७ भदौ,कञ्चन ।
रुपन्देहीको कञ्चन गाउपालिकामा रहेको कोसिस सामाजिक उधमी सहकारी संस्था र बुटवल उपमहानगरपालिकामा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिच मैत्रीपुर्ण भेटघाट भएको छ।
भेटघाट कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ९ मिलनचोकमा रहेको रजिस्टर्ड कार्यलय गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद देवकोटाले गरिमा साकोषले ११ बर्षको समयमा सहकारीलाई सहकारीको मापदण्डमा रही संचालन गर्दै आइरहेको र शेयर सदस्यहरुको माग अनुरुप सहकारीको सेवा बिस्तार समेत गर्दै आईरहेको बताए।
गरिमा साकोषमा शेयर सदस्यहरुबाट हुने बचतलाई सुरक्षित र जोखिम बिहिन लगानीमा साकोषको ध्यान रहेको, शेयर सदस्यहरुलाई नियमित बचत तथा आवधिक बचतमा न्युनतम ३ प्रतिशत देखि अधिक्तम ८ प्रतिशत सम्म व्याजदर प्रदान गर्दै आएको, ब्यक्तिगत कर्जा,व्यक्तिगत धनजमानी कर्जा,धितो कर्जा,सवारी कर्जा र लघु कर्जा उपलब्ध गराउदै आएको र कर्जा अनुसार १४.५ प्रतिशत सम्म व्याज लिदै आएको समेत जानकारी दिए।
यसैगरी गरिमा साकोषले आफ्नो शेयर सदस्यहरु २ लाख सम्मको बिमाको व्यबस्था रहेको र हरेक बर्ष +२ उत्तिर्ण शेयर सदस्यका छोराछोरीहरु मध्ये अधिकतम अंक प्राप्त गर्ने छात्र छात्राहरुलाई सम्मान गरि शेयर सदस्यहरुलाई आफ्ना छोराछोरीको उच्च शिक्षामा प्रोत्साहन गर्दै आइरहेको जानकारी दिए।
कञ्चन गाउपालिका वडा नं.४ गरगरेमा रहेको कोसिस सामाजिक उधमी सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमसिंह रानाले कोसिस साकोषले ५ बर्षको अवधीमा संचालन गर्दै आइरहेको साकोषको योजनाहरुका बारेमा जानकारी दिदै दैनिक बचत,बाल बचत र शेयर बचत लगायत बचतका कार्यक्रमहरु संचालन गरेको, ती बचतहरुमा अधिकतम ८ प्रतिशत सम्म ब्याज उपलब्ध गराउदै आएको र साकोषको सदस्य वृद्धि गर्न घर दैलो गरि दैनिक बचतलाई जोड दिदै आएको जानकारी दिए।
उधमशिलतामा लगानी गर्ने योजनालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने उद्धेश्यले रुपन्देहीमा संचालित मित्रवत सहकारी संस्थाहरुसंगको मैत्रीपुर्ण भेटघाट कार्यक्रम अन्तरगत गरिमा सासाकोषसंग मैत्रीपुर्ण भेटघाट गरिएको बताए।
यस्तै कोशिसका अध्यक्ष प्रेम सिंह रानाले गरिमा साकोषका व्यबस्थापक कमला भुर्तेलसंग भेटघाट गरि सहकारी व्यबस्थापन र बचत तथा ऋण लगानी बारे आवस्यक छलफल र अनुभव आदान प्रदान समेत गरेका थिए। भेटघाट कार्यक्रममा कोसिस साकोषका कोषाध्यक्ष प्रकाश भुजेल र सचिब जगिलाल थापाको सहभागिता रहेको थियो।