३ असार,कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकाको लुम्बिनी ज्ञान निकेटन माध्यमिक बिधालयले आफ्नो बिधालयमा संचालित बिज्ञान संकायलाई प्रभावकारी रुपमा संचालन गर्नेबारे सरोकारवालाहरुसंग अन्तरकृया गरेको छ। बिज्ञान बिषय आफैमा जटिल बिषय भएको र हरेक शब्द र वाक्यहरु अंग्रेजीमा पढ्नुपर्ने र गणितसंग सम्बन्धित भएकोले पनि बिधालय तहबाटै अंग्रेजी र गणित बिषयमा बढी केन्द्रिकृत गरेर बिधार्थीहरुलाई बिज्ञान बिषय लिएर पढ्न सक्ने भावनाको बिकास गराउदै जानु पर्ने छलफलमा सहभागी बक्ताहरुले सुझाएका छन।
कञचन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बिज्ञान बिषय लिएर पढ्न चाहने गरिब र जेहेन्दार बिधार्थीहरुका लागि कञ्चन गाउपालिकाले बिशेष छात्रबृत्तिको व्यबस्था गर्ने बताएका छन। अध्यक्ष क्षेत्रीले आगामी आ.ब.बाटै कञ्चन गाउपालिका भित्रका बिपन्न र गरिब परिवारका अब्बल बिधार्थी र जेहेन्दार बिधार्थीहरुलाई बिज्ञान बिषय पढ्नको लागि बिशेष छात्रबृत्तिको व्यबस्था गरेर पढ्ने वातावरण श्रृजना गर्ने जानकारी दिए । जस्ले कञ्चन गाउपालिका भित्रको सामुदायिक बिधालयमा संचालित बिज्ञान संकायमा बिज्ञान बिषय लिएर पढ्न चाहान्छ उसलाई गाउपालिकाले बिज्ञान पढ्ने गरिब तथा जेहेन्दार बिधाथीहरुका लागि बिशेष छात्रबृत्तिको कार्यक्रम समावेस गर्ने अध्यक्ष क्षेत्रीले प्रतिबद्धता व्यक्त गरे ।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री
यसैगरी वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले आफ्नो बिधालयको शिक्षण सिकाईको प्रभावकारी बनाउन राम्रो गरेका बिभिन्न बिधालयहरुको प्रधमानध्यापक,शिक्षक र बिधालय व्यबस्थापन समितिका पदाधिकारीहरुसंग उनिहरुले गरेको प्रयासहरुलाई यहाँको वातावरण अनुकुल प्रयोगमा ल्याउनु पर्नेमा जोड दिए । सकेसम्म आफु भित्र भएको कमजोरीहरुको पहिचान र त्यसको निराकरण गर्न सकेमात्र पनि बिधालयमा बिधार्थीहरुको आकर्षण बढाउन सकिने वडा अध्यक्ष अधिकारीले उल्लेख गरे ।
भैसाही मा.बि.का प्रधानाध्यापक टीकाराज गिरी
शिक्षा अधिकृत रमेश भुसालले बिधालयमा बाह्य बिधार्थीहरुको आकर्षण गराउन सबैभन्दा पहिले बिधालयको शैक्षिक गुणस्तरियतामा सुधार ल्याउनु पर्नेमा जोड दिए । शिक्षा अधिकृत भुसालले बिधालयको शैक्षिक स्तरको आधार निर्माण गरी बिधार्थीहरुको अभिभावक र बिधार्थीहरुलाई यस बिधालयमा पढाएपछि प्राप्त हुने बिधार्थीको शैक्षिक उपलब्धीको ज्ञारेण्टी दिन सके हरेक संकायमा बिधार्थीहरुको चाप धान्न नसकिने सम्मको परिस्थिती बनाउन सकिने उल्लेख गरे।
प्याब्सन रुपन्देहीका अध्यक्ष लोखनाथ पौडेल
