देशघाती एमसीसी सम्झौता खारेजीको माग राख्दै नेपाल मजदुर किसान पार्टीका जनवर्गीय सङ्गठनहरू नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घको आयोजनामा २०७८ भदौ २१ गतेबाट विरोधका कार्यक्रम सुरु भयो । त्यसपश्चात् पार्टी र जनवर्गीय सङ्गठनहरूले विभिन्न ठाउँमा विरोध जुलुस, सभा तथा कोणसभाहरू आयोजना गरे । धेरैजसो ठाउँमा म पनि सहभागी भएँ । सो क्रममा प्रायः सोधिने प्रश्न थियो – “तपाईँ पनि भक्तपुरबाट आउनुभएको हो ?” म जवाफ दिन्थेँ, “होइन ।” मेरो उत्तर सुन्दा धेरै जनाले अचम्म माने जस्तो गर्नुहुन्थ्यो ।
मङ्गलबजारमा एकजना सुरक्षाकर्मीले सोधे –
“सबैजना भक्तपुरबाट आउनुभएको हो ?”
“सबै भक्तपुरबाट मात्र आउनुपर्छ भन्ने छैन नि,” मैले हाँस्दै भनेँ ।
“त्यो त छैन,” उनले पनि भने ।
“भक्तपुरमा तपाईँहरू धेरै हुनुहुन्छ,” उनले थपे ।
“भक्तपुरभन्दा हामी बाहिर बढी छौँ । अनि हामीले उठाएको मुद्दा भक्तपुरको होइन, देशको सार्वभौमिकता रक्षाको निम्ति हो ।”
“त्यो त हो सर १ तर, के गर्नु, एमसीसी संसद्बाट पास गर्लान् जस्तो छ ।”
“त्यसकारण त नेपाली जनता सचेत हुनुप¥यो १ तपाईँ–हामी सबै मिलेर देश बचाउनुपर्छ ।”
“के गर्ने सर, नेताहरूले पैसा खाएका छन् । तिनलाई केही मतलब छैन । ”
“सधैँ उस्तै अवस्था हुँदैन । दलाल, भ्रष्टाचारी, ठग, विदेशी गुप्तचर को को हुन्, नेपाली जनताले चिन्नेछन् । यी दलाल नेताहरूलाई थुन्नेछन्, कारबाही गर्नेछन् । नेपाली जनताले देशलाई भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको चङ्गुलबाट मुक्त गर्नेछन् । ”
“हुन्छ सर, लामो समय लागे पनि सत्यको पक्षमा लाग्नुभएको छ, सफलताको शुभकामना छ !”
“तपाईँ हामी सबै मिलेर सत्य र न्यायको पक्षमा लड्नुपर्छ ।”
पाँचखालमा अर्का एक सुरक्षाकर्मीले सोधे, “सबै भक्तपुरबाट त होलान् नि, हैन रु” मैले धेरैजसो काभ्रेबाट आउनुभएको जानकारी दिएँ । मान्छे कुन ठाउँको हो, कुन ठाउँको जुलुसमा सहभागी भयो भन्ने कुरा महत्वपूर्ण होइन । महत्वपूर्ण कुरा, ऊ कुन विषयको जुलुसमा सहभागी हुन्छ भन्ने हो । उसले कुन विचारको समर्थन गरेको छ, कुन विचारको विरोध गर्छ भन्ने कुरा महत्वपूर्ण रहन्छ । भ्रष्टाचार, अन्याय बढ्दा वा असमान र देशघाती सन्धि–सम्झौता हुँदा पनि हामीले आवाज उठाएनौँ र विरोध गरेनौँ भने हामी देशको नागरिक हुनुको कुनै अर्थ रहनेछैन । बरु हामीले पनि तिनको समर्थन गरेसरह हुनेछ । नराम्रो काम जसले गरे पनि विरोध गर्नुपर्छ । सबै कुरालाई हामीले आलोचनात्मक दृष्टिकोणले हेर्नुपर्ने हुन्छ । ठूलो नेता, प्रम, मन्त्री, सांसदहरूले भने भन्दैमा विश्वास गर्नुहुन्न । २२ हजारभन्दा बढी सरकारी कर्मचारीले दोहोरो तलब खाने गरेको र सबैै पार्टीको केन्द्रीय समितिमा विदेशी गुप्तचर भएको समाचार प्रकाशित भएकै हो । यसले पनि नेपाली जनता अझ बढी सचेत र सङ्गठित हुनु आवश्यक छ ।
