११ भदौ,कञ्चन
४८ घण्टा देखि लगातार भारी बर्षाका कारण रुपन्देहीको कञ्चन र गैडहवा गाउपालिकाका स्थानियहरुको घर भित्र बाढी पसेर क्षति पुर्याएको छ।
कञ्चनको मलावरदेबी,कोठी खोला,तरायगड,बनकसिया,ढावा,अस्नैया,बेलडाडा,कोठीखोला लगायत स्थानहरुमा बाढी पसेर क्षति पुर्याएको स्थानियहरुद्वारा जानकारी प्राप्त भएको छ।
कञ्चन ३मा रहेको मलावरदेबी माध्यमिक बिधालयको बाहिरी बाउण्डरी पर्खाल भत्किएर बिधालय भित्र पुरै बाढी पसेको बिधालयका प्रधानाध्यापक भुवन कुमार गौतमले जानकारी दिएका छन। प्रधानाधयापक गौतमले दिएको जानकारी अनुसार सो बिधालयका कार्यालय सहयोगी लक्ष्मी प्रसाद आचार्यको घरमा बाढी पसेर पुर्ण रुपमा भत्किएको छ।
यस्तै कञ्चन ४ स्थित बिरेन्द्रचोक निवासी टेकबहादुर रानाको घर भित्र बाढी पसी क्षति पुगेको छ। रानाका परिवार घरमा बाढी पसेका कारण रातभर सुत्न पाएका छैनन। यसैगरी कञ्चन ४ कै प्रगिती चोक स्थित धावातालमा जाने बाटोको ह्युमपाइप बाढीले बगाएर गाउभरी जलमग्न भई अर्जुन बि.क.,कर्ण बहादुर दमाई, धन बहादुर दमाई लगायतको घर भत्किएर निजका परिवारहरु रातभर छिमेकी घरमा शरण लिएका छन।
यस्तै कञ्चन १ को बकुलगाडमा नारायण पाध्या,लक्षमण थापा लगायतको ५ घर डुवानमा परेर खाध्य सामाग्री भिजेको कञ्चन १ का वडा अध्यक्ष हरि नारायण थारुले जानकारी दिएका छन। यस्तै रुपन्देही जिल्लाकै सुन्दर पर्यटकिय तालको रुपमा चिनिएको दानापुरतालमा बाढी पसेर तालको क्षमता भन्दा बढी पानी जम्मा भएको र कुनै पनि बेला ताल फुट्ने सम्भावना रहेको समयमाई सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष मिन बहादुर थापाले जानकारी दिएका छन। यदि दानापुर ताल फुट्यो भने ताल भन्दा मुनीका बस्ती पुर्ण रुपमा डुवान हुने खतरा रहेको थापाले जानकारी दिए ।
यसैगरी कञ्चन ४ को बेलडाडा,जप्ती र सामुदायिक,नयाँ बस्तीमा समेत बाढी पसेर ५ घर पुर्ण रुपमा क्षति पुगेको कञ्चन गाउपालिकाका कार्यपालिका सदस्य गिता थापाले जानकारी दिएका छन। कञ्चन नदीमा बाढीको बहाव बढेसंगै कञ्चनको बेलडाडा,जप्ती दियो,बनकसिया, तल्लो दानापुर, गजेडी बजार,मसिना,धावा,अस्नैया, उच्च जोखिमा परेका छन।
यसैगरी रुपन्देहीकै ठूलो तालको रुपमा रहेको गैडहवाताल भरिएर तालको दक्षिण र पुर्व साइडमा बनाइएको बांध फुटेर ठूलो धनजनको क्षति पुग्न सक्ने गैडहवा गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष सुरेन्द्र कुर्मीले जानकारी दिएका छन। गैडहवातालको बांध फुटेर पानी बगेको अवस्थामा गैडहवाको पोहवा,बिसोरिया,लालपुर,हात्ती बजार,जोगडा भैसाहिया लगायतका गाउ डुवानमा पर्ने खतरा रहेको छ।
ल्गतार बर्षाका कारण कहा के कति क्षति पुग्यो भन्ने यथार्थ बिवरणहरु आउन बाकी रहेको घटनास्थलहरुमा इलाका प्रहरी कार्यलय,रुद्रपुर र सशस्त्र प्रहरी बल,लोण्डिहवा बेस कयाम्पको सुरक्षा गस्ती पुगिसकेको स्थानियहरुले जानकारी दिएका छन।