११ चैत्र
बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको थप जोखिमलाई कम गर्न नेपाल सरकारले आजबाट बिहान ६ बजे देखि घर बााहिर ननिस्कन निर्देशन दिदै देशभर लकडाउन गरेको छ ।
लकडाउन भनेको तपाई जहा जुन अवस्थामा हुनुहुन्छ त्यही बसेर आफु रहेको ठाउलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरी बस्नु हो ।लक डाउनको बेला स्थानिय प्रशासनको अनुमती बिना कुनैपनि काममा घर बाहिर निस्कन पाइदैन ।यदी लकडाउनको बेला अटेर गरी घर बाहिर निस्के सरकारले सिधै पक्राउ गरी जेल चलान वा सिधै गोली हान्ने सम्मेत सुरक्षाकर्मीलाई अधिकार हुन्छ ।
लक डाउनअन्तर्गत सबै मानिसलाई घरबाट बाहिर आउन निषेध गरिएको छ । औषधि उपचार, खाद्य बस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक घरबाहिर कसैलाई पनि निस्कन निषेध गरिएको छ । अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक यातायातका सबै सेवा पूर्णतः बन्द हुनेछन् । सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडान बन्द गरिनेछ ।
स्वास्थ्य, सुरक्षा, खाद्यबस्तु, खानेपानी, दुध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरू मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदामा हुने उच्चस्तरीय समितिले सोमबार गरेको निर्णयमा उल्लेख छ ।
औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक, कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिइने बताइएको छ ।
“व्यवसायीहरूले औषधि र औषधिजन्य सामग्रीहरूको नियमित आपूर्तिको व्यवस्था गरिनेछ । अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्नेछ”, निर्णयमा उल्लेख छ ।
“संक्रामक रोग ऐन,२०२० को दफा २ को उपदफा(२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत समेत आवश्यकताअनुसार प्रयोग गर्ने र संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुनेछ”, निर्णयमा भनिएको छ ।
बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा गठित कार्यदलबाट प्रस्तुत कोरोना भाइरससम्बन्धि क्वारेन्टिन व्यवस्था मापदण्ड, २०७६ स्वीकृत गरियो । त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा सोमबारदेखि नै बलम्बुस्थित सशस्त्र प्रहरी बल, नेपालको अस्पतालबाट कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारसम्बन्धि कार्य नेपाल सेनाका चिकित्सकहरूको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र आवश्यकता अनुसार सरकारी, सामुदायिक र निजी क्षेत्रका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरू परिचालन गरी सुरु गर्ने निर्णय गरेको छ । सोको लागि रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्रालयले आवश्यक समन्वय गर्ने उल्लेख छ ।
अन्तराष्ट्रिय संकट अर्थात महामारीको समयमा हरेक नागरिकले सरकारलाई संकट समाधान गर्न सहयोग गर्नु पर्छ भने सरकारले गरेका निर्देशन तथा नियमहरु पालना गर्नु पर्छ ।चिनको हुवान प्रान्तबाट फैलिरहेको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बिश्वका करबि १९५ भन्दा बढी देशहरुमा फैलिसकेको छ भने करिब ४ लाख भन्दा बढी मानिसहरुमा कोरोनाको संक्रमण भैसकेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ।