२० मंसिर, कञ्चन
मगर भाषा, साहित्य, कला र संस्कृतिको सम्बर्द्धन र संरक्षणका लागि नेपाल मगर महिला संघ, रुपन्देहीले आयोजना गर्न लागेको मगर साहित्य महोत्सवको अन्तिम तयारी पुरा भएको छ। पहिलो पटक हुन लागेको मगर साहित्य ममहोत्सवले मगर लेखक तथा साहित्यकाहरुमा नयाँ उर्जा थपिने बिश्वास गरिएको छ। भोली मंसिर २१ र २२ गतेगरी दुई दिनसम्म संचालन हुने महोत्सवका लागि आयोजक संस्था नेपाल मगर महिला संघ, रुपन्देहीले महोत्सव स्थलको व्यबस्थापन तथा सरसफाई गर्ने कार्यलाई समेत पुरा गरेको छ।
नेपालको ऐतिहासिक स्थल जितगढी किल्ला बुटवलमा हुने महोत्सवमा देश बिदेशमा रहेका मगर अग्रज, बिभिन्न क्षेत्रका अगुवा, बुद्धिजीवि, राजनैतिककर्मी, लेखक, पत्रकार, कलाकार, अन्वेशक, सोधकर्ता, साहत्यिकार लगायतको सहभािगता रहने नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष निर्मला थापा मगरले जानकारी दिनु भएको छ। नेपालको जनसंख्यामा समेत मगर जातीको जनसंख्या तेश्रो अंकमा भएरपनि मगर जातीको पहिचानको रुपमा रहेको भाषा, साहित्य, कला र संस्कृतिको लिपिवद्ध अभिलेख नभएको अवस्थामा महोत्सव महत्वपुर्ण कोशेढुङ्गा सावित हुने संघका अध्यक्ष थापाले बिश्वास व्यक्त गर्नु भएको छ।
कुनै पनि जाती, समुदाय तथा क्षेत्रको अस्तित्व र इतिहास भनेको नै साहित्य भएकाले मगर जातीको आफ्नै भाषा, कला संस्कृति र साहित्यको लिपिवद्ध अभिलेख नभएको कारण बिभिन्न चुनौती, बहस र छलफल पश्चात आयोजना हुने मगर साहित्य महोत्सवले मगर लेखक, अध्यता, अन्वेशक तथा साहित्यकारहरुमा नयाँ उर्जा थपिने र मगर जाती भाषा र साहित्यमा नयाँ ईतिहास कोर्ने प्रयास हुने अध्यक्ष थापाले बताउनु भएको छ।
आफ्नो कथा आफै लेखौं भन्ने मुख्य अभियानलाई सार्थक बनाउन महोत्सवमा बिभिन्न शिर्षकहरुमा सामुहिक छलफल कार्यक्रम समेत हुनेछ। मगर साहित्य महोत्सव मुल तयारी समितिका प्रचार संयोजक यम राना मगरका अनुसार कला, साहित्य र संस्कृति शिर्षक दिइएको सामुहिक छलफलमा मगर युवा : कलाले देश चिन्दै र चिनाउँदै बिषयमा छलफल हुने छ । उक्त छलफलमा नायिका मिरुना मगर, कला निर्देशक अनुसन्धानकर्ता सुजना श्रीस मगर, चलचित्र निर्देशक अशोक थापा मगर र चलचित्र निर्देशक अनिल बुढा मगर वक्ताको रुपमा सहभागि हुनेछन भने पत्रकार तथा महोत्सव मुल तयारी समितिका प्रचार संयोजक यम रानाले छलफल कार्यक्रमको सहजकर्ताको रुपमा भुमिका खेल्नु हुने छ।
यस्तै "नेतृत्व र जवाफदेहिता" शिर्षक दिइएको मगर : हिजो, आज र भोलिको प्रश्न बिषयक सामुहिक छलफल कार्यक्रममा राष्ट्रिय सभा सदस्य तथा नेपाल मगर संघका पुर्व महासचिव सुरेश आले मगर, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, मगर अध्येता तथा चलचित्रकर्मी संजोग लाफा मगर, नेपाल मगर महिला संघका केन्द्रिय अध्यक्ष हिरु राना मगर वक्ताको रुपमा सहभागि हुने छन भने पत्रकार जे.वि. पुन मगरले सो छलफल कार्यक्रमको सहजकर्ताको रुपमा रहने मगर साहित्य महोत्सव मुल तयारी समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिनु भएको छ।
