१३ चैत्र,कञ्चन
जनज्योती आधारभुत बिधालय,कञ्चन -१ दानापुरको दुई कोठे भवन निर्माणको शिलन्यास भएको छ।राष्ट्रपपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत सो विधालयको २ कोठे भवन निर्माणका लागि कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले शिलन्यास गर्नु भएको हो।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्राप्त १८ लाख रुपैया र जनश्रमदान १ लाख ८६ हजार ४७ रुपैया ९७ पैसा गरि कुल १९ लाख ८६ हजार ४७ रुपैया ९७ पैसा मा निर्माण हुन लागेको हो।
भवन निर्माणको शिलन्यास गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चन भौतिक पुर्वाधारमा कमजोर रहेका विधालयहरुलाई गाउपालिका,प्रदेश र संघबाट आवस्यक बजेट व्यबस्थापन गर्नमा सहजिकरण गर्दै आएको बताउनु भयो।जनज्योती आधारभुत विधालयलाई प्रबिधियुक्त बिधालय बनाउन गाउपालिकाबाट कम्प्युटर समेत उपलब्ध गराउदै अध्यक्ष क्षेत्रीले अव बिधालयलाई शैक्षिक रुपमा पनि अब्वल बनाउन शिक्षक,बिधार्थी र अभिभावक योजनाबद्ध लाग्नु पर्ने बताउनु भयो।
वडा नं.१ का वडा अध्यक्ष हरिनारायण थारुले कञ्चनका सामुदायिक बिधालयहरु मध्ये राम्रो बिधालयको रुपमा जनज्योती आधारभुत विधालय पनि एक भएको बताउनु भयो। कञ्चन गाउपालिका शिक्षा ता खेलकुद बिकास शाखा प्रमुख रमेश भुसालले विधलायको भौतिक संरचनाको बिकास र प्रबद्धनसंगै शैक्षिक गुणस्तरमा पनि सरोलारवालाहरुले ध्यान दिनु पर्नेमा जोड दिनु भयो।
विधालय संचालनका लागि आर्थिक व्यबस्थापन समितिका संयोजक तथा विधालयका लागि बार्षिक रुपमा चन्दा उपलब्ध गराउदै आउनु भएका नियमित चन्दादाता नर बहादुर थापाले विधालयको भौतिक बिकासमा स्थानियहरुको अहम भुमिका रहेको बताउनु भयो। विधालयमा प्राप्त योजना र बजेट फर्स्यौट गर्न जादा गाउपालिकाका कर्मचारीहरुबाट आफुले निकै दुख पाएको गुनासो गर्दै आवस्यक कागजात पुगेको छैन भने के के नपुगेको हो भन्ने कुरा स्पष्ट रुपमा बुझाउनु पर्नेमा पटक पटक यो भएन उ भएन भन्दै दुख दिएको र आगामी दिनमा यस्तो समस्या समाधान हुनेमा आफु विश्वस्त रहेको नियमित चन्दादाता थापाले बताउनु भयो।
कार्यक्रम ईन्द्रकमल फुल आमा समुहका अध्यक्ष दिलु श्रीस मगरले समेत शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको कार्यक्रममा विधालयका प्रधानाध्यापक प्रेंबहादुर थापाले स्वागत गर्दै गाउपालिका,प्रदेश र संघबाट विधालयमा विभिन्न योजना र शिर्षकमा प्राप्त बजेट र कार्यान्वयन पक्षका बारेमा जानकारी गराउनु भएको थियो।
विधालय व्यबस्थापन समितिका अध्यक्ष लिल बहादुर दर्लामीको अध्यक्षता तथा शिक्षक तिलकराम लोधको संचालनमा सम्पन्न शिलन्यास कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष गोमा तरामु,वडा सदस्य दिलाराम थापा,विधालयका सहयोगदाता,अभिभावक र सल्लाहकारहरुको समेतको उपस्थिति रहेको थियो।
उक्त विधालयले कक्षा १ देखि ५ सम्मका विधार्थीहरुलाई नियमित रुपमा विधालयमै खाजा बनाएर खुवाउदै आएकोछ। यस्तै आगामी शैक्षिक सत्र देखि बिधालयमा माध्यमिक तहको कक्षा संचालन गर्न विधार्थी,शिक्षक र अभिभावकहरु देउसी भैलो खेलेर ९ लाख रुपैया समेत आर्थिक संकलन गरेको थियो।