-इश्वरी ज्ञवाली
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा नेपाल राजपत्रमा प्रकाशित आधिकारिक सूचनाले सरकारी, अर्धसरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरूको भविष्य सुरक्षित गर्ने दिशामा महत्वपूर्ण नीतिगत आधार प्रदान गरेको छ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तथा नियमावली, २०७५ बमोजिम सरकारी कोषबाट पारिश्रमिक पाउने तथा पूर्ण वा आंशिक सरकारी स्वामित्व भएका संस्थाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय कार्यान्वयनमा आउनु सम्पूर्ण श्रमजीवी वर्गका लागि खुसी र गर्वको विषय हो।
यो निर्णयले कर्मचारीको भविष्य सुरक्षित गर्ने राज्यको प्रतिबद्धतालाई थप स्पष्ट बनाएको छ भने सामाजिक सुरक्षा प्रणालीलाई संस्थागत रूपमा विस्तार गर्ने नयाँ सम्भावनासमेत खोलेको छ।
छाती फुलाएर गर्वका साथ भन्न सकिने अवस्था !
एक रोजगार संयोजकको रूपमा जिम्मेवारी सम्हाल्दै गर्दा सामाजिक सुरक्षा कोष ९क्क्ँ० को महत्व र यसका फाइदाहरूबारे अरूलाई बुझाउनु तथा आबद्ध हुन आग्रह गर्नु मेरा नियमित दायित्वभित्र पर्दथ्यो।
तर, जबसम्म आफ्नै स्थानीय निकाय वा कार्यालयमा यो प्रणाली औपचारिक रूपमा लागू भएको थिएन, तबसम्म अरूलाई ूकोषमा जोडिनुहोस्ू भनी प्रेरणा दिन कताकता संकोच महसुस हुन्थ्यो। अरूलाई अपनाउन आग्रह गरिरहँदा आफ्नै पालिकामा यो अभ्यास नभएको यथार्थले मनमा एक किसिमको अप्ठ्यारोपन ल्याउँथ्यो।
तर, आज कञ्चन गाउँपालिकामा यो चित्र फेरिएको छ।
कञ्चन गाउँपालिकाका ५७ जना कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएर व्यवहारमै कार्यान्वयन गर्न सफल भएका छौँ।
आज म कुनै पनि संकोचबिना, छाती फुलाएर र गर्वका साथ सबैलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आग्रह गर्न सक्ने अवस्थामा पुगेको छु।
कञ्चन गाउँपालिकामा यो योजना लागू भएको हालै १२ महिना पूरा भएको छ। यस अवधिमा हामीले केवल कागजी निर्णय गरेर बसेनौँ, यसलाई व्यवहारमा उतार्दै ठोस उपलब्धिसमेत हासिल गरेका छौँ।
एक वर्षको कार्यान्वयन स् तथ्यले देखाएको उपलब्धि
| विवरण |
प्राप्त उपलब्धि |
| सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारी |
५७ जना |
| कुल योगदान तथा बचत रकम |
रु. ३६,८८,९५४ |
| कार्यान्वयन अवधि |
१२ महिना |
| औषधि उपचार सुविधा |
कर्मचारी तथा परिवारका सदस्यहरूले प्राप्त गरिरहेको |
| सुत्केरी स्याहार सुविधा |
१ जना कर्मचारीले रु. १९,५०० प्राप्त |
५७ जना कर्मचारीका नाममा एक वर्षको अवधिमा रु. ३६ लाख ८८ हजार ९५४ बराबरको योगदान तथा बचत रकम संकलन हुनु यस प्रणालीको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण उपलब्धि हो।
यस अवधिमा सामाजिक सुरक्षा कोषबाट कर्मचारी स्वयं बिरामी हुँदा मात्र नभई उहाँहरूका श्रीमान्, श्रीमती तथा १८ वर्षसम्मका बालबच्चा बिरामी हुँदा समेत तोकिएको व्यवस्थाअनुसार औषधि उपचार सुविधा प्राप्त भइरहेको छ।
यसले सामाजिक सुरक्षा कोषको लाभ कर्मचारीमा मात्र सीमित नभई उनीहरूको परिवारसम्म विस्तार भएको देखाउँछ।
त्यस्तै, एक कर्मचारीले सुत्केरी स्याहार सुविधाबापत रु. १९,५०० प्राप्त गरिसक्नुभएको छ।
यसरी कञ्चन गाउँपालिकामा सामाजिक सुरक्षा कोषले कर्मचारीको वर्तमान स्वास्थ्य आवश्यकता, मातृत्व तथा पारिवारिक स्वास्थ्य सुरक्षामा समेत प्रत्यक्ष सहयोग पुर्यासउँदै आएको छ।
किन आवश्यक छ सामाजिक सुरक्षा कोष ?
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार तोकिएका कर्मचारीलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने व्यवस्था गरिएको छ।
यस व्यवस्थाअन्तर्गत खाइपाई आएको तलबको ३१ प्रतिशत योगदानको व्यवस्था गरिएको छ, जसमा रोजगारदाताको तर्फबाट २० प्रतिशत र योगदानकर्ताको तर्फबाट ११ प्रतिशत योगदान रहनेछ।
यसको उद्देश्य केवल रकम संकलन गर्नु होइन, कर्मचारीको जीवनका विभिन्न चरणमा आर्थिक सुरक्षा प्रदान गर्नु हो।
सामाजिक सुरक्षा कोषका प्रमुख फाइदाहरू
१, औषधि उपचार तथा पारिवारिक स्वास्थ्य सुरक्षा
सामाजिक सुरक्षा कोषको महत्वपूर्ण उपलब्धि कर्मचारी स्वयं बिरामी हुँदा मात्र नभई उहाँहरूका श्रीमान्, श्रीमती तथा १८ वर्षसम्मका बालबच्चा बिरामी हुँदा समेत तोकिएको योजनाअनुसार औषधि उपचार सुविधा प्राप्त हुनु हो।
यसले कर्मचारीको परिवारमा आइपर्ने स्वास्थ्यसम्बन्धी आर्थिक भार कम गर्न सहयोग पुर्यासउँछ। कञ्चन गाउँपालिकामा कार्यान्वयनको एक वर्षभित्रै यस्तो सुविधा प्राप्त भइरहेको अनुभवले सामाजिक सुरक्षा कोषको व्यवहारिक महत्वलाई अझ स्पष्ट पारेको छ।
२, सुत्केरी तथा शिशु स्याहार सुविधा
सुत्केरी अवस्थामा आवश्यक आर्थिक सहयोग तथा शिशु स्याहारसम्बन्धी सुविधा उपलब्ध हुनु महिला कर्मचारी तथा परिवारका लागि महत्वपूर्ण राहत हो। कञ्चन गाउँपालिकामा एक कर्मचारीले सुत्केरी स्याहार सुविधाबापत रु। १९,५०० प्राप्त गरिसक्नुभएको छ।
यसले सामाजिक सुरक्षा कोष भविष्यको वृद्धावस्थाका लागि मात्र नभई वर्तमान जीवनका महत्वपूर्ण आवश्यकतामा समेत सहयोगी हुने तथ्यलाई प्रमाणित गर्छ।
३, दुर्घटना तथा अशक्तता सुरक्षा
दुर्घटना वा अशक्तताको अवस्था आइपर्दा प्रचलित योजनाको व्यवस्थाअनुसार आर्थिक सुरक्षा प्राप्त गर्न सकिन्छ। यसले काम गर्ने क्षमतामा कमी आए पनि जीवनयापनमा सहयोग पुर्या उँछ।
४, आश्रित परिवारको सुरक्षा
योगदानकर्ताको निधन भएमा सम्बन्धित योजनाको योग्यता तथा कानुनी व्यवस्थाअनुसार आश्रित परिवारले आर्थिक सुरक्षा प्राप्त गर्न सक्छन्। यसले कठिन परिस्थितिमा परिवारलाई सहारा प्रदान गर्छ।
५, वृद्धावस्थाको सुरक्षित जीवन
सेवा अवधिपछि नियमित आम्दानीको स्रोत सुनिश्चित गर्न योगदानमा आधारित वृद्धावस्था सुरक्षा महत्वपूर्ण आधार हो। यसले अवकाशपछिको जीवनलाई व्यवस्थित र सम्मानजनक बनाउन सहयोग गर्छ।
यी सुविधाहरू सम्बन्धित योजनाको योग्यता, योगदान अवधि र प्रचलित कानुनी व्यवस्थाअनुसार प्राप्त हुने भएकाले आबद्ध कर्मचारीलाई यसबारे पर्याप्त जानकारी हुनु आवश्यक छ।
स्वास्थ्य सुरक्षा स् रुपन्देहीका आबद्ध अस्पतालहरू
सामाजिक सुरक्षा कोषको महत्वपूर्ण उद्देश्य योगदानकर्तालाई आवश्यक परेको समयमा स्वास्थ्य उपचार तथा आर्थिक सुरक्षा प्रदान गर्नु हो।
कञ्चन गाउँपालिका तथा आसपासका क्षेत्रका कर्मचारी र योगदानकर्ताका लागि रुपन्देही जिल्लामा रहेका निम्न अस्पतालहरू स्वास्थ्य उपचारका महत्वपूर्ण केन्द्रका रूपमा रहेका छन्।
सामाजिक सुरक्षा कोषको आधिकारिक आबद्ध अस्पताल सूचीमा उल्लेख भएका अस्पतालहरू:
| क्र.सं. |
अस्पतालको नाम |
स्थान |
| १ |
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (UCMS) |
भैरहवा |
| २ |
सिद्धार्थनगर सिटी हस्पिटल |
भैरहवा |
| ३ |
गौतमबुद्ध मुटु अस्पताल |
बुटवल |
| ४ |
सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पताल |
बुटवल |
| ५ |
क्रिमसन अस्पताल |
तिलोत्तमा–५, मणिग्राम |
| ६ |
एडमन्ड सिटी हस्पिटल प्रा.लि. |
बुटवल |
यी अस्पतालहरू रुपन्देहीका विभिन्न क्षेत्रमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने महत्वपूर्ण संस्थाहरू हुन्। कञ्चन गाउँपालिका तथा आसपासका क्षेत्रका कर्मचारीलाई स्वास्थ्य उपचारका लागि अस्पताल छनोट गर्न सहज हुने विश्वास लिएको छु।
सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले उपचार गराउनुअघि सम्बन्धित अस्पतालमा उपलब्ध सेवा, उपचारको प्रकृति, सुविधाको सीमा तथा सर्तबारे जानकारी लिनु आवश्यक हुन्छ।
यसरी सामाजिक सुरक्षा कोषले कर्मचारीलाई भविष्यको वृद्धावस्था सुरक्षा मात्र नभई वर्तमान स्वास्थ्य आवश्यकता र जीवनका विभिन्न जोखिममा समेत आर्थिक सहारा प्रदान गर्ने आधार निर्माण गरेको छ।
आलोचना चिर्दै सही निर्णयको मार्गमा
समाजमा कुनै पनि नयाँ प्रणालीको थालनी गर्दा सुरुमा विभिन्न शंका, उपशंका र आलोचना हुनु स्वाभाविक हो। सामाजिक सुरक्षा कोषका पनि सुधार गर्नुपर्ने केही पक्षहरू हुन सक्छन्, जसका लागि रचनात्मक आलोचना आवश्यक छ।
योगदानको दर, सुविधा प्राप्त गर्ने प्रक्रिया, व्यवस्थापन र दीर्घकालीन प्रतिफलजस्ता विषयमा उठ्ने प्रश्नहरूको समाधान हुनु पनि उत्तिकै महत्वपूर्ण छ।
तर, केवल आशंका र आलोचनामा सीमित रहनुभन्दा आफ्नै भविष्यको सुरक्षाका लागि आजैदेखि कदम चाल्नु बुद्धिमानी हुन्छ।
मैले पनि सुरुका दिनमा विभिन्न प्रश्न र टिप्पणीहरू सुनेको थिएँ। तर, अनेक आशंकामा अल्झिनुभन्दा राज्यको नीति र सामाजिक सुरक्षा प्रणालीको दीर्घकालीन उद्देश्यलाई आत्मसात् गर्दै यस अभियानमा निरन्तर लागिरहेँ।
आज पछाडि फर्केर हेर्दा लाग्छ— समयमै यो कदम उठाइएको रहेछ।
"आजको नियमित योगदान नै भोलिको कठिन परिस्थितिमा आफू र आफ्नो परिवारका लागि सबैभन्दा ठूलो सहारा बन्न सक्छ।"
कञ्चन गाउँपालिकाको अभ्यास स् अन्य संस्थाका लागि प्रेरणा
कञ्चन गाउँपालिकामा सामाजिक सुरक्षा कोष लागू भएको १२ महिनाको अनुभवले एउटा महत्वपूर्ण सन्देश दिएको छ—
नीतिगत निर्णयलाई व्यवहारमा उतार्न सकियो भने त्यसको लाभ कर्मचारीले प्रत्यक्ष रूपमा अनुभव गर्न सक्छन्।
५७ जना कर्मचारीको आबद्धता, रु। ३६,८८,९५४ बराबरको योगदान तथा बचत, परिवारका सदस्यहरूले प्राप्त गरिरहेको औषधि उपचार सुविधा र सुत्केरी स्याहार सुविधाको वास्तविक भुक्तानीले यस प्रणालीको व्यवहारिक महत्वलाई स्पष्ट पारेको छ।
नेपाल सरकारको पछिल्लो राजपत्रको सूचनाले यस यात्रालाई थप ऊर्जा र नीतिगत स्पष्टता प्रदान गरेको छ।
यसले अन्य स्थानीय तह, सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी र रोजगारदाता संस्थाहरूलाई पनि सामाजिक सुरक्षा प्रणालीबारे सकारात्मक रूपमा सोच्न प्रेरित गर्ने विश्वास लिएको छु।
यो यात्रा पूर्णता प्राप्त गरिसकेको होइन। यसलाई अझ प्रभावकारी बनाउन कर्मचारी सचेतना, योगदानको नियमितता, सेवा प्राप्तिमा सहजता, पारदर्शिता र निरन्तर सुधार आवश्यक छ।
तर, एक वर्षको अनुभवले हामीलाई अघि बढ्ने आधार र आत्मविश्वास भने दिएको छ।
आभार तथा प्रतिबद्धता
कञ्चन गाउँपालिकामा सामाजिक सुरक्षा कोष लागू गर्ने ऐतिहासिक निर्णयलाई सकारात्मक रूपमा ग्रहण गरी कार्यान्वयनमा सहयोग पुर्या उनुहुने प्रमुख प्रशासकीय अधिकृत श्री माधव प्रसाद पोखरेलज्यू, गाउँपालिका अध्यक्ष श्री नवराज ढकालज्यू लगायत सम्पूर्ण कार्यपालिका टिम, जनप्रतिनिधि तथा कञ्चनका कर्मठ कर्मचारीहरूप्रति उच्च सम्मान र हार्दिक आभार व्यक्त गर्दछु।
कर्मचारीहरूको भविष्य सुरक्षित गर्ने यो दूरदर्शी यात्रामा सहभागी हुन, यस विषयमा पैरवी गर्न र आफ्नै संस्थामा कार्यान्वयनको नेतृत्व गर्न पाउँदा एक रोजगार संयोजकको नाताले मलाई ठूलो आत्मसन्तुष्टि मिलेको छ।
आगामी दिनमा पनि सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन, कर्मचारी सचेतना र श्रमिकको अधिकार सुनिश्चित गर्ने कार्यमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु।
नेपाल सरकारको यो नीतिले नेपालका सम्पूर्ण श्रमजीवीहरूको भविष्य सुरक्षित र उज्यालो बनाउनेछ भन्नेमा पूर्ण विश्वास लिएको छु।
अन्तिम सन्देश
पाँच वर्षदेखिको पैरवी, ५७ जना कर्मचारीको आबद्धता, एक वर्षको व्यवहारिक कार्यान्वयन, रु. ३६,८८,९५४ बराबरको योगदान तथा बचत र कर्मचारीको परिवारसम्म पुगेको स्वास्थ्य सुरक्षा— यही हो कञ्चन गाउँपालिकाको सामाजिक सुरक्षा यात्राको सार।
आउनुहोस्, सामाजिक सुरक्षालाई कर्मचारीको अधिकार, रोजगारदाताको जिम्मेवारी र सुरक्षित भविष्य निर्माणको साझा अभियानका रूपमा अघि बढाऔँ।
(लेखक ज्ञवाली कञ्चन गाउँपालिकाका रोजगार संयोजक हुनुहुन्छ।)