विश्वभरका प्रमुख केही मिडियाका वेबसाइट डाउन भएका छन् । 'द गार्जियन', 'फाइनान्सियल टाइम्स' 'इन्डिपेन्डेन्ट' र 'द न्युयाेर्क टाइम्स' काे साइट अहिले नखुलेकाे बीबीसीले जनाएकाे छ ।
बेलायत सरकारकाे वेबसाइट gov.uk पनि अहिले डाउन छ । प्रभावित वेबसाइटमा "Error 503 Service Unavailable" यस्ताे म्यासेज देख्न सकिन्छ । याे क्लाउड कम्प्युटिङ प्रदान गर्ने कम्पनी 'फास्टली' सँग सम्बन्धित भएकाे यसअघिकाे रिपाेर्टमा सुझाव दिइएकाे थियाे, जसले प्रमुख वेबसाइटहरूलाई रेखाङ्कित गर्दछ । फास्टलीले आफ्नाे विश्वभर सामग्री वितरण गर्ने नेटवर्क (सीडीएन) सँग समस्याका बारेमा बुझिरहेकाे जनाएकाे छ ।