२८ जेष्ठ, मणिग्राम
रूपन्देहीको मणिग्राममा सञ्चालित राममणि इण्टर इन्स्टिच्यूट ओपन एसईई टी टेन क्रिकेट प्रतियोगितामा फेमस इन्स्टिच्यूट अफ लर्निङ् रामग्राम समूह पहिलो भएको छ ।
राममणि बहुुमुखी क्याम्पसको आयोजनामा क्याम्पसकै खेलमैदानमा आज सम्पन्न प्रतियोगिताको फाइनल खेलमा आरम्भ एजुकेशनल एकेडेमी सिद्धार्थनगरलाई ५१ रनले पछि पार्दै फेमस पहिलो भएको हो ।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-09/232918986WhatsApp Image 2024-06-09 at 13.03.25 (2).jpeg)
यससँगै पहिलो हुने फेमस समूहलाई रू।आठ हजार नगदसहित, शील्ड, मेडल र प्रमाणपत्रले सम्मानित गरिएको थियो । त्यस्तै दोस्रो हुने आरम्भ समूहलाई रू।पाँचहजार नगदसहित, शील्ड, मेडल र प्रमाणपत्रले सम्मानित गरिएको थियो ।
गत जेठ १० गतेदेखि सञ्चालित प्रतियोगितामा रूपन्देही र परासीका ३२ वटा इन्स्टिच्यूटमा अध्ययनरत एसईई दिएका विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-09/233009539WhatsApp Image 2024-06-09 at 13.03.29 (1).jpeg)
प्रतियोगिता फाइनलसँगै फेमस इन्स्टिच्यूटका आकाश कोहार म्यान अफ द म्याच, फेमसकै निर्देश पासवान बेस्ट ब्याट्सम्यान, आरम्भका हारून खान बेस्ट बलर र आरम्भकै सुवास यादव म्यान अफ द सिरिज घोषित हुँदै पुरस्कृत भएका थिए ।
अरूण साहनीको सञ्चालनमा भएको पुरस्कार वितरण कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले क्याम्पसकै खेलमैदान मणिग्राममा ठूला र धेरै जना दर्शकसहितका यस्ता प्रतियोगिता सञ्चालन हुँदा सबैलाई प्रेरणा मिल्ने बताउनुभयो ।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-09/233023380WhatsApp Image 2024-06-09 at 12.45.40.jpeg)
कार्यक्रममा, क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीमा बहुमुखी प्रतिभा विकाशका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
सो अवसरमा बोल्दै प्रतिस्पर्धी विद्यार्थीहरू हारून खान र बसन्त सहानीले प्रतियोगिताबाट आफूहरू निकै उत्साहित भएको भन्दै क्याम्पस परिवारलाई धन्यवाद दिएका थिए ।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-06-09/233035379WhatsApp Image 2024-06-09 at 13.03.23.jpeg)
म्याच रेफ्री एरिक के.सी., अम्पाएरहरूः दर्शन राना, सुसन भण्डारी, विकल अधिकारी, विकाश कण्डेल, स्कोरर् रितेश ज्ञवाली, महेन्द्र सुवेदी, कमेण्टेटरहरूः प्रांशु अर्याल, सन्दिप न्यौपाने, तुल बहादुर थापा, आदित्य चौधरी लगायतलाई सम्मान गरिएको थियो ।