#जगिलाल थापा,रुपन्देही
सेप्टेम्वरको पहिलो शनिवार पंक्षी संरक्षण कर्मीहरुका लागि महत्वपुर्ण दिन हो । हरेक बर्षको सेप्टेम्वरको पहिलो साताको शनिवारलाई बिभिन्न संरक्षणकर्मीहरुले बिशेष दिनको रुपमा लिने गर्दछन । अर्थात सेप्टेम्वरको पहिलो साताको शनिवारका दिन प्रकृतिका कुचिकार गिद्ध सचेतना दिवसको रुपमा मनाउने गर्दछन ।
यो दिवस दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाईदै आएको “राष्ट्रिय सचेतना दिवस” बाट बिकसित भई नेपालमा अन्तराष्ट्रिय गिद्ध सचेतना दिवसको रुपमा सन् २००९ मा मनाउन थालिएको हो । खासगरि संकटापन्न बन्यजन्तु कोष Endangered Wildlife Trust) , गैंडा र सिंह बन्यजन्तु संरक्षण (Rhino and Lion Wildlife Conservation) र बर्ड लाईफ दक्षिण अफ्रिका (Birdlife South Africa) को अगुवाईमा यो दिवस मनाउन सुरु गरिएको हो ।
बिशेष गरेर नेपालको सन्दर्भमा नेपाल पंक्षी संरक्षण संघको अगुवाईमा नेपालको बिभिन्न स्थानहरुमा गिद्धलाई संरक्षण गर्ने उद्धेश्यका साथ समुदायस्तरमा जटायु रेष्टुरेण्टहरुको स्थापना गरी“गिद्ध सुरक्षित क्षेत्र’’हरुको निर्माण गर्ने कार्यमा नेतृतव गरिरहेको छ । नेपाल यसैपनि चराहरुको लागि उपर्युक्त बासस्थान क्षेत्रको रुपमा मानिन्छ ।नेपालमा करिव ९ सय भन्दा बढी प्रजातीका चराहरु पाइन्छन । त्यसमध्ये गिद्ध पनि एक प्रजातीको चरा हो ।
प्रत्येक बर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबारको दिन संसारभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाईदै आएको र यस बर्ष ५ सेप्टेम्बर २०२० का दिन बाहौ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपाल लगायत बिश्वभर भब्यतका साथ मनाईदैछ । आफ्नो योजना तथा अनुकुलता अनुसार यो दिवश नेपालमा (१ देखि ७ सेप्टेम्बर २०२०)सप्ताहब्यापी रुपमा पनि मनाईएको छ। यस बर्ष बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको जोखिम भएका कारण गिद्ध सचेतना दिवसलाई भेला,¥याली र गोष्ठीको रुपमा मनाउन सम्भव नभएकोले स्थानिय संचार गृहहरुबाट गद्धि संरक्षण सम्बन्धी सचेतना शन्ेदस प्रसारण र प्रकाशन गरेर आम नागरिकहरुमा सचेतना प्रवाह गर्ने कार्य रह्यो ।
यो अन्तर्राष्ट्रिय गिद्ध दिवस मनाउनुको मुख्य उद्देष्य भनेको दिनप्रतिदिन घट्दै गईरहेको गिद्धको अवस्था र गिद्ध संरक्षणमा भैरहेका प्रयासहरु सबै सामु उजागर गर्नु हो । गिद्ध संरक्षणका लागि समुदायस्तरमा सचेतना प्रवाह गर्नको लागि बिभिन्न संचार गृहहरुवाट गिद्ध संरक्षण सम्बन्धी बृत्तचित्र,अन्तवार्ता र सूचनाहरु प्रसारण गरी गिद्धको महत्वमा अझ प्रभावकारी बन्न सकेको छ।
गिद्ध कस्तो पंक्षी हो त ?
