८ असार,कञ्चन
रुपन्देही जिल्लाको कञ्चन गाउपालिका वडा नं.५ पिपरीचापा डाडालाइनमा बर्षौं देखि रुखको फेड मुनी छाप्रोमा बस्दै आएका महिला थारुको घर मर्मत भएको छ। टुगेदर वि क्यान डु इट नामक बिद्यार्थीहरुको एउटा समुहले विपन्न परिवारको रुपमा रहेका माईला थारुको घर मर्मत गरिदिएका हुन।
एक साता अगाडी स्थानिय संचार गृह कञ्चन सूचना तथा संचार केन्द्र प्रा.लि.द्वारा प्रकाशित हुदै आइरहेको कञ्चन खबरबाट समाचार र भिडियो प्रसारण र प्रकाशन भएपछि स्थानिय बिधार्थीहरुको समूह टुगेदर वि क्यान डु इट नामक संस्थाद्वारा राहत स्वरुप रकम संकलन गरि उक्त घर मर्मत गरिएको हो ।
कञ्चन खवर र सामुदायिक बुद्ध टेलिभिजनबाट माहिला थारुको समाचार प्रकाशन र प्रसारण भएपछि उक्त संस्थामा आवद्ध बिधार्थीहरुले स्थानिय शिक्षिका दुर्गा थापाको सहजिकरणमा सहयोगको आह्वान गरेका थिए। सामाजिक संजालमा आएको समाचार र भिडियो हेर्यौं र महिला थारुको पिडादायी अवस्था रहेको थाहा पाउना साथ कम्तिमा छाप्रोको रुपमा रहेको कमजोर घर मर्मत गर्न भएपनि सहज होस भन्ने उद्धेश्यले बिधार्थी साथीहरु मार्फत सहयोगको लागि आग्रह गरिएको ३ दिनमा संकलित ३१ हजार रुपैयाले जस्तापाता खरिद गरी मर्मत गरिएको संस्थाका ग्रुप लिडर प्रज्वल थापा मगरले बताए। जस्तापाता खरिद गरेर बांकी रहेको रकमले सामानहरु राख्नको लागि जस्ताको बाकस, खानेकुराहरु राख्न प्लास्टिकको दडम,करिब ५० किलो चामल,दाल,नुन लगायत खाध्य सामाग्रीहरु किनेर सहयोग गरिएको ग्रुप लिडर थापाले जानकारी दिए ।
माहिला थारुको घर मर्मत गरेपछि बिधार्थीहरु माहिला थारुको श्रीमान र श्रीमतीसंग
घर मर्मतका लागि जस्तापाता सहित अन्य सामाग्री खरिद गर्दा कञ्चन ३ हरैयामा रहेको बुढाथोकी हार्डवेयरले ३ हजार रुपैया आर्थिक सहयोग स्वरुप छुट दिएका थिए जसले गर्दा सहयोगको भावनामा अझ उत्साह थपिएको प्रज्वलले कञ्चन खवरलाई बताए ।
माहिला थारुको लागि सुरक्षित बासको लागि सुरक्षित घर बनाइदिन खोजे पनि जहाँ उनको लागि भनेर घर बनाइएको ठाउ जंगल देखि केही टाढा भएकोले त्यहाँ जान नमानेको कञ्चन ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले जानकारी दिए । माहिला थारुसंग नेपाली नागरिकता नभएको बारे वडा अध्यक्ष अधिकारीले उनको लागि नागरिकता बनाउन पहल गरेतापनि जिल्ला प्रसासन कार्यलय,रुपन्देहीका प्रमुख जिल्ला अकिारीले कोही पनि नभएको मान्छेको नागरिकता बनाउनको लागि राष्ट्रिय अन्तराष्ट्रिय पत्रपत्रिकाहरुमा सूचना प्रकासन प्रसारण गर्दा ४० देखि ५० हजार रुपैया खर्च लाग्ने कुरा बताएको जानकारी दिएका छन।
मर्मत हुनुपुर्व अर्थात पहिलेको घर
माहिला थारुको घर टुगेदर वि क्यान डु इट नामक ग्रुपमा आवद्ध स्वयम बिधार्थीहरुले नै मर्मत गर्नुका साथै गाउपालिकाले अनुदानमा दिएको तर बिग्रिएको सोलार समेत मर्मत समेत गरिदिएका थिए । साथै शौचालयको सफाई गरी छेकवार समेत गरिदिएका छन।उक्त समूहमा बुद्धदीप अंग्रेजी आवासिय बिधालय,कञ्चन-५ गरगरेर, रुद्रपुर माध्यमिक बिधालय,कञ्चन-४,अस्नैया र सनमोडेल ईंलिस स्कुल,कञ्चन-५ गरगरेका बिधार्थीहरु आवद्ध रहेका छन।
मर्मत पछि घरभित्रको अवस्था