६ मंसिर, भैरहवा
गएको मंगलवार बिहान करिब ४ः०० बजेको समयमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ३ सगुनिपथ स्थित अस्फाक आलमको घरमा अबैधरुपमा अनलाइन गेम मार्फत (जुवा सट्टाबाजी) सञ्चालन गरेको भन्ने गोप्य सूचनाको आधारमा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
यस जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले Whatsapp समेतको माध्यमबाट Tiger Group, Shiv Group, Vinayak Group बनाई क्रिकेट, फुटवल, टेनिस, हक्की, हर्स रेस लगायतका गेमहरु LORDS EXCHANGE, ALL PANEL, ALL PANEL777, SAFFARON, TAJ007, CLASSICCEXCH99, GOEXCH9 लगायतका Web Site हरुबाट अबैध रुपमा अनलाईन बेटिङ ९जुवा सट्टावाजी० संचालन गरीरहेको अवस्थामा सट्टेवाजीमा प्रयोग भएका उपकरणहरु सहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार भारत हरियाणा प्रदेश पासकुल्ला जिल्ला पिन्जोर पोष्ट अफिस ईन्दोर थाना बस्ने बर्ष ३३ को साहिल सोडा, भारत उत्तराखण्ड रानिडिया जिल्ला ज्वालापुर बस्ने बर्ष १८ को श्याम गुप्ता, भारत उत्तर प्रदेश देवरीया जिल्ला गौरीबजार पोष्ट बस्ने बर्ष २० को रवि जैशवाल, भारत हरियाणा प्रदेश फरिदावाद जिल्ला खडकेला थाना खिडि पोष्ट अफिस बस्ने बर्ष २४ को अनुराग सिंह, सोही स्थान बस्ने बर्ष १९ को नितेश बर्मा, भारत उत्तर प्रदेश गोरखपुर जिल्ला मोतिताम पोष्ट अफिस बिष्णुपुरा थाना बस्ने बर्ष २१ को दिपक जैशवाल, भारत उत्तर प्रदेश गोरखपुर जिल्ला गाईन्ड पोष्ट अफिस बस्ने बर्ष २२ कको रजत कुमार, भारत उत्तर प्रदेश गोरखपुर जिल्ला एम्स पोष्ट अफिस कुडाघाट पोष्ट बस्ने बर्ष १८ को लक्की जैशवाल, भारत उत्तर प्रदेश गोरखपुर जिल्ला संतकविर पोष्ट अफिस खलिलवा थाना बस्ने बर्ष २१ को सतेन्द्र कुमार, सोही स्थान बस्ने बर्ष २५ को अबधेश कुमार र बर्ष १८ को मोहित कुमार, भारत उत्तर प्रदेश गोरखपुर जिल्ला क्यान्ट थाना मोहदिपर पोष्ट बस्ने बर्ष २० को प्रियान्सु जैशवाल, बर्ष १९ को मनिष पासवान र भारत उत्तर प्रदेश आजमगढ जिल्ला सदर थाना पोष्ट बस्ने बर्ष २५ को शिवम सिंह पक्राउ परेका हुन।
प्रक्राउ परेका ती व्यक्तीहरुकको साथबाट बिभिन्न कम्पनीका ४० थान मोवाईल, ल्यापटप ३ थान र राउटर २ थान प्रहरीले बरामद गरेको हो। पक्राउ गरिएका ती व्यक्तीहरुलाई बरामद गरिएका सामान सहित जिल्ला आदालत रुपन्देहीमा पेश गरी अदालतबाट ५ दिनको म्याद थप गरे आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक नविन पौडेलले जानकारी दिनु भएको छ।