२५ जेठ,कञ्चन
सोमबार विश्व वाताबरण दिवसको सन्दर्भ पारेर कञ्चनमा बाँस रोपण गरिएको छ। रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह,कञ्चन ४,रुपन्देहीले आफ्नो बन क्षेत्र र तुलसीघाट परिसरमा करिब ४ थान बाँस रोपण गरिएको हो ।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनको सामुदायिक बनहरुलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न सकिने बताएका छन। रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहको घना जंगललाई बन बिहार,बिभिन्न उधान तथा पार्कहरुको निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनाउन सकिने र स्थानियहरुलाई थप रोजगारीको सृजना गर्न सकिने उल्लेख गरेका छन।
सामुदायिक बन उपभोक्ता माहसंघ,रुपन्देहीका अध्यक्ष दिनानाथ आचार्यले सामुदायक बनहरुले सालको रुखलाई मात्र गनेर आम्दानीको श्रोत बनाउन खोज्नु दिर्घकालिन नहुने बताएका छन। आफु संग भएको श्रोत साधन भित्र थप उपभोक्ता केन्द्रित आय आर्जन कार्यक्रमहरु संचालन गर्न सके उपभोक्ताहरुले सामुदायिक बन प्रतिको अपनत्व लिन सक्ने उल्लेख गरे ।
वडा नं. ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले बातावरणिय दृष्टिकोणले बाँस बहु उपगिय बनस्पति भएको र यसबाट सामुदायिक बनले छिटो आम्दानी गर्ने बताए । वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बनबाट प्राप्त हुने फाइदाको उपयोग स्थानियले गर्ने भएकोले बनको संरक्षण पनि स्थानियको अनिवार्य दायित्व हुनेमा जोड दिएका छन। सामुदायिक बन स्थापना भएपछि कञ्चनको सौन्दर्यतामा बृद्धि भएको र स्वस्थ वातावरणको उत्पादन गरी बिश्वलाई नै अक्सिजन उपलब्ध गराउनमा महत्वपुर्ण भुमिका रहेको उल्लेख गरेका छन।
रुद्रपुर सामुदायिक बन उपाभोक्ता समूहका अध्यक्ष नाम बहादुर के.सी.ले रुद्रपुर सामुदायिक बनलाई पर्यटकिय बन क्षेत्रको रुपमा बिकास गर्न करिब १० लाख रुपैया खर्च गरेर बृहत बन पर्यटन क्षेत्रको डिपिआर तयार गरेको जानकारी गराएका थिए ।
बन तथा बनस्पति अध्ययन गर्न आउने बन बिज्ञ,बिधार्थी र सरोकारवालाहरुका लागि बन अध्ययन क्षेत्र,बिहार,बाल उधान,बनभोज स्थल,मनोरञ्जन पार्क लगायत निर्माण गरी कञ्चनको पर्यटन प्रबद्र्धनमा नयां इटटा थपिने त्यसका लागि स्थानिय सरकार,प्रदेश सरकार र संघमा समेत बजेट व्यबस्थापनका लागि आवस्यक पह गरिदिन गाउपालिकालाई अध्यक्ष के.सी.ले आग्रह गरेका थिए ।