२५ साउन, कञ्चन
आज विश्व आदीवासी जनजाती दिवस अर्थात ९ अगष्ट। संयुक्त राष्ट्रसङ्घले मानवीय सम्मान र स्वतन्त्रताको आकाश फराकिलो पार्ने क्रममा सन् १९९३ लाई विश्व आदिवासी वर्ष घोषणा गरेको दिनलाई विश्वका आदीवासीहरुले १९९४ देखि विश्व आदीवासी दिवसको रुपमा मनाउदै आइरहेका हुन।
सन् १९९४ देखि अगस्त ९ लाई विश्व आदिवासी दिवस घोषणासहित मनाउन सुरु गरेदेखि अगस्ट ९ लाई विश्व आदिवासी उत्सवमय बनाउन थालेको ३० औँ वर्ष भएको छ । नेपाल पनि १४ डिसेम्बर १९५५ मै राष्ट्रसङ्घको सदस्य बनिसकेको हुँदा यो दिवस मनाउने गरिएको हो ।
यसैक्रमम रुपन्देहीको कञ्चन गाउँपालिकामा राष्ट्रिय आदीवासी जनजाती महिला महासंघ। कञ्चनको आयोजनामा बृहत सांस्कृतिक र्याली गरी ३० औं आदीवासी दिवस मनाएको छ।कञ्चनको पिपरीचापा देखि शुरु भएको र्याली गरगरे, थकालीचोक, सुनगाभा, लखनचोक हुदै हरैया बजार पुगेर कोणसभामा परिणत भएको हो।
र्यालीलाई सम्बोधन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले आदीवासी जनजातीहरुको व्यक्तित्व र नेतृत्व बिकासका लागि शैक्षिक, राजनैतिक र समामजिक रुपमा समेत सचेत र संगठित हुन आवस्यक रहेको बताउनु भयो।
यस्तै बिशिष्ट अतिथिको रुपमा रहनु भएका नेपाल आदीवासी जनजाती महासंघ, रुपन्देहीका अध्यक्ष तथा कञ्चन गाउापलिकाका प्रवक्ता चित्रलाल तुलाचनले कुनै क्षेत्रमा आफ्नो अस्तित्व कायम गर्दै स्थापित गर्न शिक्षा र राजनीतिलाई संगसंगै लैजानु पर्नेमा जोड दिनु भयो। नेपाल सरकारले अनुमोदन गरेको आइएलओ महासन्धि–१६९ र संयुक्त राष्ट्रसङ्घले आदिवासी अधिकार सम्बन्ध घोषणापत्र (युएनड्रिप) मा भएको व्यवस्था लागू गर्नेतर्फ चासो नदिइरहेको सन्दर्भमा जोड्दै अध्यक्ष तुलाचनले मातृभाषा प्रवर्द्धन गर्न नेपाल सरकारले कानुन, नीति नियम बनाउन नसकेको उल्लेख गर्नु भयो ।
कार्यक्रमम वडा नं. २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ्ग (चन्द्रे)ले बहुसंख्यक आदवासी जनजाती बाहुल्यता रहेको कञ्चनमा तिनै समुदायको हक अधिकारलाई सुरक्षित गर्नु हरेक जनप्रतिनीधिहरुको जिम्मेवारी भएको उल्लेख गर्नु भयो।
यस्तै वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले साझा फुलवारीको रुपमा बसोबास गरेका बहुजाती, बुहभाषी अनि बहुसांस्कृतिक समुदायको साझा समस्या र मुद्धाहरुको बारेमा स्थानीय सरकार एक भएर संघर्ष गर्दै आइरहेको बताउदै बिभिन्न समयमा बिभिन्न कारण राज्यले पछाडी पारिएका जातीहरुको हक अधिकार र राज्यसंगको पहुँचका लागि संगसंगै संघर्ष गर्न आफु सदैवव अग्रसर हुने बताउनु भयो ।
यसैगरी नेपाल मगर संघ, कञ्चनक अध्यक्ष कविराज काउचाले राष्ट्रसंघ अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले संसारमा सबैभन्दा श्रमिकहरू आदिवासीहरू रहेको पाएपछि उनीहरूको वर्गीय उत्थानका निम्ति यो दिवस मनाउन लागिएको उल्लेख गर्नु भयो।
यस्तै नेवाःदेव दबू, कञ्चनका अध्यक्ष क्या.बिष्णुनारायण श्रेष्ठले विगत तीन दशकमा नेपालका आदिवासी जनजातिहरू एक दिन भए पनि सांस्कृतिक झाँकी र र्याली प्रदर्शन गर्ने गर्दै आएको बताउनु भयो । एक दिन भएपनिजातीय भेषभूषामा सजिएर बाजागाजासहित लोकभाकाहरू गाउँदै नाच्दै गरिने प्रदर्शन र र्यालीले आफ्नो कला र संस्कृतिको प्रबर्द्धन हुनुको साथै आफ्नो हक अधिकारबारे सरकारलाई झकझाउने कार्य भइरहेको क्याप्टेन श्रेष्ठले बताउनु भयो।
कार्यक्रमको अध्यक्षता गर्दै राष्ट्रिय आदीवासी जनजाती महिला महासंघ, कञ्चनका अध्यक्ष चेलिका भूजेलले आफ्नो हरेक हक अधिकारको सुनिश्चित्ताका लागि आफैले नै संघर्ष गर्नुको बिकल्प नभएको उल्लेख गर्नु भयो। अध्यक्ष भूजेलले राष्ट्रसंघले सन् २०२४ मा मनाइने ३०औँ विश्व आदिवासी दिवसका निम्ति ‘स्वेच्छिक रूपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण’ नारा तय गरेको छ उल्लेख गर्दै नेपाल आदिवासी जनजाति महासंघले ‘संविधान प्रदत्तअधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषा आदिवासी जनजातिको भाषा लागू गर’ भन्ने नारा तय गरेको र सोही अनुसार गाउँ गाँउमा कार्यक्रम गरिएको बताउनु भयो।
र्याली तथा कोण सभाको सहजिकरण राष्ट्रि आदीवासी जनजाती महिला महासंघ जिल्ला समिति रुपन्देहीका कोषाध्यक्ष राधिका चौधरीले गर्नु भएको थियो।