गिद्धहरू अन्य चराहरु भन्दा भिन्नै खालको पंक्षी हो जस्ले मरेको जनावरको सिनो खाएर बाँच्ने गर्दछन र आफ्नो आहाराको लागि यिनीहरुले आफै शिकार गर्दैनन । गिद्धहरूको पाचन प्रणाली यति बलियो र पाचन शक्ती हुन्छ की महिनौ दिन सम्म सडेर रहेको विभिन्न हानीकारक किटाणुहरू भएको सिनो पनि पचाउन सक्छन् । त्यस्ता किटाणुहरू गिद्धको पेटमा पुगेपछि नष्ट हुन्छन् । यय अर्थमा पनि हाम्रो वरीपरी गिद्धहरुको उपस्थिती हुनु स्वच्छ वातावरणको संकेत हो ।
हाडफोर र गोब्रे गिद्धको केहि अवस्थामा बाहेक गिद्धले एकपटकमा एउटा मात्र फुल पार्दछ र गिद्धहरुले गुँड बनाउने समय भनेको असोज महिना देखि शुरु हुन्छ भने अण्डा पारेको केही दिन पछि गिद्ध ओथरा बस्न शुरु गर्छ र ओथरा बसेको ७५ दिन पछि बच्चा कोरल्छ । बच्चा कोरलेको करिव १२० दिनमा बच्चा गिद्ध उड्न सक्ने हुन्छ भने असोज देखि प्रजनन् कार्य सुरु भई जेठ महिनामा बच्चा गुँडबाट उड्न सक्ने हुन्छ ।
गिद्ध किन आवस्यक छ ?
गिद्धको पहिलो फाइदा भनेको हप्तौ तथा महिनौ सम्म खुल्ला वातावरणमा सडेर दुर्घन्ध फैलिरहेको कुनै पनि जीवजन्तुको सिनो खाएर वातावरणलाई सफा राख्न मद्दत गर्दछन । आफै सिकार नगर्ने तर मरेका, सडेगलेका सिनो मात्र खाने भएकाले बातावरणलाई प्रदुषित र दुर्गन्धित हुनबाट बचाउनुका साथै स्वच्छ सफा राखी विभिन्न महामारी रोगहरु हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग, एन्थ्राक्स, क्षयरोग आदि फैलनबाट बचाँउछ । तसर्थ गिद्ध प्रकृतिको अभिन्न अंग भएकाले पर्यावरणीय चक्र (Ecosystem) र खाद्यसृङ्खला (Food Chain) संतुलित राख्नको लागि यसको उपस्थिति अनिवार्य छ । यसै गरी पकृतिमा कुनै बिपत्ती वा पाकृतिक प्रकोप आउनु भन्दा अगाडी यिनीहरुले कुनै कुनै संकेत दिएर मानविय क्षति र धन जनको हानी हुनबाट सुरक्षित राख्न सहयोग गर्ने भएकोले पनि गिद्धहरुको धार्मिक र सांँस्कृतिकमा निकै महत्वपुर्ण मानिन्छ ।
कुनै शिकार गरिदैन तर गिद्धहरु ह्रास हुदै गएका छन, किन ?
जनावरहरु बिरामी भएको अवस्थामा पशु चिकित्सक वा प्राबिधिकहरुले बिरामी जनावरहरुलाई उपचार गर्ने क्रममा दर्द वा दुखाई कम गर्ने डाईक्लोफेनेक नामक औषधीको प्रयोग नै गिद्ध विनाशको प्रमुख कारक तत्व रहेको पुष्टि वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ । यसैगरी बन्यजन्तुहरुबाट किसानले बालिनाली र घरपालुवा जनावर जोगाउन सिनोमा विषादीको गैरकानुनी प्रयोग गरेका कारण पछिल्लो समयमा गिद्धहरुको मृत्यु हुने गरेकाले पनि गिद्धहरुको संख्या दिन प्रतिदिन घट्दै गइरहेको छ। यस्तै गिद्ध ठूलो आकार भएको पंन्छी भएकाले आकाशमा उड्नेक्रममा विद्युतिय तारमा परी पनि गिद्धहरुको मृत्यु हुने गरेको पाइएको छ भने एसिक्लोफेनेक, किटोप्रोफेन, निमुस्लाइड र प्लुनिक्सिन नामक दुखाई कम गर्ने औषधी प्रयोगको कारणले पनि गिद्धको मृुत्यु हुने गरेका कारण प्रकृतिका कुचिकार मानिएको गिद्धहरुको संख्या घट्दै गइराखेको हुनाले कुनै पनि मानविय शिकार नगरिएको अवस्थामा पनि अहिले कतिपय गिद्धहरु लोपोन्मुख र संकटापन्न अवस्थामा पुगेको छ ।
