमा ध्यान नदिएको र जातिय नारा उठाएर राज्यसत्तामा पुगेका दलहरुले समेत लोपोन्मुख जाती भाषा धर्म र संस्कृतिको संरक्षणका लागि कुनै ऐन कानुन नबनाउनु मगर जाती सत्ताका लागि भर्यांगमात्र भएको साबित हुदै गएको प्रमुख अतिथि समेत रहनु भएको जिल्ला सदस्य चेलिका भुजेलले उल्लेख गर्नु भयो ।

यस्तै कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा रहनु भएका कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले मगर जातीमा अझै पनि राजनैतिक बिचार बलियो हुन नसकेका कारण राज्यको निर्णायक शक्तीमा पहुंच पुग्न नसकेको बताउनु भयो । यसैगरी नेपाल मगर संघ, कञ्चन गाउ कार्य समितिका पुर्व अध्यक्ष भैरब बहादुर थापा मगरले मध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानिय तहलाई भएपनि स्थानिय तह गठन भएको ५ बर्ष बित्दा समेत स्थानिय भाषा धर्म र संस्कृति संरक्षण गर्न कुनै पाठ्यक्रम निर्माण गर्न नसकेको आरोप लगाउनु भयो ।
संघका अध्यक्ष डोल बहादुर थापाको अध्यक्षतामा सम्पन्न अधिबेसनमा कञ्चन गाउ पार्वती घर्ति मगर , धन कुबेर बुढाथोकी , कार्यपालिका सदस्य गिता थापाले समेत मगर जातीको जातिय उत्थानका लागि राजनैतिक, शैक्षिक, आर्थिक, सांस्कृतिक रुपमा सचेत हुन आवस्यक रहेको बताउनु भयो । संघका सचिव देव बहादुर थापा मगरको संचालन तथा मोती थापा मगरको स्वागतमा सम्पन्न अधिबेशन रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहको सभाहलमा भएको थियो ।