मगर जातीको तीन भाषा ढुट, काइके र खाम भाषाका उत्कृष्ट ५ कविताहरुको प्रतियोगिता समेत हुने महोत्सवमा साहित्य, धर्म र संस्कृति शिर्षकमा साहित्य, धर्म तथा संस्कृति हराए के हुन्छ : स्वबोध र दिशाबोध बिषयमा सामुहिक छलफल हुनेछ। उक्त सामुहिक छलफल कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष डा. मीन श्रीस मगर, त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापकडा. श्यामु थापा मगर, बौद्ध अध्ययनका पि.एच.डि. स्कलर टि. बी. पुन मगरले मुख्य वक्ताको रुपमा सहभागिता जनाउने छन भने सहजकर्ताको रुपमा चलचित्र निर्देशक युवराज मास्की राना मगरको उपस्थिति रहने मगर साहित्य महोत्सव मुल तयारी समितिका कार्यक्रम व्यबस्थापक राधिका श्रीसले जानकारी दिनु भएको छ।
महोत्सवमा आदिकवि जितबहादुर सिञ्जाली मगर साहित्य पुरस्कार र गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कार समेत प्रदान गरिने छ। राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष खिलध्वज थापालाई उहाँको किताब ‘एक पत्रकारको बकपत्र’का लागि आदिकवि जितबहादुर सिञ्जाली मगर साहित्य पुरस्कार प्रदान गरिने छ भने नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष गंगा खासु मगरलाई उहाँका विविध योगदानको कदरस्वरुप गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कार प्रदान गरिने नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष निर्मला थापा मगरले जानकारी दिनु भएको छ।
कवि एवं समीक्षक गिरि श्रीस मगरले महोत्सवमा पुरस्कृत हुने बरिष्ठ पत्रकार खिलध्वज थापाकृत ‘एक पत्रकारको बकपत्र’ तथा लेखकमाथि परिचर्चा गर्ने कार्यक्रम रहेको मगर साहित्य महोत्सव मुल तयारी समितिका अभिलेखन उपसमितिका संयोजक जे.वि. दर्लामी मगरले जानकारी दिनु भएको छ। यसैगरी महोत्सवमा महिला : राजनीति र नेतृत्व शिर्षक दिइएको सामुहिक छलफलमा मगर महिलाः राजनैतिक र सामाजिक नेतृत्वको सवाल र सम्भावना बिषयमा छलफल अन्तरकृयात्म बहस हुने संयोजक जे.वि. दर्लामी मगरले जानकारी दिनु भएको छ। उक्त अन्तरकृयात्मक छलफलमा नेपाल सरकारका सहसचिव डा. वर्षा थापा मगर, नेपाल मगर संघ, केन्द्रीय समितिका सह अध्यक्ष गंगा खासु मगर, अध्येता एवं बुटवल बहुमुखी क्याम्पस शिक्षण सहायक गंगा पुन मगर र बगनासकाली गाउँपालिका, पाल्पाका अध्यक्ष सरस्वती चिंदी मगर मुख्य वक्ताको रुपमा आउने आयोजकले जनाएको छ । उक्त अन्तरकृयात्मक छलफलका लागि पत्रकार दिपा आले मगरले सहजकर्ताको भुमिका निभाउने आयोजकले जनाएको छ ।
महोत्सवको उद्घाटन प्रतिनीधि सभाका उपसभामुख इन्दिरा रानाले गर्नु हुने छ भने बिभिन्न बिषयमा संचालन गरिने अन्तरकृयात्मक सामुहिक छलफल कार्यक्रमको संयोजन गर्न बिषयगत संयोजक समेत तोकिएको प्रवक्ता शंकर गाहाले जानकारी दिनु भएको छ।
