अति आत्मविश्वासले भरिपूर्ण संरा अमेरिका सोभियत सङ्घकै बाटोमा जाने जोखिम बढेको रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले सेन्ट पिटर्सवर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा चेतावनी दिएका थिए ।
पुटिनको कुरामा थप्दै रूसको परराष्ट्र गुप्तचर सेवाका निर्देशक सेर्गे नारीस्किन, विदेश मन्त्रालयका प्रवक्ता मारिया झखारोभा, नव–युरेसियावादका संस्थापक अलेक्सान्द्र डुगिनलगायत पूर्व सोभियत सङ्घ भोगेका व्यक्तिहरू र रूसी रक्षा विभागअन्तर्गत गुप्तचर निकायका पूर्व अधिकारी, रूसी–अमेरिकी विद्वान् रेबेका कोफ्लरले पनि संरा अमेरिका पूर्व सोभियत सङ्घकै बाटोमा हिंडिरहेको बताएका छन् ।
लक्षण नं १ – स्वार्थ समूह
पूर्व सोभियत सङ्घमा ठुलो सङ्ख्यामा रहेको कर्मचारीतन्त्रका स्वघोषित गन्यमान्यहरू रूसी समाजका सबै पक्षका परजीवी थिए । उनीहरू आफूलाई दिइएको सुविधा र सेवाको निचोरेर दोहन गर्थे । सोभियत सङ्घको अतिकेन्द्रित योजनाबद्ध अर्थतन्त्रअन्तर्गत सर्वसाधारण जनताले उपभोग गर्ने वस्तुको उपलब्धता निकै सीमित थियो । तर, गन्यमान्य व्यक्तिहरूलाई भने तत्कालीन अवस्थामा टीभी र कारजस्ता सबैखाले दुर्लभ वस्तु सहजै उपलब्ध थियो ।
आज अमेरिकी शासक वर्ग नयाँ गन्यमान्यहरू बनेका छन् । उदाहरणको लागि लकडाउनको समयमा ‘राजनीतिक नेताहरू महँगा रेस्टुराँ जान्थे, कपाल काट्ने पसलमा गएर कपाल कटाउँथे, आरामदायी बिदाको समय बिताउँथे । तर, हामी सर्वसाधारण जनता एकै ठाउँमा कुचिएर बस्यौँ, लामो कपाल पालेरै बस्यौं र अनलाइन ‘शिक्षा’को नाममा भित्तामा टोलाएरै समय बिताएका हाम्रा केटाकेटीलाई शान्त राख्न मिहिनेत गर्दै बस्यौँ ।’ सैनिक उद्योग, गुप्तचर विभाग र व्यापारिक वर्ग (वाल स्ट्रिट) ले संरा अमेरिकी राष्ट्रिय संरचनामाथि प्रभाव जमाएर राष्ट्रिय नीतिमा गहिरो प्रभाव जमायो र संरा अमेरिकाको छायाँ मन्त्रीमण्डलजस्तै बन्यो ।
लक्षण नं २ : सैनिक शक्तिको दुरूपयोग
विदेश भूमिमा सोभियत सङ्घको हस्तक्षेप अनियन्त्रित थियो । उसले हङ्गेरीमा मात्र नभई चेकोस्लाभाकिया, अफगानिस्तानलगायत देशमा सेना पठायो । संरा अमेरिकासँग हतियारको होडबाजीमा लाग्यो । त्यसले सैनिक खर्च बढायो । सोभियत सङ्घको आर्थिक र सामाजिक विकासमा गम्भीर धक्का पु¥यायो । ब्रेझनेभ शैलीको विस्तारवादी नीतिले सोभियत समाजलाई गतिरोधमा अल्झायो । अफगानिस्तानमा युद्ध सोभियत सङ्घ विघटनको एउटा कारण बन्न पुग्यो ।
एक्काइसौँ शताब्दी सुरू भएपछि संरा अमेरिका पनि इराक युद्ध र अफगान युद्धजस्ता धेरै लडार्इँमा होमियो । ती लडाईहरू महँगा मात्र थिएनन्, बरू त्यसले गम्भीर रणनीतिक असफलता पनि निम्त्यायो । दुर्भाग्यवश, अमेरिकाले यसबाट कति पनि पाठ सिकेन । बरू पटक पटक सैनिक खर्च उकालो लागिरह्यो । सन् २०२० मा संरा अमेरिकी सैनिक खर्च ७ खर्ब ७८ अर्ब अमेरिकी डलर पुग्यो । त्यत्ति पैसा भनेको संसारको कूल सैनिक खर्चको ३९ प्रतिशत हो । यसले पूर्वाधार निर्माणमा अमेरिकी लगानी कम भयो र अमेरिकी जनताको जीवनस्तर खस्कियो ।
विरोधाभासको कुरा के हो भने यति धेरै पैसा लगानी गर्दा पनि अन्य प्रमुख शक्तिमाथि अमेरिकी सैनिक प्रभाव भने प्रणालीगत रूपमै कमजोर बन्दै गयो । रणनीतिक समस्याले अमेरिकालाई थप सैनिक लगानी गर्न हौस्यायो जसले एउटा अन्त्यहीन चक्र स्थापना ग¥यो ।
