औद्योगिकीकरण र सोभियत सङ्घको नेतृत्व
एक खेतीवाल देशलाई समाजवादी ओद्योगिक देश बनाउनु ख्यालठट्टाको कुरो थिएन । भौतिक साधन र प्राविधिक ज्ञानको अभावलाई पूर्ति गर्नुमात्र त्यहाँको समस्या थिएन, बरु पार्टी र देशभित्र पनि विदेशी शत्रुहरूको इच्छाअनुसार बिगार्ने र भत्काउने तत्वहरूको विरोधलाई समेत सैद्धान्तिक र व्यवहारिकरूपले तह लगाउने समस्या पनि बाँकी थियो । तर, औद्योगिकीकरणबिना रूस र समाजवादलाई स्वतन्त्र र रक्षा गर्न सक्ने थिएन । यसकारण, १९२६ मा स्तालिनले ‘लेनिनवादका समस्याहरू’ भन्ने ऐतिहासिक रचनाहरू लेखेर जिनोबियबजस्ताको आत्मसमर्पणवादी दर्शनलाई फोहर फाल्ने नालीमा फालिदिनुभयो । स्तालिनले उठाउनुभएको लेनिनवादको झन्डालाई मोलोतोभ, कालिनिन, भोरोशिलोभ, कुईबिरोभ, फ्रुन्जे, इजेजिस्की, कागनोभिच, ओर्जोनि किड्ज, किरोभ, यारोस्लाभस्की, मिकोयान आदि लेनिनवादीहरूले समर्थन गर्नुभयो ।
स्तालिनले काँचो सामान र अन्नको व्यवस्था गर्न पहिले खेतीमा राम्रो बन्दोबस्त गर्ने आवश्यक देख्नुभयो । पुरानो कलकारखाना खिइएको र बिग्रेको थियो । मेसिन बनाउने थुप्रै कलकारखाना नभई कुनै पनि देश औद्योगिक देश बन्न सक्दैनथ्यो । रूसमा एउटा पनि त्यस्तो कलकारखाना छँदै थिएन र पहिले त्यसकै जग हाल्नु थियो । ठुल–ठुलो उद्योग नभई स–साना उद्योग पनि खोल्न गा¥हो हुन्थ्यो । मेसिन, कलपुर्जा, मोटर, रासायनिक वस्तु, फलाम, इस्पात, इन्जिन, बिजुली आदि सबैलाई चलाउन र बनाउन कोइला र धातुका खानी विकास गर्नु आवश्यक थियो । तोप, गोलाबारूद, हवाइजहाज, टैङ्क आदि रक्षा र लडाइँका सामान बनाउनु आवश्यक थियो । खेतीलाई अझ विकास गर्न कुटो, कोदालो, हल, ट्राक्टर, मेसिन र अरू सामान आवश्यक थियो । त्यसको निम्ति करोडौँ रुबल पुँजी चाहिन्थ्यो । पुँजीवादी देश उपनिवेशहरूलाई निचोरेर, अरू देश जातिलाई लडाइँमा हराई हर्जाना लिएर वा विदेशसँग ऋण लिएर आवश्यक पुँजी जम्मा गथ्र्यो । तर, एक समाजवादी देशले उपनिवेश निचोरेर र लडाइँको हर्जाना मागेर वा पुँजीवादी देशसँग ऋण मागेर पुँजी जम्मा गर्नु कुरै थिएन ।
क्रान्तिको बेला शोषकवर्गको जफत गरिएको कलकारखाना, जग्गा–जमिन, यातायात र व्यापारका साधन र बैङ्कको नाफाबाट पुँजी जम्मा गरियो । किसानहरूको करबाट उठ्ने ५० करोड रुबल जारले बर्सेनि विदेशलाई तिर्ने गरेको ब्याजलाई तिर्न बन्द गरिदियो र त्यही रकमबाट खेतीको ज्यावल र उद्योगको कलकारखाना बनाउन सुरु ग¥यो । रूसले उद्योगको विकास गरेकोले पुँजीवादी र साम्राज्यवादी देशहरू रिसले बहुला भए । १६२७ मई महिनामा बेलायती सरकारले सोभियत व्यापार संस्थामा धावा बोल्यो र २६ मईको दिन कूटनैतिक सम्बन्ध चुँडाली दियो । ७ जूनको दिन पोल्यान्डमा रूसी राजदूतलाई मारिदियो । लेनिनग्राड र रूसका विभिन्न भागमा बेलायती जासुसहरूबाट ध्वंसात्मक गतिविधि गराइयो । जर्मनी र चीनका विभिन्न ठाउँमा सोभियत व्यापार प्रतिनिधिहरूमाथि हमला गर्न दिइयो । पार्टीभित्र पनि तात्स्की, जिनोबियव र कामेनेभहरूले अर्कै केन्द्र र छापाखाना बनाएर पार्टी नीतिकै विरोध गरे† मजदुर र किसानको बिच झगडा गराउने काम गरे । कुलाकहरूलाई ‘सुसंस्कृत वर्ग’ भनेर पक्ष लिए र औद्योगिकीकरणलाई बाधा दिन थाले । त्यसैले स्तालिनले भन्नुभयो, “बेलायतको चेम्बरल्यान्डदेखि त्रोत्स्कीसम्म एक संयुक्त मोर्चा बनाउँदै थियो ।”
पार्टीका ७,२४,००० पार्टी सदस्यहरूले स्तालिन र पार्टी केन्द्रको नीतिलाई समर्थन गरे र ४ हजार अथवा १ प्रतिशत पार्टी सदस्यहरूले मात्र विरोधीहरूको नक्कली केन्द्र र नीतिलाई समर्थन गरे । १४ नोभेम्बर, १९२७ मा केन्द्रीय समिति र नियन्त्रण समितिको संयुक्त बैठकले त्रोत्स्की र जिनोवियबलाई पार्टीबाट निकालिदियो । २९ डिसेम्बर १९२७ मा पार्टीको १५ औँ महाधिवेशन भयो । स्तालिनले प्रगति रिसोर्टमा भन्नुभयो, औद्योगिक उत्पादन देशको जम्मा उत्पादनमा २४ प्रतिशत पुग्यो । खेती उत्पादन युद्धभन्दा पहिलेको तुलनामा ९१ प्रतिशतमात्रै थियो र बजारमा अन्नको पूर्ति ३७ प्रतिशतमात्रै थियो । खेतीलाई त्यस नराम्रो स्थितिबाट जोगाउन स्तालिनले “स–साना खेतहरूलाई एउटै ठूलो फाँट बनाएर सामूहिक खेती सुरु गर्नुपर्छ, जबरजस्ती होइन, उदाहरण दिएर सम्झाइ बुझाइ, बिस्तारै स–साना खेतलाई ठुलठुला खेतमा मिलाउनपर्छ† मेसिन र ट्राक्टरहरूले जोतेर बाक्लो र वैज्ञानिक ढङ्गले सामूहिक र साझा खेती गर्नुपर्छ” भनेर नयाँ बाटो देखाउनुभयो । उहाँले सामूहिक खेतीको विकासमा स्वास्नीमानिसहरूको महत्व र योगदानमाथि जोड दिनुभयो । देशको अर्थतन्त्रको छिटो विकास गर्न पहिलो पाँचवर्षे योजना लागु गर्न उहाँले प्रस्ताव राख्नुभयो । ‘जनवादी केन्द्रवादी’ गुटका मुख्य मुख्य नेताहरूलाई पार्टीबाट निकालिदियो र केहीलाई सुध्रने मौका दिइयो । गाउँमा समाजवादलाई अगाडि बढाउन स्तालिनले भन्नुभयो, “गरिब किसानहरूको भर गर, मध्यम किसानहरूको सहयोगलाई बलियो बनाऊ र कुलाकहरूसँग कम्मरकसेर लड ।” पहिलो पाँचवर्षे योजनालाई सफल पार्न स्तालिनले मजदुर, किसान र जनतामा ‘समाजवादी प्रतियोगिता’ लागू गर्नुभयो र मेहनत गर्नु इज्जत र गौरव, साहस र वीरताको कुरो हो भन्ने नयाँ सिद्धान्त अगाडि सार्नुभयो । समाजवादी प्रतियोगिताले ट्राक्टर–कारखाना, पानी–बिजुली र कोइला खानीको काममा धेरै छिटो काम हुन थाल्यो । त्यसैले अप्रिल, १९२९ मा स्तालिनले भन्नुभयो, “महान् परिवर्तनको एक वर्ष ¤’ तर, बुखारिन र अरु विरोधीहरू विदेशी तत्वहरूसँग मिलेर सहकारी खेतीको विरोधमा कुलाकहरूको समर्थनमा गाउँ–गाउँमा हुल हुज्जत गर्न थाले । तर, गरिब किसानको भरमा र मध्यम किसानको सहयोग लिएर अन्न थुपारेर महँगीमा बेच्ने कुलाक र कालाबजारियाहरूको उपद्रलाई तह लगाइयो । १९३० पुँजीवादी संसार आर्थिक सङ्कटको मार भोग्दै थियो, करोडौँ मजदुरहरू बेकार भएर उत्पादनमा धेरै ठुलो ¥हास हुन थाल्यो । यता रुसमा वर्षको ५० हजार ट्राक्टरहरूको निर्माण हुन थाल्यो र त्यसअनुसार खेती र उद्योगमा पनि प्रगति हुँदै थियो । २ मार्च १९३० मा केन्द्रीय समितिको निर्णयअनुसार स्तालिनले उत्ताउलाहरूलाई तह लगाउन ‘सफलताबाट मात्तिनु हुन्न’ शीर्षकमा एक लेख लेख्नुभयो । कार्यकर्तालाई उहाँले शिक्षा दिनुभयो, “नेतृत्वको कला एक गम्भीर कुरा हो । आन्दोलनमा पछि पर्नाले जनतासँगको सम्बन्ध गुम्छ र जनताभन्दा बढी अगाडि बढ्नाले आफू एक्लिन्छ । आन्दोलन अगाडि बढाउन चाहनेले सधैँ व्यापक जनतासँग सम्बन्ध गाँसी राख्नुपर्छ र पछाडि पर्ने र धेरै अगाडि बढ्ने दुवै थरीसँग भिडन्त गर्नुपर्छ ।”
२६ जून १,९३० मा पार्टीको सो¥हौँ महाधिवेशनमा स्तालिनले भन्नुभयो, “हाम्रो आफ्नो देश खेतीवाल देशबाट औद्योगिक देश बन्ने सङ्घारमा छ ।” पहिलो पाँचवर्षे योजना ४ वर्ष ३ महिनामा पूरा भयो । १९३४ जनवरी महिनामा भएको पार्टीको १७ औँ महाधिवेशनमा स्तालिनले रिपोर्ट दिनुभयो, “खेतीवाल देश अब औद्योगिक देश बन्यो । एक अनपढ, अज्ञानी र असंस्कृत देशबाट ऊ शिक्षित र सुसंस्कृत देश बन्यो । देशमा उच्च माध्यमिक र प्राथमिक स्कूलहरूको एक जाल फैलिएको छ ।” ९१ प्रतिशत उद्योग र ९० प्रतिशत खेती समाजवादमा फेरियो ।
आकाशमा युद्धको धुवाँ
१९३७ मा पुँजीवादी देशलाई आर्थिक सङ्कटले फेरि चपेटा हान्यो । अमेरिकामा मात्रै डेढ करोड मजदुर बेकार भए । त्यसले पुँजीवादी संसारमा मजदुर आन्दोलन चर्किन थाल्यो । सङ्कटबाट जोगिन पुँजीवादी देशहरूले मजदुर आन्दोलन दबाउन थाले र उपनिवेशहरूमा लुटपाट सुरु गरे । जर्मनी, जापान र इटाली एक भए । १९३५ मा इटालीले अविसिनिया (इथोपिया) कब्जा ग¥यो र युरोपदेखि भारत पुग्ने समुद्रका बाटाहरूमा हमला ग¥यो ।
जर्मनीले जर्मन जाति भएको देश अस्ट्रिया र चेकोस्लाभाकियामाथि हमला ग¥यो । कम्युनिस्ट दबाउने निहुँ राखेर १९३९ मा जर्मनी र इटालीले स्पेनको दक्षिणी भागमा आफ्नो पल्टन उता¥यो । १९३९ मा जापानले चीनको पेचिङ, सङ्घाई, तेनसिन कब्जा ग¥यो । त्यसले अमेरिका र बेलायतको बजार कब्जा गरिए जतिकै थियो । पुँजीवादी देश आपसमा काटाकाट भइरहँदा १ अप्रिल १९३७ सम्ममा रुसले आफ्नो दोस्रो पाँचवर्षे योजना ४ वर्ष ३ महिनामा पूरा ग¥यो । १९२९ को तुलनामा औद्योगिक उत्पादनमा ४२८ प्रतिशत बढ्यो, युद्धभन्दा पहिलेको हिसाबबाट ७०० प्रतिशतको वृद्धि थियो । खाद्यान्नमा पनि ठुलो वृद्धि भयो । १९१३ मा खाद्यान्न ४ अरब ८० करोड पुड थियो र १९३७ मा ६ अरब ८० करोड पुग्यो । मजदुरहरूको तलब १९३३ मा ३४ रुबल थियो भने १९३७ मा ८१ रुबल पुग्यो । १९१४ मा ८० लाखमात्र विद्यार्थीहरू पढ्थे, सरकारले अनिवार्य शिक्षा लागु गरेको हुनाले १९३७ सम्म विद्यार्थीहरूको सङ्ख्या २ करोड ८० लाख पुग्यो ।
पुँजीपति र कुलाकवर्ग दबिसकेको थियो, वर्ग शक्तिको सम्बन्ध फेरिसकेको थियो । खेती र उद्योगमा समाजवाद लागु भइसकेको हुनाले १९२४ मा बनाइएको संविधानमा हेरफेर ल्याउनु आवश्यक थियो । यसकारण, १९३६ नोभेम्बर महिनामा सोभियतहरूको समाजवादी गणतन्त्र सङ्घको आठौँ महाधिवेशनले नयाँ संविधान स्वीकार ग¥यो । संविधानले सोभियत समाजवादी गणतन्त्र सङ्घलाई मजदुर र किसानहरूको ‘समाजवादी’ राज्य घोषणा ग¥यो । समाजवादी समाजलाई साम्यवादी समाजमा फेर्नु नै संविधानको उद्देश्य थियो । त्यसलाई ‘स्तालिन संविधान’ पनि भन्ने चलन छ । समाजवादी निर्माणले देश अगाडि बढ्दै थियो । तर, विरोधीहरू षड्यन्त्रमा लागिरहेका थिए । १ डिसेम्बर, १९३४ को दिन पार्टीका एक ठुला नेता किरोवलाई गोली हानेर मारिदिएका थिए । सर्वोच्च न्यायालयको सैनिक अदालतले अपराधीहरूलाई गोली हानेर मार्ने फैसला गर्यो । जाँचबुझको सिलसिलामा १९३७ मा त्रोत्स्की, जिनोबियव, कामेनेव, बुखारिन, राइकोव, आदि मिलेर उक्रेन, बेलोरूसिया कब्जा गर्ने र देशको समुद्री इलाका विदेशी शत्रुको हातमा पार्ने षड्यन्त्र गरेको र गुप्त कुरा बताएको पत्ता लाग्यो । सोभियत अदालतले बुखारिन र वात्स्की गुटका मुख्य मुख्य सदस्यहरूलाई गोली हानेर मार्ने सजाय दियो ।
१२ डिसेम्बर १९३७ को दिन नयाँ संविधानअनुसार सर्वोच्च सोभियतको चुनाव भयो र स्तालिन सबभन्दा बढी मतले विजयी हुनुभयो । सोभियत जनता लेनिन र स्तालिनको झन्डाको चारैतिर एक भए । सर्वहारा हुकुमलाई अझ व्यवस्थित र सफलतापूर्वक अगाडि बढाउन र नयाँ कार्यकर्ताहरूलाई बोल्सेविक सिद्धान्त वा लेनिनवादको सिलसिलेवार ज्ञान दिन १९३७ मा स्तालिनले ‘सोभियत सङ्घको कम्युनिस्ट पार्टी (बोल्शेविक) को इतिहास’ लेख्नुभयो । त्यसमा द्वन्द्वात्मक–भौतिकवादको राम्रो व्याख्या हुनुको साथै रूसी मजदुर आन्दोलनमा देखापरेका नरोदनिकवाद, अर्थवाद, कानुनी माक्र्सवाद, मेन्सेविकवाद, त्रोत्स्कीवाद, बुखारिनवाद, जिनोवियववाद आदि खोटा विचारहरू र विरामहरूलाई छर्लङ्ग्याइ दिनुभयो । माक्र्सवादी साहित्यमा यो सा–है महत्वपूर्ण र नाउँ चलेको किताब हो ।
१९३९ मार्च महिनामा पार्टीको अठारौँ महाधिवेशनमा स्तालिनले अन्तर्राष्ट्रिय परिस्थितिबारे महत्वपूर्ण व्याख्या दिनुभयो । पूर्वमा जापानले चीनको तिनसिन, साङ्घाई र क्यान्टन कब्जा गरिसकेको थियो । पश्चिममा इटालीले अबिसिनियादेखि जिब्राल्टरसम्म ५० करोड जनता युद्धमा मुछिसकेको थियो । तर, बेलायत, फ्रान्स र संरा अमेरिका तटस्थताको स्वाङ गर्दै थियो र बेलायत र फ्रान्स जर्मनीसँग मिलेर युद्धलाई पूर्वतिर अर्थात् रूसतिर मोड्न चाहन्थे ।
स्तालिनको नेतृत्वमा सोभियत सङ्घले युद्धलाई रोक्न फ्रान्स र बेलायतसँग ‘सामूहिक सुरक्षा नीति’ अगाडि बढाउने प्रस्ताव राख्यो । बेलायत र फ्रान्सले त्यस प्रस्तावलाई स्वीकार गरेनन् र अहस्तक्षेपको नीति लिए । त्यसले हिटलर झन् उत्साहित भएर १९३९ मार्च महिनामा चेकोस्लाभाकिया कब्जा गर्यो, मई महिनामा जापानले जनवादी गणतन्त्र मङ्गोलिया कब्जा गर्यो । तर, लालसेनाले जापानी सेनालाई खालकिनगोल भन्ने ठाउँमा हराइदियो । शान्ति कायम गर्न स्तालिनले अगस्त महिनामा जर्मनीसँग आक्रमण नगर्ने सन्धि गर्नुभयो । उहाँले शरद्मा युक्रेन र पश्चिमी बेलोरसियाका जनतालाई पोलियाली जमिनदारहरूको पञ्जाबाट मुक्त गरी दिनुभयो ।
२० डिसेम्बर, १९३९ को दिन स्तालिन ६० वर्ष पुग्नुभयो । त्यस सुअवसरमा संसारका सबै शान्तिप्रिय, मुक्ति र स्वतन्त्रता सङ्ग्राममा लागेका जनताले शुभकामना व्यक्त गरे । चिनियाँ जनताका महान् नेता माओ त्सेतुङले जापानी आक्रमणको विरोधमा सङ्घर्ष गर्दा गर्दै भन्नुभयो, “स्तालिनलाई शुभकामना दिनुको अर्थ उहाँ र उहाँको उद्देश्यलाई समर्थन गर्नु हो, समाजवाद र मानव जातिको निम्ति उहाँले देखाइरहनुभएको बाटोलाई समर्थन गर्नु हो । यसको अर्थ एक साथीलाई समर्थन गर्नु हो ।” १९४० अगस्ट महिनामा स्तालिनले बाल्टिक गणतन्त्रहरू लिथुनिया, लातभिया र इस्टोनियालाई सोभियत सङ्घमै सङ्गठित गर्नुभयो । उहाँले देशको रक्षा शक्तिलाई बलियो पार्दै जानुभयो र ६ मई १९४१ को दिन सर्वोच्च सोभियतको अध्यक्ष मण्डलको निर्णयअनुसार स्तालिन सोभियत सङ्घको मन्त्रिपरिषद्को अध्यक्ष चुनिनुभयो ।
