९ चैत्र,रुपन्देही
गैडहवा गाउपालिकाले आफ्ना नागरिकहरुलाई अत्यावस्यक कामहरुमा बाहेक बाहिर हिडडुल नगर्न र अनावस्यक भिड नगरी कोरोना भाइरसको सम्भाबित संक्रमणबाट जोगिन र सबैलाई जोगाउन आग्रह गर्दै सूचना प्रकाशन गरेको छ । गैडहवा गाउपालिकाको आजै बसेको गाउपालिका स्तरिय बिपद ब्यबस्थापन समितिको बैठकले गैडहवा गाउपालिका र मातहतका कार्यलहरुबाट सामान्य अवस्थामा दिइदै आइरहेको अत्यावस्यक सेवा तथा कार्यहरु बाहेक नियमित सेवा तथा कार्यहरु अर्को सूचना प्रकाशन नभए सम्मको लागि बन्द गरि कोरोना भाइरस बिरुद्धको जनचेतना मुलक शन्देश पैकाशन र प्रसारण गर्ने गराउने निर्णय गरेको हो ।
बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस कोभिड १९ को सम्भाबित जोखिमबाट सुरक्षित हुन र सुरक्षित बनाउन सबैले सबै ठाउबाट सुरक्षाको उपाय अवलम्बन गर्नु अत्यावस्यक रहेको गैडहवा गाउपालिकाका अध्यक्ष बच्चु केवटले भन्नु भएको छ। । अत्यावस्यक कार्यहरुमा बाहेक सामान्य कार्यहरुमा अत्याधिक भिड हुने स्थानहरुमा नजान र जान नदिन केवटले अध्यक्ष आग्रह गर्नु भएको छ ।
चीनको वुहान राज्यबाट (२७ डिसेम्बर २०१९) पौष १४ गते २०७६ सुरु भएको कोरोना भाइरस महामारी भएर मानव जीवनलाई हाहाकार बनाएको कुरा सर्व विदितै छ । चीन बाहेक १६५ वोटा देश समेत प्रभावित भएको समाचार आइरहेका छन् । चीनमा कोरोना भाइरसबाट पूर्ण रुपमा प्रभावित भएका छन् ।यसको असर नेपालमा पनि देखिएकाले आफ्नो परिवार, इष्टमित्र लगायत छरछिमेकमा सचेत गराउन गैडहवा गाउपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।
फैलिदो संक्रमणलाई रोकथाम गरी थप जटिलता उत्पन्न हुन नदिन र गैडहवावासी प्रतिको दायित्व पुरा गर्न कोरोना भाइरसको संक्रमण ब्यबस्थापनका लागि डांक,तार तथा टेलिफोन सेवा,संचार तथा छापाखाना सम्बन्धी,एम्बुलेन्स सेवा,सुरक्षा,स्वास्थ्य,खानेपानी,पेट्रोलियम पदार्थ,बैक,बिधुत तथा दैनिक खाध्यबस्तु बाहेक सम्पुर्ण कार्य तथा सेवाहरु बन्द गरिएको गैडहवा गाउपालिकाद्धारा प्रकाशित सूचनामा उल्लेख छ ।
अध्यक्ष केवटले छिमेकी देश भारत र तेश्रो मुलुकमा बैदेशिक रोजगारका लागि बिदेश गई घर आउने गैडहवावासीले घरमा आफु कोरोना भाइरसको संक्रमणबाट सुरक्षित भएको प्रमाणित नहुदा सम्म गाउपालिकाले तयार गरेको सुरक्षित उपचार केन्द्रहरुमा सम्पर्क गरी आफ्नो स्वास्थ्य जांच गराउन समेत अध्यक्ष केवटले अनुरोध गर्नु भएको छ ।
कोरोना भाइरसको सम्भाबित जोखिमलाई कम कम गर्न हिजो सूचना प्रकाशन गरी गैडहवा गाउपालिकाले यस अघिनै रुपन्देही जिल्लाकै सबैभन्दा पुरानो हाट बजार सूर्यपुरा बजार सहित गाउपालिका भित्र साप्ताहिक रुपमा लाग्ने हाट बजारहरुको संचालनमा रोक लगाएको छ । गैडहवामा बुधवार सूर्यपुरामा ,बिहीबार पचिसबगिया,शुक्रबारका दिन शान्ती बजार, आइतबार धुसुवा हात्ती बजार, मंगलवार जोगडा बजारमा मुख्य साप्ताहिक बजार लाग्ने गर्दछ ।उक्त दिन किसानहरुले उत्पादन गरेका कृषिजन्य तरकारी तथा खाध्यबस्तुहरुको किनबेच हुने गर्दछ ।
सम्भाबित कोरोना भाइरसको संक्रमणबाट जोगिन निम्न कुरामा ध्यान दिऔं
#खाना खानु भन्दा अगाडी साबुन पानी तथा खरानी पानीले एक मिनेटसम्म मिचि मिचि हात धुने गरौं,कोरोना भाइरसको सम्भाबित संक्रमण हुनबाट आफु पनि जोगिऔं अरुलाई पनि जोगाऔं ।
#हाछ्यु गर्दा,रुघा खोकी लाग्दा सफा रुमालको प्रयोग गरौं ।
#अत्यावस्यक कामहरुमा बाहेक बढी भिड हुने स्थानहरुमा नजाऔं र जान नदिऔं ।
#ज्वरो आएको,रुघाखोकी लागेको,टाउको दुखेको वा स्वास फेर्न गाह्रो भएको थाहा पाउना साथ नजिकैको स्वास्थ्य केन्द्रको सम्पर्कमा जाऔं ।
जनस्वास्थ्यका लागि
#कञ्चन खवर