उप्रान्त तंहा हजुरको आत्मामा कुशल मंगल होला भन्ने कुलदेवतासंग प्रार्थना गरेको छु ! म पनि शारीरिक, मानसिक र सामाजिक रूपमा कुशल मंगल छु !
आर्थिक रूपमा भने बिश्व, नेपालका साथै म पनि बिरामी छु !
आगे उता स्वर्गमा त सबै राम्रो होला यता नेपालमा भने बाटोघाटो, बिकास, र सम्पुर्ण देशकै सिस्टममा खाल्डाखुल्डी र भ्वाङ्ग नै परेको छ !
देश आर्थिक मन्दीको चरम चपेटामा छ आमा ! कुन नेताहरुलाइ देश भन्दा पार्टी, सत्ता र आफ्ना आसेपासेको चिन्ता छ ! सरकार बालेन (बालेन शाह भनेको कामनपा को अहिले को मेयर हो है आमा) जत्तिको पनि बलियो छैन ! देशका कार्यकारी र प्रमुख भनाउंदाहरु चौरासी गर्ने उमेरका छन ! अलि उमेरका भन्नेहरु पनि दलिय निकम्मा छन !
देशको स्थायी सरकार भनिने ब्युरोक्रेसि पनि लगभग भ्रष्ट छ आमा ! देश को चिन्ता यहाँ कसैलाई छैन !
फेरि पनि हजुरले देशको र मेरो चिन्ता नगर्नु होला !
अरु त के लेखौं र आमा, अब त कुनै पनि तरिकाले आर्थिक क्रान्ति गर्नु पर्छ भनेर, खाडी/मलेसिया नगइ नगइ ब्यवसाय सुरु गरेको कोभिड, रस्सा उक्रेनको लडाइँ र सरकारको निकम्मापनको कारणले आर्थिक मन्दि लागे पछि अलि बढि नै अफ्ट्यारो स्थिति छ !
फेरि पनि आमा ,
एक जुगमा
एकदिन
एउटा असल शासक र
सरकार आउनेछ र
देशको समग्रमा बिकास हुनेछ भन्ने पुर्ण आशा लिएको छु ! लौ त आमा धेरै नै देशको चिन्ता गरियो/ पोखियो तर हजुरले यताको बिल्कुल चिन्ता नगर्नु होला ! सब ठिकठाक हुनेछ !
ह्वस्त आमा,यति भन्दै आजलाइ दौडिंरहेको कलम लाइ यहीँ रोक्न चाहन्छु !.
उहि हजुरको
कान्छा