दोश्रो विश्व युद्ध र आक्रामकहरूको हार
आपसमा आक्रमण नगर्ने सन्धिलाई भङ्ग गरेर २२ जून, १९४१ को दिन हिटलरी जर्मनले रुसमाथि अचानक धावा बोल्यो† १० दिनभित्र लिथुआनिया, लातभिया, बेलोरसिया र युक्रेनको पश्चिमी भाग कब्जा गर्यो । ३० जूनको दिन सर्वोच्च सोभियतको अध्यक्षमण्डल, पार्टीको केन्द्रीय समिति र मन्त्रिपरिषद्को बैठकले सर्वशक्ति सम्पन्न ‘राज्य सुरक्षा समिति’ गठन ग¥यो । स्तालिन त्यसको अध्यक्ष मनोनीत गरिनुभयो । हजारौँ टैङ्क हवाई जहाजहरूले सुसज्जित १७० डिभिजन आक्रमक सेनाको हमलाबाट आफ्नो देशलाई जोगाउन ३ जुलाई १९४१ को दिन स्तालिनले सोभियत जनता, लालसेना र जलसेनालाई बहादुरीपूर्वक लड्न रेडियोबाट आह्वान गर्नुभयो । उहाँले हिटलरको विरोधमा अरु पीडित देशका जनतासँग संयुक्त मोर्चा हुने भविष्यवाणी गर्नुभयो । १२ जुलाईको दिन जर्मनविरोधी लडाइँमा मिलेर लड्न बेलायत र रूसको बिचमा एक सम्झौता भयो । ११ जुलाईको दिन स्तालिन जनरक्षाको सर्वोच्च सेनानायक चुनिनुभयो ।
हिटलर मस्को र लेनिनग्राड जबरजस्ती कब्जा गर्न चाहन्थ्यो । रूसी जनताको निम्ति यो एक हाँक र नैतिक प्रश्न थियो । स्तालिनको निर्देशनमा सोभियत जनता सारा नगर र गाउँले इलाकामा स्वयम्सेवक र गुरिल्ला दलमा सङ्गठित हुन थाले । १९४२ जून महिनामा संरा अमेरिकाले पनि आक्रमण विरोधी लडाइँ लड्न रुससँग एक सम्झौता ग¥यो । इटाली र जर्मनीको विरोधमा बेलायत, रूस र संरा अमेरिका एक भए । ७ नोभेम्बर १९४२ मा स्तालिनले भन्नुभयो, “शत्रुले लालसेनाको प्रहार सहने दिन टाढा छैन, हाम्रो पनि पालो आउँदै छ ।” लाखौँ लाख मजदुरहरू र सहकारी खेतीका किसानहरूले हातहतियार र अन्न उत्पादन गरेर सेनालाई मद्दत गरे । स्तालिनको आदेश पाएर लालसेनाले स्तालिनग्राडमा धावा बोल्यो र ३ लाख जर्मनी सेना घेरामा पा¥यो । लालसेनाको आश्चर्यजनक विजयले जर्मनीको हार सुरु भयो ।
संसारका मजदुर आन्दोलनको सङ्घ ‘तेस्रो अन्तर्राष्ट्रिय’ ले विश्वव्यापी सर्वहारा आन्दोलनलाई अगाडि बढाउन ठुलो योगदान गर्दै थियो । त्यसले आफ्नो ऐतिहासिक काम पूरा गरिसकेको हुनाले अन्तर्राष्ट्रिय कार्य समितिको अध्यक्षमण्डलको निर्णयअनुसार १९४३ मई महिनामा अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको केन्द्रको रूपमा त्यसलाई स्तालिनले विघटन गर्नुभयो ।