१७ जेठ,कञ्चन
कोभिड बिरुद्ध मेरो अभियानमा कोरियामा रहेका कञ्चनका युवाहरुको एक्यबद्धता जारी गर्दै कञ्चनका कोभिड संक्रमितहरुको उपचारमा सहयोग गर्न तथा कोभिड १९को संक्रमणलाई रोकथाम तथा न्युनिकरणका लागि स्वास्थ्य सुरक्षा सामाग्रीका लागि बैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा रहेका कञ्चनका युवाहरुले सहयोग संकलन अभियान संचालन गरेका छन।"दुःख कष्ट पर्दा सहयोग गर्नु नै महानता हो" भन्ने नारा सहित बैदेशिक रोजगारीको क्रममा दक्षिण कोरियामा कार्यरत कञ्चनका युवाहरुले कञ्चनमा नयाँ भेरियन्ट सहित महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग संकलनको अभियान संचालन गरेका छन।
अभियानकर्मीहरुले सामाजिक संजाल फेसबुक मार्फत सहयोगको अपिल गरेका छन।
कोभिड १९ बाट संक्रमित कञ्चनबासीहरुको स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अर्गमोर्चाकर्मी,जनप्रतिनीधि तथा कर्मचारीहरुको सुरक्षाका लागि बिभिन्न स्वास्थ्य सुरक्षा सामाग्री व्यबस्था गर्न दक्षिण कोरियामा रहेका कञ्चनवासीमा आर्थिक सहयोगको लागि अपिल गरिएको हो । सहयोग संकलन अभियान संचालन संमन्वय गर्दै आएका हाल बैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा रहेका कञ्चन ४,जसेखर्क निवासी युद्ध सलामीले आफ्नो फेसबुक मार्फत सो अपिल गरेका हुन। सामाजिक संजाल फेसबुक मार्फत उनले "कोभिड १९ को दोश्रो लहरले मातृभूमी नेपाल आक्रान्त भएको यहाँहरुलाई अवगत नै छ । अस्पतालमा अक्सिजन, आइसियू, बेड, र अत्यावश्यक स्वास्थ्य सामाग्रीको अभाव हुँदा दिन प्रति दिन मृत्यु हुनेको सँख्या बढ्दो छ । हाम्रो कञ्चनमा पनि दैनिक १५ २० जना पोजेटिभ देखिएका छन। यस संकटको समयमा कुनै राजनैतिक पार्टी कुनै ठुला संघ सस्था ले गरेको काम बाहेक हामी स्वदेश तथा विदेशमा भएका युवा ले पनि समाजमा आई परेको समस्या दुःख लाई आफनो तरिकाले सहयोग गर्न सकिन्छ भन्ने सकरात्मक सोंच आत्मबलका साथ हाम्रो यस रूद्रपुर हरैया सम्पर्क मंच (हााल कन्चन गा. पा.)ले यस घडीमा हाम्रो कन्चन गा.पा.मा रहेको रुद्रपुर स्वास्थ्यचौकी (कोभिड अस्थाई अस्पताल)लाई (अक्सिजन सिलिन्डर)लगायतका स्वास्थ सामग्री उपलब्ध गराउने अभियानका साथ आर्थिक संकलन अभियान थालेका छौ ।"
।
"यस अवस्थामा कन्चन बाट कोरीया आउनु भएका दाजु भाई दिदी बहिनी हरुमा तपाईं हाम्रो सानो सहयोग ले कन्चन बासि को जीवन बचाउन सकिने भएकोले सहयोगि दाजुभाइ तथा दिदी बहिनिहरुमा साथै “हामी सबैको प्रतिबदता कोभिड १९ विरुद्ध हाम्रो एकता" अभियानमा सहयोगको लागि (रूद्रपुर हरैया सम्पर्क मंच)हााल कन्चन गा.पा.) हार्दिक अपिल गर्दछ ।" अभियानकर्मी सलामीले उललेख गरेका छन।
आफ्नो जन्मभुमीमा हुने हरेक समस्याहरुमा सहयोगीको भुमिकामा काम गर्दै आएका कञ्चनका युवाहरुले कोभिड १९ को दोश्रो लहरको संक्रमणले भयाबह बनाइरहेको अवस्थामा दक्षिण कोरियामा रहेका कञ्चनका युवाहरुले पुन आर्थिक सहयोग संकलन अभियान संचालन गरेका हुन । आर्थिक सहयोग संकलन अभियान संचालन गर्दा हाल सम्म १ लाख ६० हजार ओन संकलन भैसकेको आर्थिक सहयोग संकलन अभियानकर्मीका एक सदस्य किशोर ढकालले जानकारी दिएका छन ।ढकालले सहयोग संकलन कार्य बल्ल शुरु भएको र जुन १५ सम्म हामीले लिएको लक्ष्य अनुसार आर्थिक सहयोग संकलन हुने बिश्वास व्यक्त गरेका छन।
बैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा रहेका कञ्चनका युवा अभियानकर्मीहरु तपशिल बमोजिम आर्थिक सहयोग गरेका छन
१,किशोर ढकाल हरैया
२, युद्ध सलामि मगर कन्चन १०००००ओन
३, कुल बहादुर थापा १०००००ओन
४, राज भण्डारी १०००००ओन
५, सकस पुलामी १०००००ओन
६, लालु पुलामी १०००००ओन
७, भिष्म प्रसाद चालिसे १०००००ओन ओन
८, सागर शिरिष १०००००ओन
९, लेख नाथ पौडल १०००००ओन
१०, केशर दर्लामी १०००००ओन
११, निर्मल आर्य १०००००ओन
१२, श्याम शिरिष १०००००ओन
१३, मिलन रोका १०००००ओन
१४, धनेश्वर ढकाल १०००००ओन
१५, रमित मगर १०००००ओन
१६, क्रिष शुबेदी१०००००ओन