११ फागुन, कञ्चन
रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह, कञ्चन ४, गरगरे रुपन्देहीको छैठौं परिषद भेला बुधवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ।
भेलालाई सम्बोधन गर्दै कञ्चन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दुर्गासिंह क्षेत्रीले सामुदायिक बन बिकास तथा संरक्षणमा उपभोक्ताहरुको निकै ठूलो मेहनत र लगानी भएको बताउनु भयो । स्थानिय उपभोक्ता समयमै सचेत नभएको भए अहिले कञ्चनमा देखिएको हरियाली नयाँ पुस्ताले देख्न पाउने थिएनन भन्दै वडा अध्यक्ष क्षेत्रीले समुहको नीति नियम र कार्ययोजना बनाउदा उपभोक्ता मैत्री बनाउन आवस्यक रहेको बताउनु भयो । यसैगरी वडा नं. ५ का वडा अध्यक्ष तथा बिशिष्ट अतिथि कृष्ण प्रसाद अधिकारीले बन संरक्षणमा योगदान गरेका उपभोक्ता लक्षित सामुदायिक बन बिकास कार्यक्रमहरुले मात्र बन संरक्षण प्रति उत्साहित हुने बताउनु भयो । समूहले उपभोक्ताहरुलाई आयमुलक कार्यक्रम बनाई आत्म निर्भर बनाउन सके बनबाट हुने अबैध काठ तस्करीको नियन्त्रण हुने वडा अध्यक्ष अधिकारीले बिश्वास ब्यक्र गर्नु भयो ।

कार्यक्रममा कञ्चन सब डिभिजन बन कार्यलय,कञ्चनका कार्यलय प्रमुख धनिश्वर न्यौपाने, नेकपा एमालेका बिष्णु नारायाण श्रेष्ठ, नेपाली कांग्रेसका डोल बहादुर थापा, नेकपा माओवदी केन्द्रका कुमारी घर्ति, पुर्व अध्यक्षहरुको तर्फबाट प्रेमचन्द्र पोख्रेल, समूहका संस्थापक अध्यक्ष लाल बहादुर थापा श्रीस लगायतले बनको संरक्षण समूहका पदाधिकारी, कर्मचारीहरुले मात्र सम्भव नहुने भएकोले सबै उपभोक्ताहरुलाई समूह प्रति अपनत्व बनाउन उत्साहित हुने कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिनु भयो ।
वडा नं. ४ का वडा अध्यक्ष दुर्गासिंह क्षेत्री
करिब ४ हजार ५ सय उपभोक्ता भएको रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष नाम बहादुर के.सी.ले समूहको बार्षिक आर्थिक तथा प्रगती प्रतिबेदन प्रस्तुत गर्दै सामुदायिक बन बिकासमा सबै उपभोक्ताहरुलाई जागरुक बनाउन परिषद सदस्यहरुबाट भएको योगदान स्रहानिय रहेको बताउनु भयो । समूहले सामुदायिक बनलाई प्रर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न बिस्तृत गुरुयोजना समेत बनाइसकेको अध्यक्ष क्षेत्रीले भेलामा बताउनु भयो ।
डा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी
समूहले तयार गरेको बिस्तृत गुरुयोजना अनुसार ६ वटा ब्लकमा बिभाजित सामुदायिक बनको पथलैया ब्लकमा चिल्ड्रेन पार्क र शहिद स्मारक, कोठी ब्लकमा १०८ बर बिपल प्रयटकिय ताल, पश्चिम देउराली ब्लकमा भ्यू टावर सहितको पिकनिक स्पोर्ट निर्माण गरी प्रयर्टन प्रबद्र्धन गर्ने योजना बनाएको छ। १ सय ८७ परिषद सदस्य रहेको समूहको भेलामा समूहका पुर्ब अध्यक्ष तथा पदाधिकारीहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा उपाध्यक्ष गेम बहादुर थापाले स्वागत गर्नु भएको थियो भने कार्यलय सचिव तुलसी प्रसाद अधिकारीले कार्यक्रम संचालन गर्नु भएको थियो ।