यस बाहेक पनि पहिले पहिले आकाश भरी उड्ने गिद्धहरुको लोप हुनुको अन्य कारणहरु मध्ये बाटो , बस्ती तथा बिभिन्न भौतिक निर्माणको कार्यले वन विनाश हुनुका साथै गिद्धले गुँड लगाउने योग्य अग्ला र ठूला रुख काटिनाले गिद्धको बाँसस्थान विनाश हदै जानु, आधुनिक कृषि औजार (मेशिन) को प्रयोगले त्यसबाट निस्किने धुलो धुँवा र मानिसहरुमा भौतिक सुबिधा बढ्दै जानु र मानिसले पशुपालन गर्न विस्तारै छोड्न थाल्नु र मरेका पशुचौपाय पनि गाड्न थालेपछि गिद्धकोको लागि सुरक्षित आहाराको कमी हुन गई गिद्धहरु लोप हुदै गएको छ। यस्तै बच्चा उड्न नसक्ने बेलामा वन जंगलमा बाढीपहिरो, डढेलो, आगलागी र ठूलो आँधीवेहेरी जस्ता प्राकृतिक प्रकोपका कारण गिद्धको बाँसस्थान विनाश हुनुका साथै ओथरा बसेको बेला (बच्चा) को मृत्यु समेत हुँदा गिद्धको संख्यामा कमि हुन गएको छ।
नेपालमा गिद्धको अवस्था
बिश्वमा करिब २३ प्रजातीका गिद्धहरु पाइन्छन भने दक्षिण एशियामा ९ प्रजताीका गिद्धहरु पाइएको छ। दक्षिण एशियामा पाइएने ९ प्रजातीका गिद्धहरु नेपालमा पनि पाइन्छ ।अहिले नेपालमा डंगर गिद्ध,सानो खैरो गिद्ध,लामो थुँडे गिद्ध,सुन गिद्ध,सेतो गिद्ध,हिमाली गिद्ध,राज गिद्ध,हाडफोर गिद्ध र राज गिद्ध गरी ९ प्रजातीका गिद्धहरु पाइन्छन।
सन २०१६ को गिद्ध सम्बन्धी सर्बेक्षण अनुसार संख्यात्मक हिसावले हेर्ने हो भने नेपालमा हिमाली गिद्धको संख्या अन्य गिद्धहरुको भन्दा केही बढी पाइएको छ। जसको संख्या करिब १० हजार जति रहेको पाइन्छ भने डंगर गिद्धको संख्या लगभग २ हजार जति पाइएको छ । त्यस्तै सेतो गिद्ध ३ सय देखि १ हजार,सुन गिद्ध लगभग ४ सयको संख्यामा रहेको छ भने हाड फोर गिद्ध करिब ५ सय,राज गिद्ध करिव १ सय र सानो खैरो गिद्ध ५० देखि ७५ जतिको संख्यामा रहेको पाइन्छ। लामो ठुँडे गिद्ध र खैरो गिद्ध निकै कम संख्यामा रहेको छ। जुन अति संकटापन्न गिद्धको रुपमा गणना गरिएको छ।
गिद्धहरुको उमेरको बारेमा यति नै हो भन्ने यकिन नभएता पनि बुढापाकाहरुको कथन अनुसार न्युनतम १ सय बर्ष देखि बढीमा १ हजार बर्ष सम्म बाँच्न सक्छ भनिए पनि नेपाल पंक्षी संरक्षण संघ र बिभिन्न संरक्षणकर्मीहरुको अध्ययन अनुगमन अनुसार गिद्धहरु ३८ देखि ४० बर्ष सम्म बाचेको पाइएको छ। यिनीहरुको मुख्य बासस्थानको आधारमा पुर्बी चितवन देखि पश्चिम कञ्चनपुर सम्म गिद्धहरुलाई पाउन सकिन्छ । खासगरी जहाँ मरेका जनावरहरुको सिनो हुन्छ त्यहाँ गिद्धहरुलाई देख्न पाइने भएपनि सुरक्षित बासस्थानको आधारमा नवपरासीको पिठौली,रुपन्देहीको गैडहवामा रहेको जटायु रेष्टुरेण्ट,दांगको लामटिया र विजौरी, कैलाली जिल्लाको खुटीया, कास्कीजिल्लाको घाँचौक, सुनसरी जिल्लाको रामधुनीमा रहेका छन् ।
डाइक्लोफेनेक गिद्धलाई कसरी घातक छ ?
