##भुपाल नेपाली
यही २०७६ साल चैत्र ७ गते तदनुसार २० मार्च सन् २०२० का दिन विश्व भँगेरा संरक्षण दिवस नेपाल लगायत विश्व भर मनाईदैछ । यो दिवस सन् २०१० देखि विश्वब्यापी रुपमा मनाउन थालिएको छ भने नेपालले सन् २०१२ देखि यो दिवस मनाउन थालेको हो । नेपाल पंन्छी संरक्षण संघले विभिन्न सरकारी,गैर सरकारी सामाजिक संघसंस्था र स्थानिय साँझेदार संस्थाहरुसंग सहकार्य गरी भँगेरा पहिचान, गणना तथा विभिन्न चेतना अभिबृद्धि मूलक कार्यक्रमहरु गरी नेपालमा विश्व भँगेरा संरक्षण दिवस मनाउन लागिएको हो ।
किसानको साथी तथा पारिस्थितिकिय प्रणालीको अभिन्न अंगभँगेरा हाल विश्वबाट घट्दै गईरहेको विकराल अवस्था, भँगेराको महत्वर संरक्षणका बारेमा आम समुदायहरुमा चेतना फैलाइ भँगेरा संरक्षण गर्ने उद्देश्यले यो भँगेरा दिवस मनाउने गरेको हो । जव मानव ढुङ्गे युगबाट कृषि युगमा प्रवेश गर्यो त्यसबेला देखि नै भँगेरा र मानव जातिको सम्बन्ध नजिकीदै गयो । घर भँगेरा हाम्रो घरको खोपा, छाना, प्वाल, बतासी, मठमन्दीर, पौवा, गुम्बा आदीमा बस्न रुचाउँछन् भने रुख भँगेराले हाम्रो घरको वरीपरी रहेका रुख, झाडी, करेसाबारी र बगैचा आदीमा बस्न रुचाउँछन र त्यही गुँड बनाएर बच्चा कोरल्छन् । अन्य प्रजातिका भँगेराहरुले बाहिरै अन्यत्र स्थानमा बस्न मन पराउँछन्।
घर भँगेरा
भँगेराको महत्व : भँगेराले अन्नवाली (धान, चामल, गहु, घरको जुठ्यानमा रहेका खाना आदी) त खान्छ्न तर अन्नबालीमा लाग्ने कतिपय हानिकारक कीरा फट्याङ्ग्रा तथा लार्भा खाई कृषि उत्पादन बढाउन मद्दत गर्छन । यति मात्र होइन पारिस्थितिकिय प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै कूनै आपत विपदको पूर्व जानकारी समेत दिने गर्दछन् ।
भँगेरा संरक्षणमा चूनौती : यसरी मानवजातिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने पन्छी भँगेरा दिन प्रतिदिन विश्वबाट निम्न कारणले लोप हुने अवस्थामा पुगेका छन र संरक्षणमा चूनौती आएको छ ।
१, बाँसस्थान विनाश : पुरानो र परम्परागतभँगेरा चरा मैत्री घर नहुनु र रुख विरुवा विनाश हुनु ।
२, आहाराको अभाव : आधुनिक अन्नबाली भण्डारमा आएको परिवर्तनले उनीहरुको पहुचमा अन्न नहुनु र कृषि उत्पादनमा आएको कमी ।
३, प्रदुषण, कृषिमा अत्याधिक किटनाशक औषधी र विषादीेको प्रयोग ।
४, चेतनाको कमी : भँगेराको महत्व नबुझ्नु र यीनीहरुलाई संरक्षण गर्नुको सट्टामार्ने, छोप्ने रशिकार गर्ने ।
५, एक अध्ययनले मोवाइलफोन र यसको टावरको –याडिसनको कारणले भँगेरामा असर परेको बताइन्छ ।
भँगेरा संरक्षणका प्रयासः नेपाल पंन्छी संरक्षण संघले विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक र स्थानिय साँझेदार संघसंस्थाहरुको सहकार्यमा सन् २०१२ देखि नेपालमा विश्व भँगेरा संरक्षण दिवस भँगेरा पहिचान, गणना, अन्तरक्रिया, छलफल, चित्रकला प्रर्दशनी, र्याली आदी विभिन्न चेतना अभिबृद्धिमूलक कार्यक्रमहरु गरी यो दिवस मनाउदै आएकोछ । तपाईको सानो सहयोगले भँगेरा संरक्षणमा ठुलो टेवा पु«–याउन सक्छ त्यसकारण आउनुहोस भँगेरा संरक्षण अभियानमा हातेमालो गरौं र लोपहुने अवस्थाबाट भँगेरालाई बचाऔ ।
(लेखक नेपाली नेपाल पंन्छी संरक्षण संघ,बुटबल शाखाकार्यालयका परियोजना अधिकृत हुनुहुन्छ)