नेपाल मगर संघ, केन्द्रिय समिति अध्यक्ष ज्ञानेन्द्र पुन मगर, प्राज्ञ एवं साहित्यकार बूँद राना मगर र बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे समेतको आतिथ्यता रहने महोत्सवको पहिलो दिन भोली मगर लेखकहरुकृत बिभिन्न नयाँ पुस्तकहरूको समेत सामूहिक विमोचन हुनेछ । यसैगरी भोली नै मातृ (मगर) भाषामा कविता प्रतियोगितासंगै उपसभामुख रानामगर ‘उत्थान अभियानदेखि उपसभामुखसम्म’ शीर्षकको संवाद कार्यक्रम संचालन हुने प्रचार संयोजक यम राना मगरले जानकारी दिनु भएको छ। सो कार्यक्रमको सहजकर्ता भनेलुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक कमल थापामगर रहने प्रचार संयोजक रानाले जानकारी दिनु भएको छ।
नेपालको इतिहासमा पहिलो पटक आयोजना गर्न लागिएको उक्त मगर साहित्य महोत्सवमा ‘भेजा प्रथा : मगर जातिको आर्थिक सशक्तिकरण’ शीर्षकमा संवाद कार्यक्रम संचालन हुने सो कार्यक्रमका लागि समाजशास्त्री सुरेश ढकाल मुख्य प्रस्तुतकर्ता तथा वक्ता सहजकर्ताको रुपमा हिमाल खबर डट कमका सम्पादक सन्त गाहा मगर रहनु हुने छ। यस्तै ‘मगर जाति र मातृभाषाको प्रश्न’ बिषक अन्तरकृयात्मक सामुहिक छलफलका लागि सुनछहरी गाउँपालिका, रोल्पाका अध्यक्ष धनबहादुर (डीबी) पुन मगर, माथागढी गाउँपालिका, पाल्पाका अध्यक्ष यमबहादुर चिदी मगर, भाषाविद् डा. विष्णुकुमार सिञ्जाली र कर्णबहादुर बुढा मगरलाई मुख्य वक्ताको रुपमा आमन्त्रण गरिएको नेपाल मगर महिला संघ रुपन्देहीका अध्यक्ष निर्मला थापा मगरले जानकारी दिनु भएको छ। सो कार्यक्रमका लागि पत्रकार श्याम राना मगरले सहजिकरण गर्नु हुने छ।
गोपाल आचार्यले निर्देशन गर्नुभएको झाँक्री प्रथामा आधारित वृत्तचित्र ‘आखत’को समेत प्रदर्शन गरिने महोत्सवमा राष्ट्रिय जनमुक्ती पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशी मगरको ‘२१ औँ शताब्दि : मगरको पुनर्जागरण युग’ शीर्षकमा प्रवचन कार्यक्रमको समेत तय गरिएको छ।
महोत्सव सम्पन्न गर्न देशविदेशका गरी १०१ सदस्यीय मूल तयारी समिति र २५ सदस्यीय सल्लाहकार समिति बनाइएको छ । पुस्तक प्रदर्शनी, मगर हस्तीका छायाँछवि प्रदर्शनी गरिने महोत्सवमा करिब २० लाख रुपैयाँको खर्च अनुमान गरिएको छ भने महोत्सव सम्पन्नपछि अभिलेखीकरण गरी पुस्तकको रुपमा प्रककाशन गरिने महोत्सव अभिलेखन उपसमितिका संयोजक जे.वि. दर्लामीले जानकारी दिनु भएको छ।
मगर भाषामा हुने कविता प्रतियोगिताका लागि गोपाल पुनको (रोगन बैके), रिम रानाको (मोई) मन बहादुर बगाले मग़रको (ईनचनले लाङगो), अविनाश आले मगरको (उङसा भाक्के) र भवानी आलेको क़ानूङ भाषा खोई) गरी ५ उत्कृष्ट कविता छनौटमा परेको आयोजकले जनाएको छ।
कार्यक्रमको शुभारम्भ जितगढी किल्लामा हुने भएपनि समापन भने एशियन पार्टी प्यालेसमा प्रतिनीधि सभाका पुर्व सभामुख ओनसरी घर्ति मगरले गर्ने कार्यतालिका तय भएको महोत्सव व्यबस्थापन उपसमितिका संयोजक राधिका श्रीसले जानकारी दिनु भएको छ।