गिद्धको संख्यामा कमी हुदै जानुको मुख्य कारक तत्वको रुपमा डाइक्लोफेनेक नामक औषधीलाई मानिन्छ ।यो औषधी मानिस र पशुहरुमा दुखाई कम गर्नमा प्रयोग गरिने Non-steroidal anti-inflammatory drugs (NSAIDs) मध्यको एक हो । यो औषधि प्रयोग गरिएको पशु केहि दिन (३–७) दिन भित्र मरी गिद्धको आहार हुन पुग्यो भने त्यसमा रहेको ग्लmभतबदयष्शिभम औषधिले गिद्धहरुमा भिसरल गाउट् (भित्री अंगहरुमा युरिक एसिड्का पत्थर जम्मा हुने) हुन्छ र मृगौलामा असर गर्छ । डाइक्लोफेनेकले Reactive oxygen species (ROS) को मात्रा बढाउने हुनाले मृगौलाको Renal tubular cells को लागि TOxis हुन्छ र त्यसलाई नष्ट गर्छ । यसको साथै मृगौलाले युरिक एसिडलाई छानेर पिसाबमा फाल्ने क्षमता कम गराउँछ र मृगौलाले काम गर्न छाड्छ र गिद्धको मृत्यु हुन्छ ।
नेपालमा गिद्ध संरक्षणका लागि गरिएका पहलहरु
नेपालमा नेपाल पंक्षी संरक्षण संघ र अन्य संरक्षणकर्मीहरुको अगुवाइमा गिद्ध संरक्षणका लागि सुरक्षित आहार ब्यबस्थापनका लागि समुदायस्तरमा जटायु रेष्टुरेण्टको स्थापना गरी गिद्ध सुरक्षित क्षेत्रको स्थापनामा कार्य गर्दै आइरहेको छ भने नेपाल सरकारले ‘गिद्ध संरक्षण कार्ययोजना २०१५–२०१९ लागु गरेको छ । पशु उपचारका लागि प्रयोग गरिने Non-steroidal anti-inflammatory drugs (NSAIDs) को उत्पादन, बिक्री बितरणमा र प्रयोगमा पुर्ण प्रतिबन्ध लगाएको छ ।यसैगरी नेपाल पंक्षी संरक्षण संघ को अगुवाईमा चितवनको कसरामा गिद्ध प्रजनन् केन्द्र (कृत्रिम बच्चा कोरल्ने स्थान) को स्थापना गरिएको छ ।पशु उपचारमा प्रयोग गरिदै आएको डाइक्लोफेनेक मुक्त क्षेत्र,जिल्लाहरुको घोषणा हुदै आएको छ भने बिभिन्न स्थानहरुमा गिद्धका गुँड अनुगमन गर्ने कार्यलाई निरन्तरता दिइदै आइरहेको छ । गिद्धहरुको बासस्थान र संख्या तथा गुँडहरुको अनुगमन गर्न गिद्धमा स्याटेलाइट ट्याग र प्राकृतिक वातावरण छोड्ने कार्य भैरहेको छ ।
यसबाहेक गिद्ध संरक्षणका लागि भएका थप अभ्यास अन्तर्गत भेटेरीनरी अनुगमन, समुदायस्तरमा बिभिन्न सचेतना ¥याली,सेमिनार,गोष्ठी,अन्तरकृया लगायतको कार्यक्रम संचालन गरी गिद्ध सचेतना दिवस मनाइदै आएको छ भने गिद्ध संरक्षण र पशुपंक्षी सम्बन्धी अध्ययनका लागि बिधार्थी तथा अध्येताहरुलाई छात्रबृत्ति सहयोग तथा विभिन्न वैज्ञानिक अनुसन्धान कार्य हुदै आईरहेको छ । यस्तैगरी गिद्धहरुको बासस्थानको खोज र अनुसंधान गरी ती स्थानहरुको बाँसस्थान संरक्षण र सुरक्षित बासस्थानको निर्माणका लागि समुदाय,जिल्ला डिभिजन बन कार्यलय,सामुदायिक बन उपभोक्ता समूहहरुको सहकार्यमा बनजंगलको संरक्षण र अग्ला रुखहरु (सिमल,साल,साज) जस्ता बिरुवाहरुको बृक्षारोपण कार्यहरुमा जोड दिनुको साथै कार्ययोजना निर्माणमा समन्वयकारी भुमिका निर्वाह गर्दै आइरहेको छ । गिद्ध संरक्षणमा योगदान दिएका समुदायहरुमा समुदायलाई आर्थिक रुपमा आत्म निर्भर बनाउन समुदायकै समन्वय र सहकार्यमा आयमुलक तथा ब्यबसायिक तालिम जस्ता कार्यक्रमहरु संचालन समेत हुदै आएका छन ।
