२० चैत्र , भैरहवा ।
राष्ट्रिय जनमोर्चा रुपन्देही समन्वय समितिको प्रथम भेला भैरहवामा सम्पन्न भएको छ । भेलामा प्रमुख अतिथि नेकपा मसाल केन्द्रीय समन्वय समितिका संयोजक सन्तबहादुर नेपालीले नेकपा मसालले दक्षिणपन्थी बाटो समातेको हुनाले क्रान्तिकारीहरुलाई एकजुट पार्दै क्रान्तिकारी पार्टी निर्माण गर्ने अभियान अगाडि बढाउन परेको कुरामा जोड दिनुभएको थियो । भेलाले नरबहादुर थापाको अध्यक्षतामा १५ पुर्ण, ३ बैकल्पिक र ६ सल्लाहकार सहित २४ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ । समितिको उपाध्यक्ष पार्वती पौडेल , सचिव मनिराम सापकोटा, सह सचिव अर्जुन शर्मा , कोषाध्यक्ष कृष्ण केसी रहनु भएको छ ।
समितिको सदस्यमा डिला रेग्मी , लक्ष्मी न्यौपाने , गणेश थापा , देबेन्द्र आचार्य , हेमराज ढकाल , शशिधर पौडेल , कृष्ण आचार्य , भवानी प्रसाद आचार्य , बिन्दु बहादुर कुँवर , गंगाधर सर्मा , बैकल्पिक सदस्यमा मोतीराज न्यौपाने , कर्णबहादुर थापा , डोलराज बञ्जाडे रहनुभएको छ भने , सल्लाहकारहरुमा कपिल पौडेल , भिमबहादुर सिंजापती , बिष्णु घिमिरे , दिलमाया फौजा , नारायण सर्मा र भिमबहादुर कुँवर रहनुभएको छ ।
नरबहादुर थापाको अध्यक्षता , कपिल पौडेलको संचालन , डिला रेग्मीले स्वागत गरेका थिए । भेलामा राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति सचिवालय सदस्य बाबुराम आचार्य , नेकपा मसाल जिल्ला समन्वय समितिका प्रवक्ता दिपक पौडेल लगायतले भेला सफलताको शुभकामना मन्तब्य राख्नुभएको थियो ।