२२ पुस, कञ्चन
रुपन्देहीको कञ्चनमा २०३२ सालमा स्थापना भएको श्री रुद्रपुर माध्यमिक विद्यालयले आज ५० औं बर्षमा प्रवेश गरेको छ। विगत ६ महिना देखि त्यस विद्यालयका अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुमा नयाँ उर्जा सहितको उत्साह थपिएको छ। विद्यालयको ५० औं वार्षिक उत्सव तथा स्वर्णमहोत्सवलाई भव्य र ऐतिहासिक बनाउन विद्यालयका अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरु अहोरात्र खटिदै आएका छन।
विना शिक्षा अध्याँरो समाज, घर घरमा पुर्याऔं प्राविधिक शिक्षाको आवाज भन्ने मूल नाराका साथ मनाउन गइरहेको स्वर्णमहोत्सवको अवसरमा विद्यालयमा प्राविधिक शिक्षा संचालनार्थ विद्यालयले आर्थिक सहयोग जुटाउने र सहयोग गर्ने कार्यलाई निकै व्यापक बनाएको छ। आज देखि २५ गतेसम्म मनाइने
विद्यालयको ५० औं वार्षिकोत्सव तथा स्वर्णमहोत्सव २०८१ को सुर्वण अवसरमा विद्यालयका पूर्व विद्यार्थी, पूर्व वि.व्य.समिति, शि।अ। संघ पदाधिकारी, पूर्व शिक्षक कर्मचारी, चन्दादाता, अक्षयकोषदाताहरु, विद्यालयलाई प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्ने शिक्षाप्रेमी, बुद्धिजीवी, समाजसेवी, संघ संस्था, क्लब, छिमेकी विद्यालय, अभिभावक, पत्रकार लगायतलाई विद्यालयले आमन्त्रित गरेको छ।
विद्यालयको स्वर्णमहोत्सवको पूर्वसन्ध्यामा पूर्व विद्यार्थी समाज, रुद्रपुर मा.वि.ले पुस २० गते निःशुल्क स्वास्थ्य शिविर संचालन गरिसकेको छ। यसैगरी आज नै पुर्व विद्यार्थी तथा ज्योति बिकास बैंकका सि.ई ओ. कपिल ढकालको नेतृत्व र पूर्व विद्यार्थी समाजकै पहलमा विद्यालयलाई प्रविधिमैत्री बनाउन ज्योति बिकास बैंक, मुर्गिया शाखाबाट स्मार्ट बोर्ड हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
आज स्वर्णमहोत्सवको पहिलो दिन लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री भूमिश्वर ढकालले कार्यक्रमको उद्घाटन सहित विद्यालयको स्वर्ण स्तम्भको अनावरण गर्नुुनेछ। आज बिहान ९ बजे देखि विभिन्न आमा समूह, क्लव, टोल विकास संस्थाबाट विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरुको विविध सांस्कृतिक झांकी सहित प्रभातफेरी (र्याली) हुने छ । यस्तै प्रमुख अतिथि भूमिश्वर ढकालले विद्यालयद्वारा प्रकाशित स्मारिक पत्र रुद्रपुर दर्पणको समेत लोकापर्ण गर्नुहुने विद्यालयको ईतिहास खोज तथा लेखन उपसमितिका सदस्य तथा शिक्षक गोपाण पौडेलले जानकारी दिनु भएको छ।
कार्यक्रमको उद्घाटन पश्चात विद्यालयमा प्राविधिक शिक्षा संचालर्ना तथा अक्षयकोष स्थापनार्थ आर्थिक १ लाख रुपैया भन्दा माथी चन्दादान गर्ने चन्दादाता तथा अक्षकोषदाताहरु, विद्यालयका संस्थापक, पुर्व प्रधाानाध्यापक र व्यास्थापन समिति, शिक्षक अभिभावक संघका पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक डोलाराम पौडेलले जानकारी दिनु भएको छ।
यस्तै स्वर्णमहोत्सवको दोश्रो दिन कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा २० हजार रुपैया भन्दा माथी चन्दा प्रदान गर्ने चन्दादाता तथा अक्षयकोषदाताहरु, विद्यालय व्यबस्थापन समिति तथा शिक्षक अभिभावक संघका पुर्व सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम रहेकोछ । स्वर्णमहोत्सवको दोश्रो दिन लोक तथा दोहोरी गायक सुदिप सिंजाली र टिका पुन सहित विद्यार्थीहरुको सांस्कृतिक झांकी सहितको नृत्य प्रस्तुत हुने छ।
यसैगरी विद्यालयको स्वर्णमहोत्सवको तेश्रो दिन शिक्षा बिकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख माधव बञ्जाडेको प्रमुख आतिथ्यतामा ५ हजार रुपैया भन्दामाथी चन्दा प्रदान गर्ने चन्दादाता र पुर्व शिक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको विद्यालयको सहायक प्रधानाध्यापक ध्रुव पौडेलले जानकारी दिनु भएको छ। तेश्रो दिन लाइभ दोहोरीलाइभ दोहोरी गायिका बिष्णु ठडराई र माधव अधिकारीको लाइभ दोहोरी तथा विद्यार्थीहरुरुको सांगितिक प्रस्तुती हुने समेत विद्यालयले जनाएको छ।
पुस २५ गते अर्थात स्वर्णमहोत्सवको अन्तिम दिन पुर्व अर्थराज्य मन्त्री तथा पुर्व सांसद भरत कुमार शाहको प्रमुख आतिथ्यताका विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक सहयोग गर्नुहुुने बिभिन्न सहयोगदाता, संघ संस्था र वर्तमान शिक्षक कर्मचारी र पुर्व विद्यार्थीहरु हरैया माध्यमिक विद्यालयका प्रधानाध्यापक मेघनाथ शर्मा, हरैया बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रकाश खनाल, ज्योति बिकास बैंकका सि.ई.ओ. कपिल ढकाल, लुम्बिनी प्रादेशकि अस्पतालका फिजिसियन डा. सुमन आचार्य, राष्ट्रिय कलाकार, भ्वाइस अफ नेपाल सिजन ६ का निर्णायक खेम सेञ्चुरी, प्रहरी निरीक्षक कमल क्षेत्री लगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको विद्यालय व्यस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनालले जानकारी दिनु भएको छ।
यस्तै कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी तथा खो खो खेलका अन्तराष्ट्रिय खेलाडी भरत सारु, राष्ट्रिय खेलाडीहरु सम्झना थापा लगायत खेलाडहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको विद्यालयले जनाएको छ।