प्याब्सन रुपन्देहीका अध्यक्ष तथा बुद्धदीप आवासिय अंग्रेजी बिधालयका प्रधानाध्यापक लेखनाथ पौडेलले बिधालयले आफ्नो कुनै पनि शैक्षिक कार्यक्रम संचालन गर्नु पुर्व उक्त कार्यक्रमको बिशिष्टकृत लक्ष्य र उक्त लक्ष्यलाई पुरा गर्न निश्चित योजना निर्माण गर्नु पर्नेमा जोड दिए । प्याव्सन अध्यक्ष पौडेलले बिधालयमा बिधार्थीको आकर्षण यातायातको सुबिधा,बिधालयले दिने सेवा सुबिधा र बिशेषता झलकाउने डकुमेन्ट्री र अतिथि तथा आमन्त्रित प्राध्यापकहरुको व्यबस्था गर्न सके पनि बिालयको शिक्षण सिकाईमा गुणस्तरियता आउने उल्लेख गरे ।
कञ्चन गाउपालिकाका शिक्षा शाखा प्रमुख रमेश भुसाल
छलफल कार्यक्रममा सहभागी हुदै भैसाही माध्यमिक बिधालयका प्रधानाध्यापक टीकाराज गिरीले सम्पन्न परिवारले आफ्ना छोराछोरी शहर बिधालयहरुमा पढाउन पठाउने तर आर्थिक रुपमा कमजोर परिवारका छोराछोरीहरुको पढाइमा अव्वलता हुदाहुदै पनि आर्थिक अभावका कारण सके पडाउदै नपढाउने र यदि पढाई हाले पनि साधरण शिक्षा पढाउदा ग्रामिण क्षेत्रमा संचालित बिज्ञान संकायका बिधालयहरुमा बिधार्थीहरुको अभाव सधै रहिरहने बताए । यदि बिधालय प्रशासन वा स्थानिय सरकारले आर्थिक अभाव भएका बिधार्थीहरुलाई पुर्ण रुपमा निशुल्क पढाउने ज्ञारेण्टी लिन सके धिार्थीहरुको अभाव पनि नहुने र तिनै बिधार्थीहरुले बिधालय र गाउपालिकाको मान सम्मान बढाउने प्रधानाध्यापक गिरीले बताए ।
लुम्बिनी ज्ञान निकेटन मा.बि.का बिज्ञान शिक्षक छविलाल थापा मगर
लुम्बिनी ज्ञाननिकेटन माध्यमिक बिधालयका बिज्ञान संकायका शिक्षक छबिलाल थापाले बिधालयमा बिज्ञान बिषय लिई अध्ययनरत कक्षा ११ र १२ का बिधार्थीहरुको बार्षिक परिक्षाको नतिजा शतप्रतिशत आउने गरेको र लकडाउनका समयमा पनि भौतिक दुरीलाई कायम राखी नियमित कक्षा संचालन भइरहेको जानकारी दिएका थिए । यस बिधालयबाट बिज्ञान बिषय लिई उत्तिर्ण भई गएका बिधार्थीहरुले इञ्जिनियरिंग देखि लिएर एम.बि.बि.एस. सम्मको अध्ययन गरिरहेको र उनिहरुको नतिजा पनि उत्कृष्ट आउने गरेको शिक्षक थापाले स्मरण गरे ।
प्रगती नमुना माध्यमिक बिधालयका प्रधानाध्यापक गणेश पौडेल
कार्यक्रममा लुम्बिनी ज्ञाननिकेटन माध्यमिक बिधालय बिधालय व्यबस्थापन समितिका पुर्व अध्यक्ष बासुदेवद्वीन पौडेल, लक्ष्मीकान्त पौडेल।रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष नाम बहादुर के.सी.,पुर्ब बिधार्थी तुलसी प्रसाद अधिकारी,प्रगती माध्यमिक बिधालयका प्रधानाध्यापक गणेश पौडेल लगायतले समेत बिज्ञान संकायलाई व्यबस्थित रुपमा संचालन गर्न माध्यमिक तहमै शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आवस्यक रहको उल्लेख गरे ।बिधालय व्यबस्थापन समितिका अध्यक्ष लोकराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिधालयका प्रधानाध्यापक कृष्ण प्रसाद शर्माले बिधालयमा संचालित बिज्ञान संकायलाई प्रभावकारी रुपमा संचालन गर्नेबारे सरोकारवालाहरुसंग अन्तरकृया कार्यक्रमको औचित्यता र आवस्यकताबारे कार्यपत्र प्रस्तुत गरेका थिए भने शिक्षक गोपी क्षेत्रीको संचालन तथा बालकृष्ण पराजुलीको संचालन रहेको थियो ।