यससँगै अब दिल्लीमा जोर–बिजोर प्रणालीमा सबै पसल खुल्नेछन् । त्यस्तै मेट्रो र सरकारी बसले आधा क्षमतामा यात्रुहरु बोक्न पाउँछन् । विवाह र अन्तिम संस्कार केवल २० जना मात्र भेला हुन पाउनेछन् । स्विंमिङ पुल, गार्डेन, सिनेमा हल, मल्टिप्लेक्सलाई भने खोल्ने अनुमति दिइएको छैन । साथै स्कुल कलेज खोल्ने अनुमति पनि दिइएको छैन ।केजरीवालले एक साताको परीक्षणपछि संक्रमणको अवस्था हेरेर लकडाउन थप्ने कि घटाउने भन्ने निधो गरिने बताए ।