२० असार, कञ्चन
सुनगाभा हर्नाचौर शान्तीपार्क निर्माणका लागि गत असार ३ गते देखि शुरु भएको दोश्रो कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सव आज समापन हुदैछ। रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ४ सुनगाभाचोकमा संचालित महोत्सवको समापन कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले गर्नु हुनेछ।
सन्ध्याकालिन महोतसवको रुपमा संचालन हुदै आएको दोश्रो कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सवमा खेम सेञ्चुरी, पुस्कल शर्मा, ज्योती मगर, टिका सानु, टिका पुन, र्यापर माइला, मिस्टर डि, भि योमा, रचना रिमाल, एलिना चौहान, पुर्खे वा, पुर्णकला बि.सी.,बिन्दा परियार, कोरियो ग्राफर तथा मोडल प्रकाश सोनी, अञ्जली अधिकाी, करिस्मा ढकाल लगायत राष्ट्रिय कलाकारहरुले सांगेतिक प्रस्तुति गरेका थिए।
महोत्सवमा स्थानीय कला र प्रतिभाहरुको संरक्षण र प्रबद्र्धन गर्ने उद्धेशयका साथ दोश्रो कञ्चन डान्स आइडियल समेत संचालन गरिएको थियो । व्ष्क्तिगत तथा सामुहिक गरी २१ प्रतिस्पर्धीहरुले सहभागिता जनाएको प्रतियोगितामा श्रृजना ग्रुप अफ सन मोडल प्रथम भएको थियो भने विविसा थापा द्वितिय भएको थिए। यस्तै एस स्क्वायर तृतिय भएका थिए।
बर्षाको समयमा मेला लागेको भएको पनि दर्शकहरुको उत्साह जनक उपस्थिति रहको थियो । बिशेषगरी लोक तथा दोहोरी गायिका ज्योती मगर, पुस्कल शर्मा, रचना रिमाल, खेम सेञ्चुरी, टिका सानु, पुर्णकला बिसी, टिका पुन र्यापरहरु मिस्टर डि, भि- योमा, र्यापर माइला, चर्चित मोडलहरु अञ्जली अधिकारी, करिस्मा ढकाल लगायत कालाकारहरु आएका दिन १० हजार भन्दा बढी दर्शकहरुको उपस्थिति रहेको थियो।
कोरियो ग्राफर तथा मोडल प्रकाश सोनी र उनको समूहको जिवन्त नृत्य सहितको अभिनयले महोत्सवमा आएका दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए। सुनगाभा महिला समूहका आयोजना र सुनगाभा युवा समूहको सहआयोजनामा संचालित महोतसव १७ दिन सम्म लागेको थियो । कञ्चन गाउपालिका संरक्षक रहेको महोत्सवको कञ्चनका बिभिन्न संघसंस्था, व्यबसायिक तथा व्यापारिक संस्थाहरुले प्रायोजन गरी आर्थिक सहयोग गरेका थिए। जेष्ठ नागरिकहरुका लागि निशुल्क प्रबेश दिइएको महोत्सवमा बाल उधान, झुला, पिंग सहित बिभिन्न व्षपारिक स्टलहरु समेत राखिएको थियो ।
कञ्चन खवर र सामुदायिक रेडियो कञ्चन मिडिया पार्टनर रहेको महोत्सवमा स्थानीय कलाकारहरुले पनि आ आफ्नो कला प्रस्तुति प्रस्तुत गरेका थिए।