१७ बैसाख
अहिले नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणले बिश्वभरका मानिसहरुलाई प्रताडित बनाइरहेको छ। यस संक्रमणलाई रोकथाम तथा न्यूनिकरणका लागि बिश्वभरका सबै देशहरुले आफ्नो देशलाई लकडाउनको अवस्थामा राखेका छन।चिनको उहान राज्यबाट फैलिएको यो कोरोना भाइरसले सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकालाई दिन प्रतिदिन जटिलता प्रदान गर्दै आइरहेको छ ।अर्थात संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या अत्याधिक रहेको छ। अमेरिका पछि युरोपियन देश इटली रहेको छ।
दक्षिण एशियाली मुलुकहरुमा भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या अत्याधिक छ ।
२१० देशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१,३८,११५ पुगेको छ भने मृत्य हुनेको संख्या २,१७,९७० पुगेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ।यसैगरी कोरोना भाइरसबाट संक्रमितहरु मध्ये ९,५५,७७० जना निको भएका छन । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या १०,३५,७६५ छ भने मृत्यु हुनेको संखया ५९,२६६ पुगेको भने युरोपियन मुलुक इटलीमा संत्रमितको संख्या २,०१,५०५ छ भने मृत्यु हुनेको संख्या २७,३५९ रहेको छ ।यसैगरी एशियाली मुलुकमा संक्रमितको संख्या ४,९४,८०५ रहेको छ भने मृत्यु हुनेको संख्या १७,९१२ रहेको छ त्यस्तै निको हुनेको संख्या २,४६,०४६ रहेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ।एशियाली मुलुकमा कोरोन भाइरसबाट संक्रमित हुनेहरु मध्ये ५,८३२ जना मात्र जटिल अवस्थामा रहेको र २४ घण्टा भित्र मृत्यु हुनेको संख्या जम्मा २ जना र नयां संक्रमितको संख्या ३१ जना रहेका छन ।
दक्षिण एशियाली मुलुक भारतमा ३१,३२४ जना कोरोना संक्रमित छन भने मृत्यु हुने १००८ जना रहेका छ भने एशियाली मुलुकको यमनमा एक जना संक्रमति भएको भएपनि संक्रमित ब्यक्ति पनि निको भएका छन भने उत्तर कोरियामा अहिले सम्म कुनैपनि संक्रमित नभेटिए पछि बिश्व स्वास्थ्य संगठनले उत्तर कोरियालाई कोरोना भाइरस मुक्त देशको सुचिमा राखेको छ।
कुन महादेशमा कोरोना भइरसको कस्तो अवस्था
अवस्था युरोप उत्तर अमेरिका एशिया दक्षिण अमेरिका अफ्रिका अन्टार्टिका
संक्रमित १३,२२,७०६ ११,२०,३३८ ४,९४,८०५ १,५५,५५३ ३५,६७८ ८,३१४
निको हुने ४,५९,७९४ १,७६,२०२ २,४६,०४६ ५४,२८२ ११,८६८ ६,९३३
मृत्यु हुने १,२६,४२२ ६४,३९९ १७,९१२ ७,५८८ १,५२७ १०७
जटिल २४,६२६ १६,५६३ ५,८३२ ९,७७५ १२० ४५
२४ घणमा
नयां संक्रमित १,२२४ ३१ ३५०
मृत्यु १३५ २ २० २