१५ मंसिर, कञ्चन
रुपन्देहीको गैडहवामा यही मंसिर २६ गते देखि गैडहवा अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिताको तेश्रो श्रृंखला हुने भएको छ। शान्ति युवा क्लव, गैडहवा ४ गैडाताल रुपन्देहीको आयोजना तथा गैडहवा गाउँपालिकाको आर्थिक सहयोग र गैडहवा वडा नं. ४ को सहकार्यमा संचालन हुनेछ।
मंसिर २९ गतेसम्म संचालन हुने तेश्रो गैडहवा गाउँपालिका अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार रुपैया सहित कप र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले ६६ हजार नगद पुरस्कार सहित कप र मेड प्राप्त गर्ने छ।
गैडातालको प्रर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यका संचालन हुने प्रतियोगिताको सन्दर्भमा विविध सांस्कृतिक मेला समेत हुने क्लवका अध्यक्ष टंक बहादुर बस्नेतले जानकारी दिनुभएको छ । बिगत ३ बर्ष देखि नियमित रुपमा संचालन हुदै आएको गैडहवा गाउँपालिका अध्यक्ष कप भलिवल प्रतियोगिताका लागि गैडहवा गाउँपालिकाको आर्थिक सहयोग गर्दै आइरहेको छ। उत्कृष्ट १२ भलिवल टिमहरुको प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि गैडहवा गाउँपालिका वडा नं. ४ को समेत सहकार्य रहदै आइरहेको कार्यक्रम ब्यबस्थापक बाबुराम मल्लले जानकारी दिनु भएको छ।
विगतका बर्षहरुमा संचालित कार्यक्रमहरुमा भन्दा अझ ब्यबस्थित गर्दै रुपन्देहीको सबैभन्दा ठूलो र सिमतालको प्रयर्टन पर्बरद्धनका लागि प्रतियोगितालाई निरन्तरता दिदै आइरहेको खेल संयोजक शेर बहादुर कामुले जानकारी दिनु भएको छ। यस बर्षको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर अन्तराष्ट्रिय प्रतियोगितामा समेत सहभागी भएका ३ जना खेलाडीहरुको सहभागिता हुने खेल संयोजक कामु मगरले जानकारी दिनु भएको छ।
४ दिनसम्म हुने भलिवल प्रतियोगिता तथा विविध सांस्कृति कार्यक्रममा रेशमराजको सांस्कृतिक टिमहरुको बिशेष सांगेतिक तथा सांस्कृति प्रस्तुती हुने सांस्कृतिक कार्यक्रम संयोजक रापती मल्लाहले जानकारी दिनु भएको छ। खुल्ला पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमले जनप्रतिनीधि, संचार माध्यम तथा सरोकारवालाहरुको मुख्य नजर पर्न नसकेको रुपन्देहीको एकमात्र सबैभन्दा ठूलो र सिमसार तालको रुपमा रहेको गैडतालको प्रचार प्रसार र आगामी बर्षको योजनामा पर्ने क्लवका सल्लाहकार ईश्वरी अधिकारीले बिश्वास गर्नु भएको छ। प्रकृतिका कुचिकारको रुपमा रहेको र लोपोन्मुख अवस्थामा रहेको गिद्धहरुको संरक्षणका लागि समुदायबाट संचालित एशियाकै दोश्रो जटायु रेष्टुरेन्टको समेत अवलोकन र प्रचार हुने समेत सल्लाहकार अधिकारीले बिश्वास गर्नु भएको छ।
प्रतियोगितामा तेश्रो हुने टिमले नगद ३० हजार र सान्त्वना हुने टिमले २० हजार रुपैया प्राप्त गर्ने खेल सहसंयोजक आशिष सारुले जानकारी दिनु भएको छ। यस्तै प्रतियोगिता अवधीभर प्रतियोगितामा उत्कृष्ट सेटर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्वर खेलाडीहरुका लागि जनही १,५००/– र सर्वोकृष्ट खेलाडीका लागि २,५००/- रुपैया नगद पुरस्कार सहित सम्मान गरिने क्लवका सचिव भरत सारु मगरले जानककारी दिनु भएको छ। कार्यक्रम गैडाताल स्थित शिवालय मन्दिर पसिरमा संचालन हुने सल्लाहकार यम प्रसाद अधिकारीले जानकारी दिनु भएको छ।