‘नेमकिपा भक्तपुरे पार्टी’ भनेर आरोप लगाउनेमा दुई थरी मानिस देखिन्छन् । पहिलो थरी मानिसले सुनेको, चुनावमा जितेको, भक्तपुरमा सक्रिय र गतिविधि धेरै भएको आधारमा सजिलै यस्तो बुझेको देखिन्छ । दोस्रो थरी मानिसहरू नेमकिपाको विचार र गतिविधिबारे जानकार हुँदाहुँदै पनि नेमकिपाको प्रचार, सङ्गठन विस्तार र गतिविधि बढेको पटक्कै मन पराउन्नन् । विशेषतः शासक दलहरू आफूले गरेका कमजोरी, गल्ती र भ्रष्टाचारको विषयमा नेमकिपाले आवाज नउठाओस् भन्ने चाहन्छन् । नेमकिपा विचार र व्यवहारमा दृढ भएको देखेर सशङ्कित हुन्छन् र चिढिन्छन् । नेमकिपासँग सैद्धान्तिक सङ्घर्ष गर्न नसकेर शासक दलका नेताहरू असैद्धान्तिक कुतर्क र दुष्प्रचार गर्ने प्रयास गर्छन् । एउटा झूट बोल्न हजार झूट बोल्नुपर्छ भन्ने उखान उनीहरूमा चरितार्थ हुन्छ । जति चोटि दोहो¥याए पनि वा जति ठूलो स्वरमा चिच्याए पनि झूट आखिर झूट नै हुन्छ । नेमकिपाको देश र जनताप्रतिको इमानदारी र सेवा शासकहरूले छोप्ने प्रयास गर्नु, हत्केलाले सूर्यलाई छोप्न खोज्नुजस्तै भएको पुष्टि हुँदै छ ।
‘नेमकिपा भक्तपुरे र नेवार पार्टी हो’ भनी शासकहरूले आरोप लगाउनुले उनीहरूमा हिटलरको जस्तो जातिवादी र फासीवादी सोच रहेको प्रस्ट हुन्छ । कुनै दलको नेता वा अध्यक्ष कुनै न कुनै जातिको हुनु स्वाभाविक छ । त्यसकै आधारमा त्यस पार्टीलाई एउटा जातको पार्टी भन्नु ठीक हुन्छ र रु त्यसो हो भने नेपालका धेरै पार्टीहरूलाई ‘बाहुन पार्टी’ भन्नुपर्ने हुन्छ । के त्यस्तो भन्नु ठीक होला रु के राजनीतिक पार्टी कुनै क्षेत्र, जात, भाषा र धर्मको हुन्छ र रु तर, विडम्बना १ नेपालमा जात, धर्म र क्षेत्रका आधारमा पनि पार्टी खोलेर राजनीति गर्दै छन् । जात, धर्म र क्षेत्रका आधारमा पार्टी खोल्न दिनु गलत हो, यसलाई तत्काल रोक्नुपर्छ । राजनीतिक पार्टी भनेको वर्गको आधारमा खोल्नुपर्छ । कुन पार्टीले कुन वर्गको सेवा गर्छ, त्यसका आधारमा त्यो वर्गको पार्टी हुने गर्छ । निमुखा, गरिब, शोषित, पीडित, मजदुर र किसान वर्गको पक्ष लिने पार्टी तल्लो वर्गको पार्टी हुन्छ अर्थात् जनताको पार्टी हुन्छ । धनी, पुँजीपति, शोषक, सामन्त, प्रतिक्रियावादी वर्गको पक्षमा राजनीति गर्ने पार्टी शोषक वर्गको पार्टी हुन्छ । पार्टीले निश्चित विचार र सिद्धान्तको आधारमा काम गर्छ
विश्वमा अहिले मूलतः पुँजीवादी र समाजवादी विचारका आधारमा पार्टी बनेका छन् । तर, नामले भन्दा पनि पार्टीको व्यवहारले धेरै कुरा फरक पर्छ । स्यालले बाघको छाला ओढ्दैमा ऊ बाघ बन्दैन, स्याल नै रहन्छ । त्यस्तै, नेपालका धेरैजसो कम्युनिस्ट नामधारी पार्टीको बाहिरी मुखौटो मात्र कम्युनिस्ट छ । समाजवाद त नेपाली काङ्ग्रेसले पनि लेखेको छ, तर उसको व्यवहार समाजवादी छैन । नेकपा एमाले, नेकपा एस, माओवादी, लोकतान्त्रिक समाजवादी, राप्रपा, नेका सबै पुँजीवादी पार्टी हुन् । उनीहरू साँच्चिकै कम्युनिस्ट र समाजवादी भएका भए शिक्षा र स्वास्थ्य, सरकारी र सार्वजनिक संस्थान, उद्योग, कल–कारखाना, निगम र तिनका सम्पत्तिहरू निजीकरण गर्ने थिएनन् । निजीकरण होइन, सामाजिकीकरण र राष्ट्रियकरणलाई जोड दिने थिए ।