लक्षण नं ३ : अधिनायकत्व
सोभियत सङ्घले पनि एक समय अहङ्कारवाद र सीमित सार्वभौमिकताको अभ्यास ग¥यो । त्यही कारण सोभियत समाजवादी शिविरमा विभाजन आयो ।
आज संरा अमेरिकाले नवउदारवाद, बलियो नै मात्र बाँच्न पाउने र जित्नेको घोडा नीतिलाई अङ्गीकार गरेको छ । अमेरिका आज उदार खालको अधिनायकवादी राज्य बनेको छ जसमा अल्पतन्त्री शासक वर्ग, विचारधारा र सञ्चार एकाधिकारवादका साथै प्रहरी राज्य साथमा छन् । यो त संरा अमेरिकाको राष्ट्रिय सुरक्षा सहायक ज्बेगन्यु बूजेजेन्स्कीले प्रबद्र्धन गरेको अधिनायकवादी राज्यको मापदण्डको पूर्ण पालना भयो ।
लक्षण नं ४ : राजनीतिक सहीपना
सोभियत सङ्घमा कुनै बेला आफ्ना ‘विपक्षी’ लाई निर्ममतापूर्वक दमन गरेको थियो । संरा अमेरिकामा आज नवउदारवाद पनि त्यत्तिकै चरमपन्थी र कडा छ । आदिबासी अल्पसङ्ख्यकको अधिकार भनेको राजनीतिक सहीपनाको आधारभूत मापदण्ड हो । उदार विचारधाराको पालना नहुने कुनै पनि अभिव्यक्तिलाई गल्ती मानिन्छ । आम चुनावमा ७ करोड ५० लाख मतले विजयी भएका ट्रम्पलाई समेत सञ्चारमाध्यम र इन्टरनेट कम्पनीले आफ्नो अनुकूलतामा चुप बस्न बाध्य बनायो ।
यद्यपि, राजनीतिक सहीपनाको धेरै आग्रह र विविध राजनीतिक पहिचानले अमेरिकी समाजमा विद्यमान विभेद कम गर्न सकेन । खासमा यसले अरू बढी विरोधी बढाएको छ । क्युएनएन र प्राउड ब्वाइजजस्ता विवेकविरोधी लोकप्रियतावादी संगठन संरा अमेरिकामा डढेलो जस्तै फैलिरहेको छ । जसले अमेरिकाको विभाजित सामाजिक नक्सालाई अझ विभाजित बनाएको छ । सन् २०२१ को जुलाईमा सीबीएसले गरेको एक सर्वेक्षणअनुसार आधा अमेरिकी जनता प्रजातन्त्र र अमेरिकी जीवनको लागि सबभन्दा खतरा भनेको अन्य अमेरिकी र घरेलु शत्रु भएको मत व्यक्त गरेका थिए ।
लक्षण नं ५ : सघन निगरानी
बाइडेन सरकारले निजी अभिव्यक्ति र लेख्य सन्देशमाथि निगरानीलाई बलियो बनाएको छ । एफबीआईले सोभियत अधिकारीहरूले जस्तै कुनै पनि ‘हिंसात्मक अतिवाद’ को विषयमा आफन्त र मित्रहरूबाट नै सूचनाको लागि प्रोत्साहित गरेको छ । अमेरिकी समाजमाथि पूर्ण नियन्त्रण खोजिरहेको अमेरिकी सरकारको यो नयाँ युग हो ।
‘टीभीमा देखेको सबै कुरा नपत्याऊ, शिक्षकले भनेका सबै कुरा नपत्याऊ, तिम्रो परिवारबारे कोही पनि अपरिचितसँग कुरा नगर ।’ अमेरिकीहरूले आफ्ना केटाकेटीलाई सिकाउने यी कुरा सोभियतकालीन शिक्षाभन्दा कति पनि फरक छैन ।
पूर्व सोभियत सङ्घजस्तै संरा अमेरिका पनि आज ठुलो समस्यामा छ । यसको कारण बाह्य होइन, आन्तरिक नै छन् । आन्तरिक संरचनागत सङ्कटको अवस्थामा संरा अमेरिकासँग दोष अर्को देशमाथि थोपर्नुको अर्को विकल्प छैन । अमेरिकाले अब यो वास्तविकता बुझ्न विलम्ब गर्नु हुन्न । चीनमाथि दोषको भारी थोपरेर मात्र केही हुनेछैन । बरू त्यसले अमेरिकी जनताको हितलाई थप दबाउन शासक वर्गलाई अझ बलियो बनाउनेछ । अन्तिममा आफ्नो देशको रोगको निदान गर्ने अमेरिकी जनता नै हुन् र अमेरिकालाई सोभियत सङ्घ २.० हुन बाट रोक्ने पनि अमेरिकी जनता नै हुन् ।
लेखक राजनीतिक टिप्पणीकार हुनुहुन्छ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः मनिषा
यो समचार majdooronline मा पनि प्रकाशित छ।