दिवसको मुख्य सन्देश
गिद्धहरु प्रकृतिका एक अभिन्न अंग हुन ।तर अहिले यिनीहरु लोप हुने अवस्थामा पुगेका कारण समुदायस्तरमा गिद्धको संरक्षण र यसको महत्वको वारेमा सचेत बनाउनु दिवसको उद्धेश्य हो । हाल विश्वमा २३ प्रजातिका गिद्ध रेकर्ड गरिएको छ । दक्षिण एशियामा नौ प्रजातिका गिद्ध पाईन्छन भने ती नौ प्रजातिका गिद्ध नेपालमा पाईन्छन् । नौ प्रजातिका गिद्धहरु मध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध, लामो ठुडे गिद्ध र सुन गिद्ध अतिनै संकटापन्न अवस्थामा पुगेका छन् भने सेतो गिद्ध संकटापन्न अवस्थामा छ रहेको कुरा हरेक समुदाय,बिधालय,कलेज तथा शैक्षिक संस्थाहरुमा अवगत गराउन पनि गिद्ध सचेतना दिवसको मुख्य उद्धेश्य हो ।
सन् २००२ देखि २०१० सम्मको राजमार्ग टन्सेक्ट सर्भेबाट डंगर गिद्ध ९१ प्रतिशत र सानो खैरो गिद्ध ९६ प्रतिशतले घटेको पाइएको र औसतमा हाल ९५ प्रतिशत भन्दा बढीले गिद्ध घटी केही हजारमा सिमित हुन पुगेको अवस्था छ । नेपाल सरकार, औषधि ब्यवस्था बिभागले डाइक्लोफेनेक औषधि लाई वि.स. २०६३ जेष्ठ २३ गते देखि पशु उपचारका लागि उत्पादन, प्रयोग र बिक्रिबितरणमा प्रतिबन्ध लगाएको भएपनि यसको कार्यान्वयनलाई प्रभावकारी बनाउन र गिद्धहरुको विनाशको प्रमुख कारण पशुको उपचारमा प्रयोग गरिने औषधी डाइक्लोफेनेक (Diclofenac) हो भन्ने कुरालाई हरेक समुदायमा पु¥याउन सहज हुने भएकोले दिवस मनाइदै आएको हो । डाइक्लोफ्नेक औषधी बाहेक पशु उपचारमा प्रयोग गरिने एसिक्लोफेनेक, किटोप्रोफेन, प्लुनिक्सिन र निमुस्लाइड औषधीको प्रयोग बन्द गराई गिद्ध संरक्षणमा सहकार्य गर्नमा जोड दिन दिवस बढी सान्दर्भिक रहदै आएको छ।
हरेक बर्ष सेप्टेम्वरको पहिलो शनिवारलाई गिद्ध सचेतना दिवसको रुपमा मनाउन थालेपछि समुदायस्तरमा नेपालको ७४ जिल्लाहरु पशुउपचारमा प्रयोग गरिने डाईक्लोफेनेक मुक्त जिल्लाको रुपमा घोषणा गरिएको अवस्था छ भने निकट भविष्यमा बाँकी रहेका ३ जिल्लाहरुलाई पनि पशु डाईक्लोफेनेक प्रयोग मुक्त जिल्ला घोषणा हुने प्रक्रियामा रहेको छ । यदि औषधि ऐन २०३५ बमोजिम पशु उपचारका लागि डाइक्लोफेनेक उत्पादन, प्रयोग, बिक्रिबितरण आयात, निर्यात र भन्डारण गरेको पाईएमा त्यस्ता संघसंस्था, उधोग,कारखाना, भेटनरी पसल र भेटनरियन चिकित्सक तथा प्राबिधिकहरुलाई ३ वर्ष कैद वा रु. २५,००० जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान रहेको कुरा समुदायमा अवगत गराउन दिवसले निकै फाइदा पुगेको छ।
यसर्थ पशु उपचारमा डाइक्लोफेनेक जत्तिकै प्रभावकारी र गिद्ध लगायत अरु चराचुरुंगी तथा वन्यजन्तु लाई असरन गर्ने भनि प्रमाणित भैसकेको औषधी मेलोक्सिक्याम (Meloxicam) को प्रयोग गरौं र गिद्ध लगायत अन्य वन्यजन्तुको संरक्षणमा सहयोग पु¥याऔं । गिद्ध संरक्षणका लागि नेपाललाई“गिद्ध सुरक्षित क्षेत्र’’स्थापना गर्ने कार्य भैरहेकोछ तसर्थ सो कार्यमा सक्दो सहयोग गरी गिद्धहरुको संरक्षणमा हातेमालो गरौं ।